आस्था र विश्वासको कुण्ड ‘भैरवकुण्ड’
भोटेकोशी गाउँपालिका शिरभेगमा अवस्थित ‘भैरवकुण्ड’ मा विशेषगरी जनैपूर्णिमामा भव्य मेला लाग्ने गर्दछ । साथै भैरवकुण्ड महत्त्वपूर्ण पर्यटकीय स्थल पनि हो ।
पर्यटन पदमार्ग गोसाईंकुण्ड जाने तीर्थालुले भरिभराउ
यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ ।
खयरभारानीको दर्शन : मनोकांक्षा पूरा हुने विश्वास
सोमबार जनै पूर्णिमाको दिन । खयरलेकस्थित खयरभारानीको दर्शनका लागि सयौँ भक्तजनहरूले शनिबार बिहानदेखि नै खयरको यात्रा तय गरेका छन् । शनिबार बेलुका खोप्रालेक पुगेका भक्तजनहरू आज बिहानै खयरलेकको यात्रा सुरु गरेका हुन् ।
रेडिमेड’ले विस्थापित गर्यो हातले बुन्ने राखी
वीरगन्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्नुहुन्थ्यो । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्नुहुन्थ्यो ।
चार हजार मिटरमा महावुधाम मेला
दैलेख र कालीकोट जिल्लाको सिमाना पर्ने समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको महावुधाममा मेला सुरु भएको छ।
गुलरियाको हनुमान मन्दिर
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित कोटही टोलमा अवस्थित हनुमानको निकै नै आकर्षक मूर्ति रहेको छ ।
ढोल बजाउँदै मनाइयो ओल्के–बुढेली पर्व
डडेलधुरालगायत सुदूरपश्चिम प्रदेशमा ढोल, दमाहलगायत स्थानीय बाजा बजाउँदै चैत धुमारी खेल खेल्दै ओल्के–बुढेली पर्व मनाइँदै छ । बुढेलीसँगै स्थानीयले एक महिनापछि बुढी पोल्ने बन्ढुनी मेला मनाउन रुखका हाँगाबिँगा एकै ठाउँमा थुपारी बन्ढुनी बार्ने गरेका छन् । बन्ढुनी बार्ने दिन ऐरी गाउँमा सुदूरपश्चिमको संस्कृति अनुसार चैत, धुमारी खेल्दै बुढेली मनाउने परम्परा छ ।
लाखे जोगाउन युवापुस्ता
बेनीमा नागपञ्चमीदेखि सुरु भएको बर्खे नाचमा आठ वर्षका बालकलाकार सालिन श्रेष्ठ, विहान भण्डारी, समन श्रेष्ठ र विकल्प श्रेष्ठ लाखेको भेषमा सजिएर दैनिक जसो नाचिरहेका छन् । लाखेको खप्पर लगाएर ठुलो मृदङ्गा, मादल, झ्याली र ढोलकीको तालमा उनीहरू नाच्दै बजार परिक्रमा गर्छन् । युवाको सक्रियतामा बेनीमा यतिखेर बर्खे नाच अन्तर्गतका विभिन्न नाच देखाउन थालिएको छ । लाखे नाचलगायत नेवारी समुदायको मौलिक संस्कृति झल्किने नाचहरू तिजसम्म देखाउने प्रचलन छ । लाखे नाचलाई नेवार समुदायको संस्कृतिका रूपमा लिने गरिन्छ ।
बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता
सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ ।
गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा
यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाईंकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।
उपल्लो मुस्ताङमा ‘यार्तुङ पर्व’मनाइँदै
उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् ।
ओल्के पर्व
डोटेली संस्कृतिमा हरेक महिनाको पहिलो दिन सङ्क्रान्तिलाई पर्वका रूपमा मानिन्छ । हरेक महिना परिवर्तन हुँदा सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको हुन्छ । त्यस दिनलाई शुभकार्यका लागि अपुच्छ्य दिन पनि भनिन्छ । वैशाखलाई बिसु, साउनलाई हरेली भने जस्तै भदौ सङ्क्रान्तिलाई ओल्के भन्ने गरिन्छ । भदौ १२ महिनामध्येको एक महिना हो । साउनबाट भदौ सुरु हुँदा सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गरेको हुन्छ । त्यसैले सिंह सङ्क्रान्ति पनि भनिएको हुन्छ । भद्रा नक्षत्रबाट भाद्र भनिएको हो ।
रमाइलो गाईजात्रा
हामी संस्कृतिमा निकै धनी छौँ र हाम्रा रीतिरिवाजमा विविधता पाइन्छ । धार्मिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक रूपले महìवपूर्ण एवं रमाइलो जात्रा पनि हो गाईजात्रा । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर लग्ने व्यक्तिलाई आआफ्ना इलाकामा परिक्रमा गराउने र गाईजात्रा पठाउने घर घरबाट थरीथरीका रोटी, फलफूल पैसा आदि राखेर वर्षको ३६५ दिनको हिसाबले ३६५ प्याकेट बनाएर अन्य सहभागीलाई बाँड्न बस्छन् । अन्य श्रद्धालुद्वारा पनि गच्छे अनुसार दुध, फलफूल, जुस, रोटी, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण शुक्ल प्रतिपदाका दिन मना
मिथिलामा गुञ्जदै झुला गीत
मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् ।
मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ
चतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।
दुई दशकदेखि तानसेनमा लाखे
पाल्पामा दुई दशकदेखि लोपोन्मुख लाखेनाच प्रदर्शन गरिँदै आएको छ । तानसेनस्थित बसपार्कका युवा मिलेर लाखेनाचलाई निरन्तरता दिइँदै आएको हो । लाखेनाच मुख्यतः नेवार समुदायको संस्कृति हो । पाल्पाली नाट्य कला समूहका अगुवा किरण चित्रकारका अनुसार तानसेनमा नेवार समुदायको बसोबास बढी रहेका कारण पनि लाखेनाच निरन्तर नाच्नु आवश्यक रहेको छ । लाखेनाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ । तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुरलगायतका स्थानमा लाखेनाच देखाइने योजना रहेको जनाइएको छ । यो वर्ष घण्टाकर्णको दिनदेखि हरेक दिन लाखे प्रदर्शन भइरहेको चित्रकारले जानकारी दिनुभयो ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
‘बडीमालिका र बुढीनन्दा’ तीर्थयात्रा सुरु
धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ ।
चुड्का संरक्षणमा जुटे धार्चेवासी
स्थानीय संस्कृति संरक्षण, प्रवर्धन र पुस्तान्तरण गर्ने उद्देश्यसति धार्चेवासीले परम्परागत चुड्का नाच सुरु गरेका छन् । धार्चे तमू सेवा समाजको आयोजनामा गुरुङ समुदायको रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन चुड्का नाच संरक्षण थालिएको हो । गुरुङ समुदायमा ज्येष्ठ नागरिकले मात्र चुड्का नाच्ने प्रचलन भए पनि त्यसलाई तोड्दै युवाले चुड्का नाचेर परम्परा जोगाउने अभियान सुरु गरेका हुन् ।
बागलुङ बजारमा लाखेको रौनक
बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात् गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ ।
पोखरामा ब्युँताइयो ‘लाखेनाच’
पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म (करिब १५ दिन) ‘लाखेनाच’ प्रदर्शन गर्दै आएका छन् । लाखेको मखुन्डो लगाएर बाजाको तालमा लाखे नचाइन्छ । बर्सेनि प्रदर्शन गरिने लाखेनाच केही समय स्थगित गरिएको थियो । २०७४ सालमा रामबजार तायःमचाः समितिले प्रदेश स्तरको लाखेनाच प्रतियोगिता आयोजना गरे पनि निरन्तरता पाउन सकेको थिएन । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार दुई वर्षअघि प्रतियोगिताकै रूपमा लाखे नचाउन पुनः थालिएको हो । पोखरामा हरेक वर्ष देखाइँदै आएको लाखेनाचको पुनर्जागरण गरिएको पालिखेले बताउनुभयो ।
सुन्दरी जलमा बोलबमका श्रद्धालु
साउन महिनाको अन्तिम सोमबार सुन्दरीजलमा पूजाआजा गरी जल लिँदै बोल बममा सहभागी श्रद्धालु । हिन्दू धर्मावलम्बीले साउनमा शिवको पूजा आराधना र महिमा गाउँछन् ।
एक लाखभन्दा बढीले गरे पशुपतिनाथको दर्शन
आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
पिण्डेश्वर बाबाधाममा भक्तजनको घुइँचो
पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ ।