सबै प्रिपेडमा रोमिङ सुविधा
नेपाल टेलिकमले बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने सुविधा सुरु गरेको छ । यससँगै टेलिकमका सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पाइपलाइनमार्फत ग्यास आयात गर्न छलफल
भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म १३० किलोमिटर लामो पाइपलाइनमार्फत खाना पकाउने एलपी ग्यास आपूर्ति गर्ने तयारी गरिएको छ । सो स्थानमा पाइपलाइन निर्माण गरी ग्यास ढुवानी गर्ने विषयमा दुवै देशका उच्च पदस्त अधिकारीबिच छलफल हो । भारतमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँगको भेटमा ग्यासको पाइपलाइन निर्माण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पाइपलाइन निर्माण गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय सरकारलाई
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरेको छ । हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने सङ्घीय सरकारले तय गर्ने गरिएकोमा अब मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक दीपकराज नेपालले अबदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमूलक तालिम दिने गरी स्थानीयकरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि चालु आवका लागि छुट्याइएको बजेट स्थानीय तहको ‘तालिमको मोडालिटी’ अनुसार सिधै जान्छ ।
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो।
किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।
९५ प्रतिशतभन्दा बढी बक्यौता विद्युत महसुल असुली
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत महसुल असुली गरेको छ ।
ट्रङ्कलाइन महसुल विवाद, छुट्टै आयोग बनाउन माग
रुपन्देहीका उद्योगीले यहाँको डेडिकेटेड र ट्रङ्कलाइनको समस्या अन्यत्रको भन्दा फरक रहेको भन्दै छानबिनका लागि छुट्टै आयोग बनाउन माग गर्नुभएको छ । ट्रङ्कलाइनको विवादमा परेका अन्य जिल्लाका उद्योगको भन्दा रुपन्देहीका उद्योगको महसुल विवाद फरक भएको उहाँहरूको दाबी छ । भैरहवा–बुटवल ओद्यौगिक कोरिडोर अन्तर्गत ट्रङ्कलाइन विवादमा परेका २१ वटा उद्योग सञ्चालकले अन्य जिल्लाको जस्तो आफूहरूको महसुल विवाद नभएको भन्दै छुट्टै नियमन आयोग बनाएर समस्या समाधान गर्न उहाँहरूले माग गर्नुभएको छ । उद्योगीले चरम लोडसेडिङ भोगिरहेको तत्कालीन अवस्थामा प्रयोग नै नगरेको विद्युत् महसुल तिर भन्नु कानुनसम्मत र न्यायोचित नभएको बताउनुभयो ।
पर्यटकलाई भारततर्फका सबै नाका खुला
कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ । अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताउनुभयो ।
मुलुकभर छ हजार सर्किट किलोमिटर प्रसारण लाइन
विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार १३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५१४ सर्किट किलोमिटर छ । चार सय केभी प्रसारण लाइन ६४४ सर्किट किलोमिटर छ । आव २०७२/७३ सम्ममा दुई हजार ९११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो ।
दिनभर पालिका, साँझबिहान खेतबारीमा
चिँगाड गाउँपालिका–५ का अवलचिङका खड्क चन्द गाउँपालिकाका सहकारी उद्योग शाखा प्रमुख हुनुहुन्छ । दिनभर पालिकामा आएका सेवाग्राहीलाई सेवा दिई बिहानबेलुका नजिकैको बारीमा पुगी तरकारीको हेरविचार गर्नुहुन्छ । त्यति मात्र होइन पाकिसकेका तरकारीको बजारीकरण गर्न सदरमुकाम वीरेन्द्रनगरसहित यताउता खटिनुहुन्छ । पालिकाको उद्योग र सहकारी शाखाबाट यससम्बन्धमा सेवा दिने उहाँ आफैँ तरकारी खेतीमा संलग्न भई कृषक बन्नुभएको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ ।
६२ करोडभन्दा बढी राजस्व असुली
आर्थिक वर्ष २०८०।०८१ मा करदाता सेवा कार्यालय तौलिहवाद्वारा लक्ष्यको ८६ दशमलव ५० प्रतिशत राजस्व असुली गरेको छ ।
सुनको मूल्य अकासियो, तोलाकै डेढ लाखभन्दा बढी
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी
पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।
व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण
बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
भदौदेखि कुवेत उडान गर्दै हिमालय
हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने जनाएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको हो । हिमालयले मङ्गलबार १२:४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३:१५ मिनेटमा अवतरण गर्ने उल्लेख गरेको छ ।
‘कृषि अनुदानको मूल्याङ्कन आवश्यक’
कृषि क्षेत्रका लागि वितरित अनुदानको मूल्याङ्कन आवश्यक भएको कृषि मन्त्रालयका पूर्वसचिवहरूले सुझाव दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग सोमबार मन्त्रालयमा छलफल गर्दै उनीहरूले अनुदानको मूल्याङ्कनसहित नयाँ पुस्ता अनुकूल कृषिमा रूपान्तरण आवश्यक भएको, तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको, बाँझो रहेको जग्गामा उब्जनी गराउने उपाय खोजिनुपर्ने, कृषिमा विकास साझेदारलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएका हुन् ।
बन्द हुँदै उद्योग घट्दै निर्यात
मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात दर बर्सेनि घट्ने क्रममा छ । औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामग्री विदेशी निर्यातको अवस्था भने निराशाजनक रहेको तथ्याङ्क छ ।
खाद्यको काममा उद्योगमन्त्रीको असन्तुष्टि ‘दुर्गममा खाद्यान्न पुगेन’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्य अनुसार काम गर्न नसकेको बताउनुभएको छ । कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले जुन उद्देश्यले कम्पनी स्थापना गरिएको थियो सो अनुसार नतिजा आउन नसकेको बताउनुभएको हो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ छ ।
‘श्रमिकको खर्च रोजगारदाताले बेहोर्नुपर्ने’
श्रम आप्रवासनका क्रममा हुने सम्पूर्ण खर्च श्रम गन्तव्य देशको रोजगारदाताले बेहोर्ने व्यवस्थासहितको श्रम आप्रवासन नीतिको मसौदा तयार भएको छ । आप्रवासनविज्ञ डा. गणेश गुरुङ नेतृत्वको समितिले आइतबार प्रस्तावित श्रम आप्रवासन नीतिको मसौदा तयार गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसमक्ष हस्तान्तरण गरेको हो । वैदेशिक रोजगार बोर्ड र गन्तव्य देशमा रहेका नेपाली कूटनीतिक नियोगले रोजगारदाताले खर्च बेहोर्ने व्यवस्था पालना गर्ने रोजगारदाता (बजार) खोज्ने विषय मसौदामा समेटिएको छ ।
मुलुकको आर्थिक आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओली समक्ष १० बुँदे सुझाव पेस
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझावहरू पेस गरेको छ ।
पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
नेप्से परिसूचक ७० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको छ ।