धार्मिक पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गह्रौंसुर मन्दिर
गह्रौंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रसिद्ध स्थलमध्ये एक हो । यो धार्मिक र सांस्कृतिक महत्त्व रहेको यो मन्दिरको छुट्टै इतिहास रहेको छ ।
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी
मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् ।
शक्तिपीठमा एक हजार राँगा बोकाको बलि
शक्तिस्वरूपाका रूपमा विजयादशमीमा विशेष पूजा लाग्ने देवी भगवती र उदयदेव मन्दिरमा एक हजार राँगा तथा बोकाको बलि दिइएको छ । घटस्थापनादेखि नवमीसम्म यहाँका विभिन्न शक्तिपीठमा
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ ।
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।
कालिञ्चोक भगवतीमा दर्शनार्थी घटे
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महìव मात्र होइन, पर्यटकीय महìवसमेत बोकेको दोलखाको कालिञ्चोक भगवतीमा बडादसैँका अवधिमा गत वर्षभन्दा आधा दर्शनार्थीले मात्र दर्शन गरेका छन् । कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासका साथ घटस्थापनादेखि पूर्णिमासम्ममा १० हजार एक सय श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेको बताइन्छ ।
एकैदिन पन्ध्र सय भक्तजनले गरे पाथीभरा दर्शन
मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् ।
सराय नाच संरक्षणमा जुट्दै कुस्माका युवा
जिल्लाको कपिलवस्तु नगरपालिका-९ कुस्माका युवाहरू दसैँकाबेला खेलिने सराय नाच संरक्षणमा जुटेका छन् । पुरानो संस्कृति पछिल्लो समय सङ्कटमा पर्दै जान थालेसँगै कुस्माका युवा सराय नाचको संरक्षणमा लागेका हुन् ।
मेची राजमार्ग खुलेसँगै पाथीभरामा तीर्थयात्री वृद्धि
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग खुलेसँगै ताप्लेजुङस्थित पाथीभरामा तीर्थयात्री आउनेक्रम बढेको छ।
गाउँमा चर्खे र लिङ्गे पिङकाे रौनक
लोप हुँदै गएको चर्खे र लिङ्गे पिङ जिल्लाका विभिन्न स्थानमा राखिएको छ । जिल्लाको विभिन्न स्थानका स्थनीय बासिन्दाले चर्खे र लिङ्गे पिङ राख्नमा सक्रियता बढाएका छन् ।
प्युठानमा सरायँ नाचको रौनक
प्युठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार जुधाएर नाच्ने परम्परागत सरायँ नाचको रौनक सुरु भएको छ । दसैँ र तिहारसँगै प्युठानमा नाचिने सरायँ नाचले सबैतिर रौनकता बढाएको स्थानीयको भनाइ छ ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर
यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।
राप्ती नदीमा दुर्गा भवानीका सयौँ मूर्ति विसर्जन
विजयादशमीको घटस्थापनादेखि नेपालगन्जका विभिन्न स्थामा स्थापना गरिएका दुर्गा भवानीका सयौं मूर्तिहरु बाँके कम्दीस्थित राप्ती नदीमा विसर्जन गरिएको छ ।
नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी
आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ ।
दुर्गा भवानीको मूर्ति विसर्जन
जिल्लाको विभिन्न स्थानमा निकालिएका दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको छ । बाजागाजासहित स्थानीय नदी नालमा दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको हो ।
‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै
वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जलि योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्नुहुन्छ ।
थिमिको कुभिण्डे जात्रा सम्पन्न
दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न भएको छ ।
थारु गाउँबस्तीमा सखिया नाचको रौनक जारी
बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ ।
पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा
विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ ।
दुर्गा भवानीको प्रतिमा सेलाइँँदै
विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।
मूर्ति हेर्न र दर्शन गर्न नपाइने त्रिपुरासुन्दरी भगवती
पुजारीबाहेक मन्दिरमा कसैलाई भगवतीको पूजाआजा तथा दर्शन गर्न निषेध गरिएको छ ।
चिताएको पूरा गर्ने बिजुलीकोट देउता (फोटो फिचर)
प्युठानको ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट मानिन्छ । यहाँ हरेक दसैँको रामनवमीका दिनमा ठुलो मेला (राम) लाग्ने गर्दछ ।
नेपालगन्जमा हिन्दु र मुस्लिम दुवै समुदाय मिलेर लगाए दसैँको टीका
हिन्दु र मुस्लिम सद्भावका लागि देशमै चिनिएको नेपालगन्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन्।
कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनः स्थापना
दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो ।