अर्थमन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबिच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्याङ्कनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिव र महालेखा नियन्त्रक सम्झौतामा उल्लिखित कार्यकम कार्यान्वयनमा खरो रूपमा उत्रिने विश्वास व्यक्त गर्नुभयो ।
कर्जामार्फत उद्यमशीलता सिर्जना गर्न तयार छौँ
निजी क्षेत्रको पहिलो नबिल बैङ्क लिमिटेडले चार दशकको यात्रा पूरा गरिसकेको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त पहिलो वाणिज्य बैङ्कले बैङ्किङ क्षेत्रप्रतिको आमधारणा परिवर्तन गर्दै सर्वसाधारणलाई बैङ्किङ कारोबारमा अभ्यस्त बनाउन भूमिका खेलेको छ । ब्यालेन्स सिटका आधारमा सर्वाधिक खुद नाफा कमाउँदै आएको बैङ्कको वितरणयोग्य मुनाफा पनि अरूको तुलनामा धेरै छ । पछिल्लो समय सर्वाधिक नाफा आर्जन गरेको बैङ्कको ४१ बर्से यात्रा, नेपालको बैङ्किङ व्यवसाय, नबिलको वित्तीय अवस्थालगायतका विषयमा प्रस्तुत छ, बैङ्कको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानासँग भेषराज बेल्बासेले गर्नुभएको कुराकानी :
चुहावट घटाउँदा प्राधिकरणलाई बर्सेनि बाह्र अर्ब रुपियाँ आम्दानी
नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाउँदा वार्षिक १२ अर्ब रुपियाँ आम्दानी थपिएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट ५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ ।
पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमा बनाउन भारत सकारात्मक
दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माण अनुदानमा बनाउन भारतीय पक्ष सकारात्मक रहेको छ । बिम्स्टेक सम्मेलनमा भाग लिन भारत गएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँगको भेटमा पेट्रोलियम पाइपलाइनका बारेमा छलफल गर्नुभयो । सो छलफलमा अनुदानमा पाइपलाइन परियोजना अगाडि बढाउन मन्त्री पुरी सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । भारतीय भ्रमणमा गएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले भारतीय अनुदानमा अमलेखगन्ज–चितवन र सिलगढी–झापा पाइपलाइन तथा झापा भण्डारणगृह बनाउन भारतीय पक्ष सकारात्मक देखिएको बताउनुभयो ।
कागजात अध्ययन गर्न समिति गठन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको दीर्घकालीन स्याहार केन्द्र सहायक श्रमिकका रूपमा नेपालबाट लैजान लागिएका श्रमिकको कागजात परीक्षणका लागि उच्चस्तरीय समिति गठन भएको छ । इजरायलमा केयर गिभरमा जानका लागि केही व्यक्तिले नक्कली कागजात पेस गरेको भन्ने उजुरी परेपछि श्रम मन्त्रालयका सहसचिव मेघराज रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च
सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।
दुई लाख बालबालिका आर्थिक काममा
नेपालमा ठुलो सङ्ख्यामा बालबालिका आर्थिक काममा संलग्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदनले छ महिनाभन्दा बढी समय आर्थिक गतिविधिमा करिब दुई लाख बालबालिका सक्रिय रूपमा संलग्न रहेको देखाइएको हो । १० देखि १७ वर्ष उमेर समूहका कुल ४६ लाख ६३ हजार बालबालिकामध्ये चार प्रतिशत अर्थात् करिब एक लाख ८६ हजार पाँच सय बालबालिका आर्थिक गतिविधिमा संलग्न रहेको पाइएको हो ।
विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख सङ्कलन
रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख सङ्कलन गरिएको छ ।
नेप्से परिसूचक ९४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।
मौरीपालनबाट मासिक ५० हजार आम्दानी
यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ ।
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी
जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
घरबासले ल्याएको परिवर्तन
आफू बस्ने घरलाई नै पाहुनाघर बनाएर पर्यटकलाई सेवा दिन सके आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवनका थारू समुदाय । पर्यटकीय नगरी मेघौलीमा ठुला लगानीमा होटेलहरू सञ्चालनमा छन् । यहाँ आएका पर्यटकलाई आफ्नो क्षमता अनुसार बास बस्न, खान र घुम्नका लागि थारूको घरबास एउटा राम्रो विकल्प रहेको छ । महँगो शुल्क तिर्न नसक्ने तथा गाउँघरकै स्थानीय खाना खान चाहनेका लागि उपयुक्त स्थान बनेको छ, थारू समुदायले सञ्चालन गरेको थारू सामुदायिक घरबास ।
‘कृषि क्षेत्रमा नेपालले चालेको कदममा चीनको सहयोग रहने’
नेपालका लागि चिनियाँ राजदूत चेना सोङले नेपालमा रासायनिक मल कारखाना स्थापनामा चीन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । आफ्नो निवासमा पत्रकारसँग कुरा गर्दै राजदूत सोङले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै कार्य थालिने बताउनुभयो । आगामी एक वर्षभित्रमा मल कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम सकाउने धारणा उहाँले राख्नुभएको थियो । यसै गरी राजदूत सोङले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग मन्त्रालयमा बिहीबार भेटेर कृषि क्षेत्रका लागि नेपालले चालेको कदममा चीनको सहयोग रहने बताउनुभएको थियो । कृषिमा चीनले ठुलो उपलब्धि हासिल गरेको बताउँदै उहाँले च्याउको खेतीबाट चीनको गरिबी घटाउन सहयोग पुगेको धारणा राख्नुभयो ।
भरतपुरको पुँजीगत खर्च छपन्न प्रतिशत मात्र
भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा पुँजीगत खर्च वृद्धि हुन नसकेको जनाएको छ । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । उहाँले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार चालुतर्फ ८६ प्रतिशत खर्च भएको छ ।
स्टार्टअप उद्यम कर्जाबापत सत्र करोड वितरण
स्टार्टअप उद्यम कर्जाबापत १६५ परियोजनालाई १७ करोड रुपियाँ वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरिएको कार्यक्रमको हालसम्म १७ करोड रुपियाँ विनियोजन गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ । गत आवको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको थियो । स्टार्टअप उद्यममा छनोट भएका १८३ परियोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले १६५ परियोजनलाई १७ करोड रुपियाँ वितरण गरिसकेको जानकारी दिनुभयो । साउनभित्रै छनोटमा परेको बाँकी परियोजनालाई स्टार्टअप उद्यमकर्जा वितरण गरिसक्ने उहाँले जानकारी दिनुभयो ।
संसदीय छानबिन समिति,जेलमा रहेका शर्मासँग बयान
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ । विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीको अपचलनमा मुद्दा परेपछि नख्खु जेलमा रहेका अध्यक्ष शर्मासँग समितिको बैठकमै ल्याएर सोधपुछ गरिएको हो ।
नेपालगन्ज नाकाबाट तीन देशमा दुई अर्ब ४१ करोडको निर्यात
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा विभिन्न तीन वटा देशमा दुई अर्ब ४१ करोड बढीको विभिन्न सामान निर्यात भएको छ ।
३० करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।
कोरियासँग धान उत्पादन प्रविधिमा सहकार्यको अपेक्षा
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गर्नुभएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङसँग शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइसकिएको र त्यसमा थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
इजरायल र लेबनानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह
इजरायल र लेबनानका हिजबुल्लाह समूहबिच तनाव बढ्दै गएपछि दुवै देशमा रहेका नेपाली श्रमिकलाई सचेत रहन सम्बन्धित देशका नेपाली दूतावासले अनुरोध गरेका छन् । इजरायलस्थित नेपाली दूतावास र लेबनान हेर्ने इजिप्टको कायरो दूतावासले इजरायल र लेबनान पक्षबिच हुन सक्ने युद्धलाई ध्यानमा राख्दै सुरक्षित हुन त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको हो ।
बङ्गलादेशको आन्दोलनले आयातनिर्यातमा सामान्य प्रभाव
बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो । बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो परिमाणमा आयात हुने गरेको छ । बङ्गलादेशमा लामो समयदेखि भएको आन्दोलनका कारणले आयातनिर्यातमा प्रभाव परेको छ ।
दसैँतिहारका लागि चिनी जोहोको तयारी
नेपाल सरकारले भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म/व्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो । यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोट गरी चिनी खरिद गर्न पत्राचार गरेको थियो । सरकारले तोकेको मापदण्ड अनुसार भारत सरकारबाट उपलब्ध गराइएको कोटाको चिनी महँगो दरमा खरिद गरेर बिक्री गर्न नसक्ने उद्योगीले भनेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले व्यवसायीमार्फत चिनी खरिदका लागि आह्वान गरेको छ ।
आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो
म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ ।
स्याउखेतीले मनाङका किसानको आम्दानी बढाउँदै
यहाँका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएसँगै अधिकांशको घरमा स्याउखेती फैलिएको छ । पछिल्लो समय परम्परागत स्याउखेतीलाई छोडेर व्यावसायिक खेतीलाई अङ्गाल्ने किसान जिल्लामा बढ्दै गएका हुन् ।