‘नयाँ सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व वृद्धि भयो’
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभएको छ ।
तोलामा पाँच सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु. एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।
व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान
बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।
जयनगर तर्फ जाँदै रेल
धनुषाधाम, भदौ ७ गते । भङ्गहा–जनकपुर–जयनगरसम्म चल्ने नेपालको एकमात्र रेलसेवा नेपाल रेल्वे बिहीबार यात्रुहरुलाई लिएर जयनगर तर्फ जाँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका१७ कनरपट्टी नजिकैको दृश्य । तस्बिरः रासस
दुई अर्ब एकचालिस करोडभन्दा बढीको निर्यात
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा विभिन्न तीन वटा देशमा दुई अर्ब ४१ करोड रुपियाँभन्दा बढीको विभिन्न सामान निर्यात भएको छ । नेपालगन्ज भन्सार कार्यालयबाट प्राप्त भएको तथ्याङ्क अनुसार गत आव २०८०/८१ मा नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारत, म्यान्मार र संयुक्त अरब इमिरेट्समा दुई अर्ब ४१ करोड ९० लाख ८५ हजार रुपियाँको निर्यात भएको हो ।
उनन्तिस प्रतिशतमा मात्र सिँचाइ
अर्घाखाँचीको कुल खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका अनुसार कुल ४५ हजार ७१२ खेतीयोग्य जमिनमध्ये २८ हजार ६०९ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । खेती भएको जमिनमध्ये आठ हजार ४४४ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ पुगेको छ ।
श्रममन्त्रीसँग कोइका र आइओएमका प्रतिनिधिको भेट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का निर्देशक जोसफ समुएल एमियाह र दक्षिण कोरिया (कोइका) का देशीय निर्देशक किम ह्युआङ क्युले छुट्टाछुट्टै भेट गर्नुभएको छ । श्रममन्त्री भण्डारीले बिहीबार मन्त्रालयमा आइओएमका निर्देशक जोसफ र कोइका नेपालका निर्देशक किमसँग भेट गर्नुभएको हो ।
‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ भन्नुभयो ।
औसतमा वार्षिक सात लाख तेह्र हजार नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालुु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ ।
मुस्ताङमा स्याउ टिप्ने मिति तय
हिमालपारीको जिल्ला मुस्ताङमा फलेका स्याउ टिप्नका लागि सर्वपक्षीय बैठकले मिति तय गरेको छ।
भन्सार छलीका सामानबाट नौ करोड बढी राजश्व सङ्कलन
रुपन्देही प्रहरीले भन्सार छलीको सामान नियन्त्रणबाट साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयको सक्रियतामा आर्थिक वर्ष २०८०-०८१ मा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।
दैलेखका स्थानीय तहको बेरुजु डेढ अर्ब
नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्ने तर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ ।
४५ दिनदेखि सुकेटारमा उडान ठप्प
ताप्लेजुङको सुकेटार विमानस्थलमा ४५ दिनदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण सुकेटारमा एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।
विषादीका कारण पन्ध्र कट्ठाको धान बाली नष्ट
सुनसरीको प्रकाशपुरका एक किसानले धान बालीमा आएको झार मार्ने विषादी प्रयोग गर्दा पन्ध्र कट्ठाको धान बाली सुकेर गएको छ । वराहक्षेत्र १० प्रकाशपुर तमुटोलका सन्त उरावले एक हप्ताअगाडि धान बालीमा आएको झार मार्न प्रयोग गरेको विषादीकै कारण पन्ध्र कट्ठाको धान खेत नष्ट भएको हो ।
उखुको अनुदान माग
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग उखु किसानलाई तत्काल अनुदान रकम वितरण गर्न किसानका अगुवाले माग गरेका छन् । उखु क्रसिङ सिजन २०८०/८१ मा चिनी उद्योगलाई उखु बिक्री गरेको पाँच महिना बितिसक्दासमेत किसानले अनुदान रकम पाउन सकेका छैनन् । उखु खेती धेरै हुने सर्लाही र रौतहटबाट बुधबार कृषि मन्त्रालय पुगेका नेपाली कांग्रेसका नेताको टोलीले उखु किसानका लागि तत्काल जिल्लामा अनुदान रकम निकासाको व्यवस्था मिलाइदिन माग गरेको हो ।
समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको आर्थिक विकास र समृद्धि यात्राको सार्थकताका लागि बहुराष्ट्रिय कम्पनीहरू आवश्यक रहेको र त्यसका लागि सरकारले प्रोत्साहनमूलक नीति लिइरहेको बताउनुभएको छ । बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा आयोजित जलविद्युत्मा लगानी सम्भावनाको खोजीसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने र जलविद्युत्को खपत पनि स्वदेशभित्र प्रवर्धन गर्नुपर्ने उल्लेख गर्नुभयो । यसकै लागि पनि बहुराष्ट्रिय कम्पनी आवश्यक रहेको उहाँको भनाइ थियो । ऊर्जा क्षेत्रमा लगानी प्रवर्धन आवश्यक रहेको भन्दै वैदेशिक लगानी भित्र्याउन सरकारले अधिकतम पहल गरिरहेको उल्लेख उहाँले गर्नुभयो । “नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठुला ठुला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले लिने छ,” मन्त्री पौडेलले भन्नुभयो ।
श्रम अडिट गराउनेको सङ्ख्या नौ गुणाले वृद्धि
श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या छ वर्षको बिचमा करिब नौ गुणाले बढेको छ । प्रतिष्ठानमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र रोजगारदाताबिचको श्रम सम्बन्धसमेत थप सुधार भएको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा श्रम अडिट गरिएका रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या ४६९ रहेकोमा आव २०८०/८१ मा चार हजार १३९ पुगेको छ ।
धितोपत्र बोर्ड नेतृत्वविहीन हुनुहुँदैन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो।
सुनको मूल्यमा नयाँ कीर्तिमान
स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।
सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी
आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाउनुभएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्नुहुन्छ ।
‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित
पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् ।
साउने पूर्णिमामा दुई करोड रुपियाँभन्दा बढीको बोका बिक्री
साउने पूर्णिमाका अवसरका दुई करोडभन्दा बढी मूल्यका बोका बिक्री भएका छन् । जिल्लाभरमा देउतामा मन्दिरमा बलि चढाउने प्रयोजनका लागि बोका बिक्री भएका हुन् । बोका व्यापारी उब्जन शाहीले साउने पूर्णिमाको दुई दिनमा मात्र डेढ सय बोका बिक्री भएको बताउनुभयो । उहाँले आफूले मात्र १५ लाखका बोका बिक्री गर्न सफल भएको र कमाइ पनि राम्रै भएको बताउनुभयो ।
दोब्बरले बढ्यो ट्रेडमार्क दर्ता
गत आर्थिक वर्षमा औद्योगिक ट्रेडमार्क दर्ता दोब्बरले बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा छ हजार ५१ वटा ट्रेडमार्क दर्ता भएका छन् । आव २०७९/८० मा तीन हजार २५४ वटा ट्रेडमार्क दर्ता भएका थिए । अघिल्लो आवको तुलनामा दोब्बरभन्दा बढी ट्रेडमार्क दर्ता भएका हुन् । पुराना फाइल क्लियर भएको र ट्रेडमार्कको महत्व बढ्दै गएकाले पनि धेरै सङ्ख्यामा यो वर्ष ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।