लाखेनाच संरक्षणका लागि प्रतियोगिता
नवलपुरमा लाखे नाच संरक्षणका लागि लाखे नाच प्रतियोगिता गरिएको छ ।
मुस्ताङको ठिनीमा फाला पर्वको रौनक
होमस्टे गाउँका रुपमा परिचित मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा भाद्र (फाला) पर्वको रौनक छाएको छ ।
थारू समुदायद्वारा हरेरी पूजा गरिँदै
खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।
फेरिँदै तिज मनाउने शैली
बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ की ६५ वर्षीया गङ्गादेवी पाण्डे तिजको समयमा गाइने पुराना गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिलेपहिले दिदीबहिनी माइतीघरको पिँढीमा जम्मा भएर गाउने गीत उहाँको मानसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्ने उहाँले बताउनुभयो ।
पनौतीको सङ्कटा मन्दिर
काभ्रेपलान्चोकको पनौती नगरपालिका-७ मा अवस्थित अर्थात् पनौती बजारदेखि दक्षिण लिलावती नदीको किनार वा सडकको बायाँतर्फ अवस्थित रहेको छ।
आस्थाको केन्द्र घोडाघोडी
सुदूरपश्चिम प्रदेश कला संस्कृति र रीतिरिवाजमा विविधता भएको प्रदेश हो । भौगोलिक हिसाबले तराई, पहाड र हिमाली क्षेत्र यस प्रदेशमा पर्दछ । सुदूरपश्चिम प्रदेशमा स्वदेशी तथा
प्रथाजनित चाड ढ्वाङ्कुमो
किराँत वाम्बुले राईहरूले यो वर्ष पनि २०८१ भदौ पहिलो साता थुम थुममा जुटेर ढ्वाङ्कुमो चाड मनाएका छन् । यो चाडको रौनक दसैँ पूर्णिमा (कोजाग्रत पूर्णिमा) को रातसम्म लम्बिने छ ।
भीमेश्वरमा धार्मिक पर्यटकको भिड
सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिरमा दर्शन गर्ने धार्मिक पर्यटकको भिड लाग्न थालेको छ ।
बेनीमा जोगी नाच प्रदर्शन
जोगीको भेषमा युवाहरूको समूह नृत्य गर्दै बजारमा निस्केपछि बजारवासीहरू दङ्ग परे । ताण्ड नृत्यसहित शिव, पार्वती र जोगीको भेषमा सजिएर युवाहरूले जोगी नाच प्रदर्शन गरेका हुन् ।
तीजले प्रेम र सद्भाव बढाउँछ
गोरखापत्र संस्थानका महिला कर्मचारीले शुक्रबार ‘हरितालिका तीज (दरखाने) कार्यक्रम मनाएका छन् । कार्यक्रममा शुभकामना दिनुहुने वक्ताले तीजले पारिवारिक प्रेम, सद्भाव र आत्मीयता बढाउन सहयोग पुर्याएको विचार व्यक्त गर्नुभयो ।
गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको छ : परराष्ट्रमन्त्री राणा
नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताउनुभएको छ ।
सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय पर्यटकको आकर्षण
यहाँ भारतीय धार्मिक पर्यटकहरु शालिग्रामको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् ।
सप्तरीमा झाँकीसहित रथयात्रा
सप्तरी जिल्लाको राजविराजमा मंगलबार झाँकीसहित रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गरेको छ ।
तम्घासमा रोपाइँ जात्रा
गुल्मीको तम्घासमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रोपाइँ जात्राका साथमा विभिन्न प्रहसन देखाइएको छ । आज बिहान श्रीकृष्णको रथ यात्रासँगै दिनभर रोपाइँ जात्रा तथा लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको हो ।
ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा जात्रा
श्रीकृष्ण जन्माष्टमी अवसरमा ओखलढुङ्गामा भव्य कृष्ण जात्रा निकालिएको छ । जिल्ला सदरमुकाममा रहेका तीन वटा गुठीले छुट्टाछुट्टै कृष्ण रथसहितको यात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् ।
बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन
बागलुङमा ऐतिहासिक हनुमान नाच सुरु गरिएको छ ।
राष्ट्रपतिद्वारा भगवती मन्दिरको दर्शन र रथयात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक भगवती मन्दिरको दर्शनसहित रथ यात्राको अवलोकन गर्नुभएको छ । मङ्गलबार तानसेनमा निकालिएको भवगती रथयात्राको राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायतले दर्शन गर्नुभएको छ ।
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुग्नुभएको छ । उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।
सुदूरका बस्तीमा गुञ्जिए देउडा
महेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया (गीतकार) मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् ।
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा
पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
बुढानीलकण्ठमा श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)
श्रीकृष्ण जन्माष्टमी अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले नेपाली संस्कारको महत्त्व संसारभरि आवश्यक रहेको भन्दै कृष्ण जन्मोत्सव मनाएको छ ।
नेपाली समाजमा नैतिकता हराउँदै गयो : सभापति देउवा
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।
दश हजारभन्दा बढी कन्याको पूजा
कृष्ण जन्माष्टमीको अवसर पारेर काभ्रेपलान्चोक जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएको कन्या पूजामा दश हजारभन्दा बढी कन्याहरू पुजिएका छन्।
मष्टो देवताका मेला (पैठ) सुरु
कालीकोट जिल्लामा मष्टो देवताका पूजा सुरु भएको छ । भदौ लाखेसँगै विभिन्न १२ भाइ मष्टोका पूजा सुरु भएको हो ।