सहकारी बचतकर्तालाई पैँतिसदिने सूचना
समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्नुपर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले यी तीनै सहकारीका बचतकर्तालाई अनलाइनमार्फत माग दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले जारी गरेको सूचनामा समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न भनिएको हो ।
शीतभण्डार र जुस उद्योग प्रयोगविहीन
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शीतभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा रहेका छन् । सम्बन्धित निकायको बेवास्ताका कारण जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार र नेपाल सरकारको सार्वजनिक निजी साझेदारीको मोडेलमा जुस उद्योग वर्षौंदेखि निर्माणाधीन छ ।
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने सामाजिक सुरक्षाको भुक्तानीमा समेत सामाजिक सुरक्षा कर लगाउने उपाय निकालेको छ । हालै कार्यान्वयनमा आएको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० ले सामाजिक सुरक्षामा वित्तीय स्रोत व्यवस्थापनका लागि यस्तो उपाय अघि सारेको हो । विगत केही वर्षयता सरकारले सञ्चालन गरिरहेका विभिन्न १९ वटा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका ८७ वटा ‘स्किम’ का लागि विनियोजन गर्नुपर्ने बजेट बढ्दो छ । चालु आर्थिक वर्षमा मात्रै सरकारले सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न कुल बजेटको १४.८ प्रतिशत अर्थात् दुई खर्ब ५८ अर्ब ७९ करोड रुपियाँ विनियोजन गरेको छ ।
चैत २१ भित्र किसानलाई भुक्तानी दिने सहमति
डेरी उद्योगीले दुध उत्पादन गर्ने किसानलाई बक्यौता रकम चैत २१ भित्र भुक्तानी गर्ने सहमति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रलायमा शनिबार सरकार र किसानबिच भएको वार्तामा यस्तो सहमति भएको छ । सो सहमतिसँग किसानले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । भुक्तानीको माग गर्दै किसानले चरणबद्ध आन्दोलन गर्दै आइरहेका थिए । किसानका तर्फबाट वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी नेपालका अध्यक्ष अमर कुँवरका अनुसार पुससम्म बाँकी रहेको सम्पूर्ण रकम चैत २१ भित्र भुक्तानी गरिसक्नुपर्ने र माघदेखिको नियमित भुक्तानी गर्नुपर्ने सहमति भएको छ ।
विद्युतीय गाडीमा आकर्षण,सात महिनामा १८ अर्बको आयात
पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो । बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो ।
जाजरकोट भूकम्प: रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।
ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने तथा त्यसको निर्यात तथा आन्तरिक खपत प्रवर्धन गर्न आगामी छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी आवश्यक रहेको जिकिर गर्दै प्राधिकरणले साझेदारहरूलाई सहायता विस्तारका लागि आग्रह गरेको हो ।
श्रमिकका लागि घर फिर्ती कार्यक्रम
मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ ।
विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड ऋण दिने
विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।
नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा पर्न थालेको बताउनुभएको छ । अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देशले विस्तारै सकरात्मक दिसातर्फको बाटो समातेको उहाँको भनाइ छ ।
म्याग्दीकाे पूँजीगत बजेट खर्च न्यून
म्याग्दी जिल्लामा संघीय सरकारमार्फत् चालुतर्फ तीन अर्व ४९ करोड, ५५ लाख ८४ हजार तीन सय ७५ रुपियाँ बजेट रहेको छ ।
सार्वजनिक बिदाका कारण फेब्रुअरीमा चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो
चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रुअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ ।
‘पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन् : अर्थमन्त्री महत
नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताउनुभयो ।
डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री
डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ ।
परीक्षणमै भेटियो गुणस्तरहीन दुध
राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा परीक्षण गरिएको अधिकांश दुध गुणस्तरहीन रहेको पाइएको छ । बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएकोभन्दा कम तौल पाइएको तथा तोकिएको मापदण्डभन्दा दुधमा कम फ्याट र एसएनएफ पाइएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बिहीबार आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले डेरी उद्योगीले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान नदिएको बताउनुभयो । बोर्डकै प्रयोगशालामा परीक्षण गर्दा दुध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय नरहेको उहाँले जानकारी गराउनुभयो ।
विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण तीव्र
नेपाल विद्युत् प्राधिकरणले गएको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टको लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको हो । साथै वितरण ट्रान्सफर्मर पनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ ।
छयालिस देशको मुद्रा सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार अमेरिकी डलरसहित ४६ भन्दा बढी देशको विदेशी मुद्रा सङ्कलन भएको हो । भेटी रकमका रूपमा सङ्कलन भएको विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ । यस्तै इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ । कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार
इपिएसमार्फत सेवा क्षेत्रका श्रमिक नलैजाने सङ्केत
दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने सङ्केत गरेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको (इपिएस) शाखालाई पत्रमार्फत यस्तो सङ्केत गरेको हो ।
सेजन सदस्यको १६ करोड रुपियाँ बराबरको स्वास्थ्य बिमा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपियाँ बराबरको स्वास्थ्य बिमा गरेको हो।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ ।
केरा खेतीतर्फ किसानको आकर्षण
राप्ती गाउँपालिका–७, छोडकी सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लागेका चौधरी वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ । खेती गरेको तीन बिघामध्ये अहिले डेढ बिघा जग्गामा रोपेको केराले उत्पादन दिने गरेको भन्दै चौधरीले भन्नुभयो, “अहिले खेती गरेकोमध्ये आधा जमिनमा रोपेको केराले उत्पादन दिन थालेको छ । बाँकी बोटहरू पनि उत्पादन दिन तयार हुँदै छन् ।”
भाउ घट्यो जिराको
पछिल्लो साढे पाँच महिनाको बिचमा मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको छ । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय रुपियाँ घटेर आठ सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १५ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ । सो अवधिमा प्रतिकेजी एक हजार चार सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा चार सय रुपियाँ घटेर एक हजारमा कारोबार भएको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपियाँले घटेको छ । गत असोज कात्तिकमा ११५ रुपियाँदेखि १३५ रुपियाँसम्म प्रतिकेजी कारोबार भएको चिनीको मूल्य हाल १०५ रुपियाँमा कारोबार भएको छ ।