कोरिया बसेर फर्केकाहरू पुनः जान पाउनुपर्ने माग
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी), इपिएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । इपिएसमार्फत कोरिया बसेर फर्केका रिटर्नीले आफूहरू पुनः जान पाउनुपर्ने भन्दै आन्दोलन गरेपछि श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा मन्त्रालयले तीनै पक्षबिच छलफल गराएको हो । रिटर्नीहरूले वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा र एचआरडी कोरियाका कर्मचारीको विभेदका कारण आफूहरू पुनः कोरियामा जानबाट वञ्चित भएको गुुनासो गर्दै आएका थिए । साथै रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदाताकोमा नपु¥याएको, महिला श्रमिकलाई छनोट नगरेको र नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो गर्दै आएका थिए । छलफलमा सहभागी रिटर्नीका प्रतिनिधिले सोही विषयलाई दोहो¥याए ।
सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
१६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकमा बृहत् छलफल गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय निकायका प्रतिनिधिलगायत समेटर १६ औँ योजनाका प्रस्तावहरूमाथि मिहिन छलफल गराएको हो ।
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा आज अर्थविदहरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गर्नुभयो ।
‘१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धि प्राथमिकतामा पर्नुपर्छ’
पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वलाई पहिलो प्राथमिकतामा राखेर १६ औँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
मेलाबाटै दुई सय ५० जनालाई जागिर
गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको तीन दिने वृत्ति परामर्श तथा रोजगार मेला बुधवार सकिएको छ । बेरोजगार युवा र रोजगारदातालाई जोड्ने उद्देश्यले आयोजित मेलाबाटै दुई सय ४५ जनाले रोजगारी पाएका छन् ।
बाँकेका किसान चैते धानप्रति आकर्षित
प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।
गमला र च्याउ बेचेर पढाइ खर्च जुटाउँदै
रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–९ मा रहेको राडीज्युला शिक्षा क्याम्पसका विद्यार्थीले आफ्नो पढाइ खर्च आफैँ जुटाउन थालेका छन् । क्याम्पसमा सञ्चालित ‘कमाउँदै–पढ्दै कार्यक्रम’ मार्फत गमला उत्पादन र च्याउ खेती गरेर विद्यार्थीले आफ्नो पढाइ खर्च जुटाउन थालेका हुन् ।
उन्नाइस करोडको तरकारी बिक्री
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा १९ करोड बढीको तरकारी बिक्री गरेका छन् । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी–७, डुमडुमेस्थित तरकारी बजारबाट फागुन र चैत महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको तरकारी बाहिरी बजारमा निकासी भएको छ ।
‘लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध’
अर्थमन्त्री वर्षमान पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताउनुभएको छ । त्यसका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध पनि रहेको उहाँले उल्लेख गर्नुभएको छ । विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको बताउनुभयो ।
भारतको निर्वाचनले पोखरा पर्यटन प्रभावित
पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्यटनमा कमी आएको छ । भारतमा अत्यधिक गर्मी सुरु हुनासाथ भारतीय पर्यटक नेपाल भ्रमण आउने र त्यसमा पनि पोखरा उनीहरूको रोजाइमा पर्ने गरेको थियो । चैतदेखि असारसम्म उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक आउने गरेकोमा यही अप्रिल १७ बाट सुरु भएको लोक सभाको चरणबद्ध निर्वाचनले पोखराको पर्यटन बजार प्रभावित भएको छ ।
घट्यो चिया निर्यात
‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ मूल नाराका साथ राष्ट्रिय चिया तथा कफि विकास बोर्डले २७ औँ राष्ट्रिय चिया दिवस मनाउने भएको छ । चिया, कफीको प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालले चिया निर्यात गर्छ । पछिल्लो समय २.१९ प्रतिशतले निर्यात घटेको छ ।
नेपाललाई चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो ।
लगानी भित्र्याउने सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच नेपालको विकास र लगानीमा परस्पर साझेदार बनेर अगाडि बढ्ने समझदारी बनेको छ । प्रधानमन्त्री प्रचण्ड र अमिर थानीबिच बुधबार भएको द्विपक्षीय भेटवार्तामा आसन्न लगानी सम्मेलनसँगै नेपालको विकासमा साझेदारी बढाउन नेपालमा कतारबाट उच्च लगानी भित्र्याउने सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डले दुई देशबिचको सम्बन्ध आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । दुई देशको सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित नभई जनस्तरमा पनि विस्तार भएको बताउनुहुँदै उहाँले दुई देशबिच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पु¥याउन मद्दत पु¥याएको विश्वास व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार
नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ । बैङ्कले सूचना प्रकाशन गर्दै वैशाख १४ गते शुक्रवार अपराह्न १ः०० बजे बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा कार्यक्रम आयोजना हुने जानकारी गराएको छ ।
गहुँ बोटमै सुकेपछि भोकमरी टार्न भारततर्फ
खडेरीले गहुँ वाली बोटमै सुक्न थालेपछि कर्णालीका जिल्लाहरूमा भोकमरीको सामना गर्नु पर्ने देखिएको छ । गत असोज देखि खासै पानी परेन । कहिले काहीँ पर्ने पानीले सुख्खा क्षेत्रमा छरिएको गहुँलाई खासै सिचाई पुगेन । सिचाई अभाव भई रहेका क्षेत्रमा पाक्दै गरेको गहुँ बोटमै सुक्न सुरु गरेको छ । फागुन महिनामा कहिले काहीँ पर्ने पानीले गहुँका बाला (फल) लागेको थियो ।
काउलीको पातको गुन्द्रुक ब्रान्डिङ गरिदै
दोलखाको सैलुङ गाउँपालिका–८ का किसानले रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ बनाउन थालेका छन् । दुःख गरेर उत्पादन गरेको रायो र काउलीको पातको गुन्द्रुकले बजार नपाएर बिचौलियालाई दिँदा किसान ठगिएको महसुस भएपछि यसरी ब्रान्डिङ गर्न सुरु गरिएको बताएका छन् ।
‘नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताउनुभएको छ । मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक मङ्गलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकलाई विश्व अर्थतन्त्रबाट सृजित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”
जहाजमा खानाको व्यवस्था अनिवार्य गर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । श्रममन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायी सङ्घका पदाधिकारीसँग श्रम स्वीकृति लिएर जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
विद्यार्थीलाई कृषितर्फ आकर्षित गर्न व्यावहारिक ज्ञान
पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कृषि खेतीतर्फ आकर्षित गराउन व्यावहारिक ज्ञान दिन थालेको छ । बौदीकाली गाउँपालिकाको डेढगाउँ माध्यमिक विद्यालयका कक्षा ६ देखिमाथि अध्ययन गर्ने विद्यार्थीलाई गत वर्षदेखि कृषि विषयमा अध्यापन गराउने र खेर गइरहेको जग्गामा कृषिसम्बन्धी व्यावहारिक ज्ञान दिन थालेको प्रधानाध्यापक गङ्गा विश्वकर्माले बताउनुभयो ।
लगानी सम्मेलनका ‘सोकेस’ परियोजना स्वीकृत
वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने ‘सोकेस’ परियोजनाहरूको सूची स्वीकृत भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ५८ औँ बैठकले सम्मेलनमा प्रस्तुत हुने १४८ वटा परियोजना स्वीकृत गरेको हो । बैठकले सम्मेलनमा आशयपत्र आह्वान गरिने, मार्केट साउन्डिङ गरिने विभिन्न परियोजनाको सूची पनि स्वीकृत गरेको छ ।
बगर खेतीबाट मनग्गे आम्दानी गर्दै किसान
राप्ती नदीको बगर अहिले खरबुजासहितको तरकारीको बगर बनेको छ । नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका–४, बलरामपुर, सेम्रहवाको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा बगर खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । लमही नगरपालिका–४, बलरामपुर निवासी ३३ वर्षीय रसिलाकुमारी चौधरीले खरबुजा, तरबुजा तरकारी गरेर करिब १० कट्ठा क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ ।
हिमाल आरोहण गर्दै सन्ताउन्न देशका आरोही
वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन् ।
घट्न थाल्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य घट्न थालेको छ । लामो समयदेखि बढ्दै निरन्तर बढ्दै गएको सुनको मूल्य यो सातादेखि घट्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा दुई हजार सात सय रुपियाँले घटेर एक लाख ३५ हजार पाँच सय रुपियाँमा झरेको छ ।
मलेसियाको श्रम नीतिले नेपाललाई असर
नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ । केहीदिनपहिले आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले वैशाख ९ अथवा अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी श्रमिक नलिने निर्णय गरेको हो । मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि मलेसियाका आधिकारिक वक्तव्यमा विदेशी श्रमिक नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने देखिएको छ ।