साउने सङक्रान्तिको प्रभाव
साउने सङक्रान्तिलाई एउटा उत्सवकै रूपमा मनाइन्छ । परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । साउन महिनाले चाडपर्वलाई भित्र्याउँछ भने स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात साउने सङक्रान्तिदेखि हुन्छ ।
मुस्लिम बस्तीमा मोहर्रम मनाइँदै
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यव्रmम गरी मनाइँदै छ ।
धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो
धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।
धार्मिक पर्यटनका आधार
नेपालमा धार्मिक पर्यटनको सम्भावना निकै छ । यो देश प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको क्षेत्र मात्रै नभई विविध जाति, भाषा, वेशभूषा र परम्पराको अनुपम सङ्गमस्थल हो ।
साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुने
आराध्यदेव भगवान् पशुपतिनाथ विराजमान रहेको पाशुपत क्षेत्र । पशुपतिनाथ मन्दिर परिसरनजिकै वनकालीमा आउँदो साउन १ गतेदेखि एक महिनासम्म बृहत् कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ ।
लिच्छविकालीन ढुङ्गेधारा
काठमाडौँको शंखरापुर नगरपालिका– ८ मा अवस्थित बज्रयोगिनी मन्दिरको पछाडि र दरबारको मध्य भागमा कलात्मक शैलीको ढुङ्गेधारा रहेको छ ।
महानगरले पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ ।
आदिकविको कुलपूजा स्थल
आदिकवि भानुभक्त आचार्यलाई सम्झने मौसम प्रत्येक वर्ष मनसुनसँगै आउने गरेको छ । भानुलाई यो मौसममा मात्रै सम्झने भनेको यो एकप्रकारको कर्मकाण्डी व्यवहार नै हो । तै तै यत्ति भए पनि धर्म निर्वाह भएकै छ
दुई सय ११औँ भानु जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबिच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन !
यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् ।
भद्रकाली मन्दिरका सत्तल पुनः निर्माण गरिँदै
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनः निर्माण गरिने भएको छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनः निर्माण गर्न लागिएको हो ।
प्रबलीकरणमा ढिलाइ हुँदा कलाकृति अलपत्र
भूकम्पबाट क्षतिग्रस्त सीता भवनको प्रबलीकरण कार्य समयमै सम्पन्न नहुँदा बहुमूल्य कलाकृति अलपत्र अवस्थामा रहेका छन् । नेपाल बाल सङ्गठन र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सीता भवन आधा आधा प्रयोग गर्दै आएका छन् ।
प्रेमको प्रतीक यार्तुङ मेला सुरु
मनाङमा यार्तुङ मेला सुरु भएको छ ।
मनाङमा यार्तुङ मेलाको रौनक सुरु
मनाङमा मङ्गलवारदेखि यार्तुङ मेला सुरु भएको छ । जम्मा सात टिमले भाग लिएको तारा हान्ने खेललाई ग्राण्ड यार्तुङ २०८१ नाम दिइएको छ । यसलाई यार्तुङ मेलाको नामले पनि चिनिन्छ ।
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ
राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको छ । आइतबार काठमाडौँको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको हो ।
साँखुको ज्योतिर्लिङ्ग.गेश्वर महादेव (फोटो फिचर)
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ७, सक्व टोलमा अवस्थित प्राचीन एवं प्रख्यात ज्योतिर्लिङ्ग.गेश्वर महादेवको मन्दिर। यस महादेवलाई साँखुको उत्तर(पूर्वी कुनामा लिँड.गपुराणमा वर्णन गरेको ज्योतिर्लिङ्ग.गेश्वर महादेव हो। यो महादेवको मूर्ति करिब १८ इन्च लामो र यसको गोलाई करिब १२ इन्च गोलाकार भई वायव्य कोणतिर ढल्किएर रहेको छ।
प्राचीन मठेश्वरनाथ मन्दिर उत्खनन : लिच्छविकालीन अवशेष फेला
धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । पुरातत्व विभागले प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन् गर्दा आठौँ नवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु भेटिएको हो ।
गुन्जियो नौमतीको नौ सुर
नौमती बाजामा सहनाई, दमाहा, ढोलकी, नरसिङ्गा, छ्याली, टेम्का, गुरुदमाहालाई सुर, ताल र रागमा एकरूपता दिन सकिए निकै मीठो सुनिन्छ । सही सुर र तालमा बजाउन नसकिए नौमतीको धुन मधुर हुनुको सट्टा बेसुरा भएर सुन्नै नसकिने हुन्छ । विशेष गरी शुभविवाहमा बजाइने रागहरू मङ्गल धुन, बटुवा ताल, डाँडै राग, पात्ले ताल, दुलही अन्माउने र दुलहाको घरमा दुलही भित्र्याउने बेलापछि मनोरञ्जन गर्ने विभिन्न धुन नौमती बाजामा बजाइन्छ । लोकबाजाका रूपमा सबै क्षेत्रमा लोकप्रिय नौमती बाजा परम्परागत रूपमा अभ्यास हुँदै आएको छ । यस बाजाको प्रशिक्षण सञ्चालन गर्दा सुर, ताल र रागमा आधारित गरिएमा लोकबाजा संरक्षणमा सहयोग पुग्ने धारणा सरोकार संस्था र बाजाविज्ञको रहेको छ । नौमतीको धुनको मिठासलाई सधैँ सुमधुर बनाउन सुर, ताल र रागलाई लिपिबद्ध गरेर अभिलेखीकरण गर्नुपर्ने सुझावसमेत विज्ञको छ ।
बेलायतमा मनाइयो धुमधाम साकेला
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४) यले सम्बत ५०८४ भव्य रूपमा किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी मनाएको छ।
रोपाइँमा गाइन छाडे असारे भाका
राष्ट्रिय दिवसका रूपमा असार १५ मा धान दिवस मनाउन थालिए पनि धानफाँटबाट असारे भाका लोप भइसकेको अवस्था छ । असारे भाकालाई श्रम र पसिनाको गीतका रूपमा किसानबिच चिनिन्छ ।
‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
भक्तपुर नगरपालिका-४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेसा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् ।