लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै
वीरेन्द्रनगर–१ सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् ।गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरु जुट्न थालेका हुन् ।
थारु समुदाय आज गुरही पर्व मनाउँदै
थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।
मिथिलामा झुला चहलपहल
मिथिला क्षेत्रमा साउनका बेला झुलापर्वको चलहपहल जताततै देख्न सकिन्छ । बुधबार बेलुकादेखि सुरु भएको झुलाको रौनक विगत जस्तो यस पटक देखिन्न । धार्मिक मठमन्दिरमा यो पर्व जनै पूर्णिमासम्म सञ्चालन हुने गर्दछ । झुलापर्वलाई तराईबाहेक अन्यत्रसमेत हर्षोल्लाससाथ मनाइने गरिएको छ ।
आज नागपञ्चमी, नाग पूजा गरिँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
जनकपुरधाममा झुलाको रौनक हराउँदै
मिथिला क्षेत्रको महत्त्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ ।
झुला पर्व सुरु
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि सुरु भएको छ ।
नागलाई खुसी पार्न नागपूजा गरिने
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदै छ ।
गुरही पर्वको अवसरमा बिदा
थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीको विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् ।
मिथिलामा धुमधाम मधुश्रावणी
मिथिला संस्कृतिमा महत्वसाथ मनाइने मधुश्रावणी पर्व बुधबार सम्पन्न भएको छ । साउन शुक्ल पञ्चमीदेखि सुरु भई शुक्ल तृतीयाको अन्तिम दिन व्रतालुलाई पानको पातमा दुलो बनाएर कपासको बत्तीले घुँडामा दागेपछि मधुश्रावणी पर्व समापन भएको मानिन्छ । यसरी बत्ती दिने परम्परालाई ‘टेमी’ भनिन्छ । जनकपुरकी वन्दना चौधरीका अनुसार, “हिन्दु धर्ममा केही विशेष पर्व मात्र छन् जसमा महिला पुरोहितद्वारा नै अनुष्ठान गरी सम्पूर्ण विधि विधान गरिन्छ । मधुश्रावणीमा पनि महिलाद्वारा नै पूजा गरिन्छ । त्यसैले मधुश्रावणी पर्व महिला सशक्तीकरणको उदाहरण हो ।”
मिथिलाञ्चलमा आजदेखि झुलनाेत्सव सुरु
मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुलनाेत्सव पूर्णिमासम्म जारी रहन्छ ।
वराह जयन्ती मनाइयो
वराह भगवानको जन्म जयन्ती मनाइएको छ । वराहक्षेत्र १ स्थित कोकाह कौशीकीको सङ्गममा अघिल्लो दिन साँझ महाआरती गरी आज वराह जयन्तीको मङ्गल यात्रा र उत्सव गर्दै भगवान् वराहको जन्म उत्सव मनाइएको हो ।
आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला
कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् । आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् ।
लिम्बू गाउँमा च्याब्रुङ चिन्ता
च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नृत्य हो । जातिको चिनारीका रूपमा रहेको सांस्कृतिक बाजा च्याब्रुङ विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा बजाएर नाचिन्छ । मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङ बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाचमा वृत्ताकार शैली, घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । तथापि च्याबु्रङ नाचको टोली खोज्न टाढा टाढासम्म पुग्नु पर्छ । चैनपुर नगरपालिका सङ्खुवासभाका मानध्वज लिम्बूले भन्नुभयो, “पहिल्लो पिँढीले यो सिप नसिकेका कारण लोप हुने अवस्थामा छ ।”
एकमहिने गुँला सुरु
बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने एकमहिने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्व मनाइन्छ । सो पर्वको समयमा परम्परागत बाजागाजासाथ बौद्ध चैत्यस्थलको परिक्रमा र दर्शन गरिन्छ ।
३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले पत्रकार सम्मेलन गरी अगस्ट ९ तारिख (साउन २५ गते) ३० औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिएको हो ।
त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन
त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ ।
एक महिने गुँला पर्व सुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व सोमवारदेखि सुरु भएको छ ।
साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी
रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो (फोटो फिचर)
मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
राष्ट्रपति पौडेलद्वारा भोटो जात्राको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ। ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा उपस्थित भएर राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएको हो।
लाखेनाचको रौनक
दोलखाको सदरमुकाम चरीकोट बजारको चोक र सडकमा यतिखेर लाखेनाच प्रदर्शन सुरु भएको छ । प्रत्येक दिनको साँझपख प्रदर्शन गरिने लाखेनाच हेर्न बालबालिका, ज्येष्ठजन, युवालगायत भेला हुँदा चरीकोट बजारमा रौनक देखिने गरेको छ । नेवार समुदायका युवाले २०१५/१६ सालबाट चरीकोटमा सुरु गरेको लाखेनाच प्रदर्शनलाई अहिले लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो । कृष्ण जन्माष्टमिको भोलिपल्टसम्म लगातार प्रदर्शन गरिने लाखेनाचले सांस्कृतिक किंवदन्तीलाई जीवन्त राख्न र सांस्कृतिक परम्परासहित बजारमा रौनक ल्याउन क्लबले लाखेनाच प्रदर्शनलाई निरन्तरता दिएको उहाँको कथन रहेको छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिन्धुलीको दुम्जा शक्ति पीठ
सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा अवस्थित प्राचीन मन्दिर आदिलिंगेश्वर महादेवको मन्दिर प्रवेश गर्नुभन्दा अगाडी बायाँतर्फ निकै नै आकर्षक शिखर शैलीको सौर्य मण्डलीय शक्तिपिठ मन्दिर रहेको छ।
हरियो साउन (निबन्ध)
निरन्तर चलायमान भइरहने जीवन, त्यसैप्रतिको अगाध आस्थाको चौतारी हो, हरियो साउन । जस्तै हुरीबतास र झञ्झावातमा पनि अविचलित अभेद्य आत्मविश्वासको प्रतिविम्ब हो हरियो साउन । वर्षभरि घुम्दैफिर्दै आउनेमध्ये सबैभन्दा गर्विलो रसिलो, बहारिलो महिना हुनु साउनको साख । हरियालीको लाली भरेर मैलो मनभित्रका कुण्ठा, क्लेश कल्मष एकैसाथ पखालौँ भन्ने अभ्यर्थनाको अभिधेय हो साउन । पृथ्वीलाई बचाउने सञ्जीवनी लिएर पाखाभित्ता र खोलाकिनारका जरुवामा मूल फुटिरहूँ, बीज बनेर खेत बारीमा सधैँ उम्रिरहूँ, पोथ्रा बुटाहरूमा पालुवा पलाएर आकाश छुन माथिमाथि बढौँ, बढीरहूँ भन्ने सङ्कल्प साधनाको तथास्तु अभिषेक पनि हो साउन । सधैँ दूरदूर फैलिरहूँ सधैँ क्षीतिजभरि मौलाइरहूँ सधैँ अजरअमर बनेर तीन लोक चौध भुवनमा हाँगा, पालुवा लर्किरहूँ भन्छ यसले । खोला खोल्सादेखि कालीगण्डकी र कोशीमा उर्लिएर प्रवाहित हुँदै भरिलो बैँसमा पोखिने साउन अनि फोहोरका डङ्गुरलाई गाउँसहरबाट लफन्ड्या