• ३० असोज २०८१, बुधबार

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिर (फोटो फिचर)

blog

तलेजु भवानी मन्दिरमा तर्फ जादैँ नाय्खिं बाजा । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, असोज २५ गते । वर्षको दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भिड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक  महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ । दसैँको महानवमीका दिन तलेजु भवानीको दर्शनार्थी बिहानैदेखि लाइन लागेको थियो ।

कोत, दसैँघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।