बकर इद मनाइँदै: सरकारद्वारा सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै वाग्द्वार
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रूपमा विकास हुन थालेको छ ।
प्रधानमन्त्रीलाई किसानको ज्ञापनपत्र
नेपाल किसान महासङ्घले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ ।
ब्रह्माण्डीय महायज्ञमा १२ करोड सङ्कलन
गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख रुपियाँ सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिले गत फागुन ९ गतेदेखि २३ गतेसम्म सञ्चालित ब्रह्माण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
गङ्गा दशहरामा दशरथ तलाउमा स्नान गर्नेको घुँइचो
गंगा दशहराको अवसरमा जनकपुरधाम उपमहानगरपालिकास्थित दशरथ तलाउ (पोखरी) मा बिहानैदेखि स्नान गर्ने तिर्थालु भक्तजनहरुको घुँइचो लागेको छ ।
धिमाल पर्वमा बिदा
पश्चिम झापा र पूर्वी मोरङमा बस्दै आएका अल्पसङ्ख्यक धिमाल समुदायको जातिरी÷जात्रि पर्वको समापनका अवसरमा आज (असार २ गते) कोशी प्रदेशका पाँच पालिकाले सार्वजनिक विदा दिएका छन् ।
धिमालले मनाए दुईमहिने पर्व
झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी धिमाल जातिले दुई महिनासम्म मनाउने जातिरी तथा सिरिजात पर्व समापन हुँदै छ । धिमाल समुदायले आफ्नो बसोबास रहेको हरेक गाउँटोलमा पुगेर वर्षको एक पटक सामूहिक रूपमा सिरिजात पूजा गर्ने गर्दछन् । वैशाख २ देखि सुरु भएको यो पर्व आइतबार समापन हुँदै छ । प्रत्येक दिन भिन्नाभिन्नै ठाउँमा पूजाआजा र मेला लाग्दै आएको थियो । धिमाल जातिले गाउँपूजालाई पुर्खाहरू जङ्गलको वातावरणमा बस्दा भोग्नु परेको चुनौतीबाट बच्न सुरु गरेको परम्परा मान्ने गरेका छन् । परिवारको स्वास्थ्य र खेतीपाती राम्रो होस्, बाढीपहिरो नआओस्, गाईवस्तुलाई रोग नलागोस् र महामारी नलागोस् भनेर गाउँपूजा गरिने गरेको धिमाल अगुवाहरू बताउँछन् ।
शक्ति फुटमा नभई एकतामा छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले थारु समुदायको शक्ति नै थारु एकता भएकाले फुटेर होइन, जुटेर काम गर्न सुझाव दिनुभएको छ ।
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताउनुभएको छ ।
मगर समुदायले मनायो भूम्या (फोटो फिचर)
काठमाडौँ, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व शनिबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले मनाउने गर्दछ । नेपाल मगर सङ्घले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरेको हो । मगर समुदायले प्राकृतिक प्रकोप नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन् ।स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ । पश्चिम नेपालको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ, बागलुङ र म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाउँछन् । पछिल्लो समय बसाइसराइको क्रम बढेपछि दाङ, काठमाडौँलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाका बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुसीयाली मनाइन्छ ।भूमे पूजामा मार (भेडा, बोका, कुखुरा, सुँगुर) मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पिर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने यो पर्व काठमाडौँमा भने असार ३ गतेसम्म मनाइन्छ ।
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
संस्कृतिलाई जोड्दै कास्कीको गुरुङ सम्पदा पदमार्ग
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ ।
संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ ।
भरतपुरको शिव मन्दिर (फोटो फिचर)
भरतपुर उपमहानगरपालिका ८ गुन्जनगरमा आकर्षक रूपमा शिव मन्दिर छ ।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
नेपालका तीर्थस्थलको दर्शन गर्न आग्रह
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरुको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गर्नुभएको छ ।
सोमबार सार्वजनिक बिदा
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
थारु कला संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
दाङमा थारु समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा हुने विभिन्न कार्यक्रममा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि नयाँ पुस्ता कला र संस्कृति संरक्षणसँगै विकासमा जोडिएका छन् ।
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।
मनाइयो सिथि नखः मध्यपुरमा खट जात्रा
वर्षायाम सुरुसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन पानीका परम्परागत स्रोतको सरसफाइ गरी बुधबार सिथि नखः पर्व मनाएको छ । नेवार समुदायले मनाउने यो पर्व वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ । यो समयमा पानीको सतह पूरै घट्ने भएकाले स्रोत सरसफाइ गर्न सजिलो हुने बताइन्छ । सिथि नखः का दिन पानीका मुहान, इनार, कुवा र घरटोल वरपर सरसफाइ गरिन्छ । भाषा तथा संस्कृतिविद् गणेशराम लाछीका अनुसार सिथि नखः पर्वसँगै वर्षा सुरु हुने र सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने गर्छ । यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।
सिथी नखःमा गरियो पानीको मुहान सरसफाइ (फोटो फिचर)
नेवा: (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नख: भिन्न तरिकाले मनाइन्छ । नेवा: जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक् रूपमा यो पर्व मनाइन्छ ।
मगर बस्तीमा भुमेको रमझम
मगर समुदायको बलपूजा अर्थात् भुमे पर्वको रमझम सुरु भएको छ । पूजाआजासहित विधिवत् रूपले जेठ मसान्तबाट भुमे पर्वको सुरुवात हुन्छ । तथापि जेठ महिना लागेसँगै यहाँका मगर समुदायले हरेक साँझ चौतारामा भुमे नाचको अभ्यास गर्ने गर्छन् । मगर समुदायको बाहुल्य रहेका गाउँका चौतारामा जम्मा भएर भुमे नाचको अभ्यासको रमझम भइरहेको छ । महिला पुरुषको छुट्टाछुट्टै समूह बनाई गोलो घेरा बनाएर भुमे नाच्ने गरिन्छ । बाहिरी घेरामा महिला समूह र भित्री घेरामा पुरुष समूह रहन्छन् । गोलो घेरा बनाएर दमाहाको बाजामा विभिन्न २२ प्रकारका नाच नाच्ने गरिन्छ । बाजा बजाउने समूह छुट्टै हुन्छन् । नाच्ने महिला पुरुष मौलिक पोसाकमा सजिएर गोलो घेरामा लहरै गरी नाच्ने रम्ने गर्छन् ।
अचेल गाउँघरमा ढिँकीजाँतो देखिँदैन
यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केही वर्ष अघिसम्म गाउँ-गाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो ।
धनकुटामा किराँत सांस्कृतिक उत्सव
किराँत संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ ।