कालीगण्डकीका शालिग्राम शिलाको नामकरण गरिँदै
दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालिग्राम शिलाको नामकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामकरण गर्न लागिएको हो ।
'प्रतिभाहरुको उजागर गर्न प्रतिष्ठानले काम गरिरहेको छ'
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोसी कापरले प्रदेशका भाषा कला साहित्य र संस्कृतिसँगै प्रतिभाहरुको उजागर गर्न मधेश प्रज्ञा प्रतिष्ठान काम गरिरहेको बताउनुभएको छ ।
विश्व सम्पदा क्षेत्रलाई गिज्याइरहेको प्रहरी भवन
काठमाडौंको हनुमानढोकास्थित वर्षौ पुरानो एवम् जीर्ण अवस्थामा रहेको प्रहरी भवनको भौतिक संरचना जोखिमपूर्ण समेत बन्दै गएको छ । सम्पदा संरक्षण अभियान्ता यादवलाल कायस्थका अनुसार प्रहरी भवन प्रवेश स्थल (दबु) मा स्थानीय एवम् श्रद्धालुहरु कुनै समय दिवंगतहरुको सम्झनामा दियो बाल्ने गर्दथे । महांकाल नाच, गाइजात्रा जस्ता जात्रा पर्वमा भक्तपुर लगायत टाढाबाट आएकाहरु नाचगानको तयारी तथा बसोबास गर्ने स्थान हो यो ।
मच्छिन्द्रनाथको रथ जात्रा सुरु (फोटो फिचर)
शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो।
नौबिसेको जगबैज्येश्वर महादेव (फोटो फिचर)
जिल्लाको नमोबद्ध नगरपालिका दाप्चाबेसी वडा नं. ७ भकुण्डेबेसीको नौबिसेमा अवस्थित जगबैज्येश्वर महादेवको मन्दिर । उत्तर बाहिनी हुँदै बगेको गङ्गा, सरस्वती र यमुना नामक दाप्चेखोलाको सङ्गम त्रिवेणी पर्दछ।
विश्वसम्पदा बौद्धनाथ स्तूप
काठमाडौँ दरबार स्क्वायरबाट सात किलोमिटरको दुरीमा रहेको बौद्धनाथ स्तूप करिब १५ रोपनीमा फैलिएको छ । सय फिटको व्यास भएको गर्भगृह छ भने बौद्ध स्तूपको कुल उचाइ १४१.८ फिट रहेको तथ्याङ्कले देखाउँछ । स्तूपमा विभिन्न भागमध्ये पाँच वटा मुख्य तहलाई सृष्टिका पञ्चत्वकाे प्रतीक मानिन्छ ।
तामाङ र नेपालभाषा सरकारी कामकाजमा
बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई यस प्रदेशको सरकारी कामकाजी भाषा बनाएको छ । भाषा ऐन, २०८० आएपछि वैशाख २४ देखि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागु गरिएको हो । यसले मुलुकभरका तामाङ र नेवाः समुदाय हर्षित भएका छन् ।नेपालभाषा नेवा समुदायको मातृभाषा मात्र होइन, कुनै समय नेपाल खाल्डो (काठमाडौँ उपत्यका) को सम्पर्क भाषा थियो । यो भाषा नेपालका विभिन्न राष्ट्रभाषामध्ये एक पनि हो । बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई यस प्रदेशको सरकारी कामकाजी भाषा बनाएको छ । भाषा ऐन, २०८० आएपछि वैशाख २४ देखि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषाको रूपमा लागु गरिएको हो । यसले मुलुकभरका तामाङ र नेवाः समुदाय हर्षित भएका छन् । मुलुकभित्र र बाहिर रहेका नेवाः समुदायले वैशाख २४ लाई अस्तित्व प्राप्तिका दिनका रूपमा लिएका छन् । लामो समयको आन्दोलन र बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुखदेखि सांसदहरूको विशेष भूमिकाका कारण भाषा ऐन आउन सफल भएको हो । मुलुकमा विविध जातजाति छन् । त्यसमा पनि नेवाः समुदाय प्राचीनकालदेखि शासक र शासित दुवैमा रहेर आएका र भाषा, संस्कृतिको क्षेत्रमा पहिचान बोकेको समुदाय हो । नेपालमण्डल (कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट तथा मकवानपुर) नेवारहरूको प्राचीन थलो हो । यसमा प्रायः सबैजसो इतिहासकारको मतैक्य रहेको छ तर नेवाःहरू कहिलेदेखि यहाँ बसोबास गरिआए, यिनीहरूको प्रारम्भिक अवस्था वा स्वरूप कस्तो थियो भन्ने कुरामा भने भिन्न भिन्न मत छ । वर्तमान समयमा नेपालको राष्ट्रभाषा नेपाली हो । यो समस्त नेपालीको साझा भाषा हो । नेपाली भाषा व्याकरण, कोश र साहित्यमा समृद्ध छ । नेपालका राष्ट्रिय भाषामध्ये व्याकरण, कोश, साहित्य आदि वाङ्मयले परिपूर्ण, समृद्ध भाषा नेवारी अर्थात् नेपाल भाषा पनि हो । नेपालभाषा त्रिविमा विद्यावारिधि तहसम्म पढाइ हुन्छ । यो भाषा प्राचीन भाषा हो । लिच्छविकालमा संस्कृत राजभाषा भएकाले नेवारी भाषाभाषीहरूले संस्कृतका पद–वाक्य सुन्ने बोल्ने काम भई नै रह्यो । लिच्छविकालीन संस्कृत भाषाका अभिलेखहरूमा नेपालभाषाका थुप्रै शब्द पाइन्छन् । मल्लकालमा आएर संस्कृतका ग्रन्थ र पाण्डुलिपिहरू पूर्ण शुद्धतासाथ नेवारी लिपिमा सार्ने काम भए । मल्लकालीन समयमा नेपाल भाषा नै कामकाजको भाषामा उपयोग भयो । नेवारी भाषालाई नेवाः भाषाका वक्ताहरू नेवा भाय, वा नेपालभाषा भन्ने गर्छन् । मल्लकालमै नेपालभाषा उन्नत बन्यो । सोही कालखण्डमा ताम्रपत्र, शिलालेख तथा आधिकारिक कागजात नेपालभाषामै प्रयोग भएको पाइन्छ । १६ औँ शताब्दीदेखि नेपालभाषामा साहित्य लेखनको विकास भयो । साहित्यमा नेपालभाषाका विविध लिपिमध्ये प्रचलित नेपाल लिपि, रञ्जना लिपि र भुजिमो लिपि प्रसिद्ध छन् तर प्राचीन ग्रन्थ र अभिलेखमा सबभन्दा बढी प्रयोग नेपाल लिपिकै थियो । नेपालभाषाका वाङ्मय मात्र होइन, संस्कृतभाषाका ग्रन्थसमेत नेपाल लिपिमा छन् । जब नेपालमा छापाखाना भित्रियो छापाखानामा नेपाल लिपिको व्यवस्था नभएकाले प्रचारप्रसारको दृष्टिले नेपालभाषा साहित्यको माध्यमिक कालमा तत्कालीन कवि लेखकले नेपाल लिपि छोडी देवनागरी लिपिमा लेख्न थाले । यसले प्रचलित नेपाल लिपि, रञ्जना लिपि र भुजिमो लिपिमा लेखन कम हुँदै गयो । १४ औँ शताब्दीदेखि १८ औँ शताब्दीको अन्त्यसम्म नेपालको अदालत र राज्यभाषाका रूपमा नेपालभाषा प्रयोग गरिएको थियो । आन्दोलन र प्राप्त उपलब्धि‘नेपालभाषा आन्दोलन’ शीर्षकमा सानुराजा श्रेष्ठले गरेको शोधमा नेवाः समुदाय नेपालको इतिहास बोकेको नेवाः जाति भएको उल्लेख गरेका छन् । नेपाल खाल्डोमा आदिकालदेखि बसोबास गर्दै आएका नेवाः समुदायकै भाषा, कलाकौशलले नै देश समृद्ध रहेको छ । शोध परिचयमा लेखिएको छ ‘मल्लकालमा नेपाः देशमा राष्ट्रिय भाषाका रूपमा प्रचलनमा रहेको नेपालभाषा नेपाल एकीकरणका व्रmममा पृथ्वीनारायण शाहले नेपाल संवत् ८८० मा नेपाः देश (नेपाल) जितेपछि नेपालभाषालाई अनादर गरियो र पछि राणाकालमा त झन् नेपालभाषामा लेखिएका लिखतलाई सरकारी मान्यताबाट हटाइयो ।’ यसरी नेपालभाषामाथि पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेसँगै हस्तक्षेप हुँदै राणाकालीन समयदेखि नेपालभाषा सरकारी कामकाजबाट हटाइयो । भाषाको अस्तित्व सँगसँगै संस्कृति बचाउन नेवाःका कैयौँ पुस्ताले आन्दोलन गर्नु पर्यो र रगत बगाउनु पर्यो । राणा शासन हटेर २००७ सालमा प्रजातन्त्र आयो । त्यसपछि स्थापना भएका रेडियोमा नेपालभाषाका समाचार समेटिएपछि खडेरी परेको नेपालभाषाको फाँटमा शीत पर्यो । राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि फेरि नेपालभाषामाथि प्रहार भयो । रेडियो नेपालमा प्रसारण हुने समाचार हटाएर नेवाःमाथि प्रहार भयो । लगत्तै २०२२ सालमा रेडियो नेपालको नियमित कार्यक्रम ‘जीवन दबु’ पनि हटाइयो । यसरी पञ्चायतकालभरि नेपालभाषामाथि प्रहार भइरह्यो । त्यो अन्धकार समयमा पनि नेपालभाषामा सिर्जना आन्दोलन भने सशक्त बन्दै गयो । पञ्चायती निरङ्कुश शासकविरुद्ध कविता र साहित्यिक सिर्जनाले व्यापकता पायो । कवि बुद्ध सायमि, पूर्णबहादुर वैद्य, योगेन्द्र प्रधान जस्ता सशक्त कविहरूले विम्ब र प्रतीकले पञ्चायती शासकको मर्ममा प्रहार गरिरहे । मल्ल के सुन्दर, पद्मरत्न तुलाधरलगायतका नेताहरूले नेपालभाषा आन्दोलनमा जागरण ल्याउनु भयो । जब २०४६ सालको आन्दोलनपछि पञ्चायत ढल्यो तब नेपालभाषा आन्दोलनले सशक्त रूप लियो । १० वर्षे माओवादी आन्दोलन र २०६२-६३ को जनआन्दोलनले ल्याएको परिवर्तनले २०७२ सालमा संविधान सभाले संविधान बनायो । यसपछि नेवाः युवा अभियन्ताहरू नेपालभाषा र नेवाः अधिकार स्थापनाका लागि निरन्तर आन्दोलनमा लागिपरे ।स्वागतयोग्य कदम प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भयो । यो ऐन आएपछि मुलुकले पाएको सङ्घीयताको औचित्य झन् बलियो बनाएको छ । ऐन राजपत्रमा प्रकाशित भएपछि वैशाख २४ गते छ महिना पूरा गरेसँगै कार्यान्वयनमा आएको हो । यसलाई सङ्घीयताको उपलब्धि मान्न सकिन्छ । यसलाई पूर्णता दिन आवश्यक नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन ऐनको दफा १८ ले गरेको छ । यस दफामा भनिएको छ, ‘यस ऐनको कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने छ ।’ भाषा ऐनले दिएको अधिकार व्यवस्थापन गर्न भने थुप्रै काम गर्न बाँकी छ । नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार पार्दा भने प्रदेश सरकारले सरोकारवाला सबैलाई समेटेर सूक्ष्म रूपमै सुझाव सङ्कलन गर्न जरुरी छ । यसलाई अझ समृद्ध र व्यवस्थित गर्न÷गराउन सबै सरोकारवालासँग प्रदेश सरकारले समन्वय गर्न आवश्यक छ । त्यसो भयो भने यो ऐन र सङ्घीय व्यवस्थाप्रति सबैको अपनत्व बढ्ने छ । जनशक्तिको व्यवस्थायो ऐन कार्यान्वयनमा ल्याउन नेपालभाषा अध्ययन गरेका विद्यार्थीलाई उपयोग गर्न सके सहज हुने छ । त्रिभुवन विश्वविद्यालयबाट नेपालभाषा केन्द्रीय विभागबाट र अन्य नेपालभाषा अध्यापन हुने क्याम्पसबाट उत्तीर्ण भएका जनशक्तिलाई आवश्यक तालिम दिएर प्रदेश सरकारले हरेक सरकारी निकायमा काम गर्न अवसर दिनु पर्छ । भाषाकै क्षेत्रमा अध्ययन गरेर बसेका यस समुदायका जनशक्तिको उच्चतम उपयोग गर्न सकिन्छ । नेपालभाषामै प्राज्ञिक अध्ययनको व्यवस्था लामो समयदेखि हुँदै आएको छ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले महानगरका विद्यालयमा करिब डेढ सय शिक्षक माग भएकोमा पाँच सय जनाको निवेदन परेको थियो । यसले के देखाउँछ भने नेपालभाषा अध्ययन गरेका जनशक्ति उपत्यकामा पर्याप्त छन् । प्रदेश सरकारले ती जनशक्तिलाई उपयोग गर्न सके भाषा ऐन कार्यान्वयनमा सहज हुने देखिन्छ । २०४८ सालको जनगणना अनुसार देशभरि नेवारहरूको कुल जनसङ्ख्या १०,४१,०९० छ र मातृभाषाका रूपमा नेपालभाषा बोल्नेको सङ्ख्या ६,९०,००७ रहेको छ । २०७८ सालको जनगणनामा यो सङ्ख्या बढेर करिब साढे १३ लाख पुगेको छ, जसमध्ये नेपालभाषा बोल्नेको सङ्ख्या आठ लाख ६३ हजार ३८० जना रहेका छन् । नेपालभाषा निकै समृद्ध भाषा हो । मुलुकको प्राचीन इतिहाससम्म पुग्नु पर्यो भने नेपालभाषाको अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । प्राचीन अभिलेखहरू नेपालभाषा र संस्कृतमा नै छन् ।
महाकुम्भ मेलाको विधिवत समापन
सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेला विधिवत रुपमा सम्पन्न भएको छ । कुम्भ परिसर क्षेत्रमा रहेको सप्तकोशी नदीमा शुभमुहुर्तमा विधिवत् रुपमा अन्तिम महास्नान गरी मेला सम्पन्न भएको हो ।
चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ
जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका-६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास)र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका-४ आर्खेत बजारबाट सुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नम्बर ६ बसेरीमा भैँसेगाउँ छ ।
अन्तरपुस्तामा पुर्ख्याैली संस्कृति : ‘बालबालिकादेखि वृद्धवृद्धासम्म सक्रिय’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० वर्षका सायुज फगामी पुर्ख्याैली नाचमा मादले बनेर नाच्नुहुन्छ । वडा अध्यक्ष समेत रहनुभएका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिक्नुभएका सायुज विगत एक वर्षदेखि पुख्र्यौली नाच समूहमै आबद्ध हुनुभएको छ ।
पशुपतिक्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपतिक्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।
आज अक्षयतृतीया : जौको सातु र सर्बत खाएर मनाइँदै
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षयतृतीया । जौको सातु र सर्बत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।
तस्बिरमा मच्छिन्द्रनाथको रथारोहण
मच्छिन्द्रनाथको महास्नानसँगै जात्राको तयारी थालिएको हो। जात्राका लागि नै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण गरिने गरिन्छ भने मच्छिन्द्रनाथको तःबहा अवस्थित मन्दिरको प्राङ्गणमा मच्छिन्द्रनाथको मूर्तिको रगंरोगन गर्ने गरिन्छ।
मुस्लिम समुदायले शिक्षामा जोड दिनुपर्छ : अध्यक्ष अन्सारी
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ।
कला र संस्कृतिलाई जनताको अवस्था बदल्ने बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हिजो राजनीतिक व्यवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कला संस्कृतिको क्षेत्र अब परिवर्तित व्यवस्थाअनुकूल जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
हुड्को बजाएर तीन पुस्ता सँगै नाच्दै
देउडा संस्कृतिको अमूल्य गहनाका रूपमा चिनिने हुड्को बजाएर पछिल्लो समय जीविका नचले पनि बैतडीका गणेश दमाईको तीन पुस्ता हुड्को बजाउँदै नाच्दै आएका छन् ।
आमा दिवस अर्थात् ‘आमाको मुख हेर्ने’
आमा भएर बोकी हेर सन्तानका खुसीहरू... कला, सङ्गीत र साहित्यका विविध विधामा आमासम्बन्धी चर्चा धेरै नै हुने गरेको पाइन्छ । सामाजिक संस्कृतिकै रूपमा नेपाली समाजमा आमाको मुख हेर्ने पर्व धुमधामसाथ मनाइँदै आएको छ । मातातीर्थ औँसी अर्थात् जन्म दिने आमाको विशेष सम्झना, आदर र सम्मान गर्ने पर्वका रूपमा नेपाली समाजका बुधबार धुमधामसाथ मनाइयो । मातातीर्थ औँसीमा छोराछोरीले मिठा परिकार र नयाँ कपडालगायत उपहार आमालाई दिएर मुख हेर्ने चलन रहेको छ ।
पितापुर्खाको सीप पछ्याउँदै मह सिकार
पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् ।
मच्छिन्द्रनाथको रथ निर्माण बारे गुठी संस्थानको अन्तरक्रिया
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण बारे सञ्चारकर्मीसँग स्थलगत अवलोकन तथा अन्तरक्रिया सम्पन्न भएको छ।
जलेश्वरको अन्धाअन्धीमा भक्तजनको घुइँचो
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानदेखि महोत्तरीको लोहारपट्टि नगरपालिका बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिकस्थल अन्धाअन्धीमा भक्तजनको घुइँचो लागेको छ ।
घरबास सञ्चालनले जीवनस्तरमा परिवर्तन
पछिल्लो समय होमस्टे अर्थात् (घरवास) सञ्चालनबाट राम्रो आम्दानी हुन थालेपछि नवलपुरका महिला आत्मनिर्भर हुन थालेका छन् । सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ ।
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदै छ ।
मातातीर्थ औँसीमा दर्शनार्थीको भीड (फोटो फिचर)
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।
आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।