महायज्ञबाट ८१ लाख सङ्कलन
विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिबासमा जारी ‘शिव पुराण महायज्ञ’बाट अहिलेसम्म ८१ लाख सङ्कलन भएको छ ।
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गोसाईंकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन् ।
जनकपुरधाममा झुलन महामहोत्सवको रौनक
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा झुलन महामहोत्सवको रौनक सुरु भएको छ । चर्चित संस्कृति र पर्वमध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरू सङ्गीतमय बनेका छन् ।
बेनी सुरु भयो लाखे नाच
बेनीका युवाहरूको सक्रियतामा लाखे नाच प्रदर्शन सुरु गरिएको छ । नवार समुदायको बर्खे नाचअन्तर्गत पर्ने परम्परागत लाखे नाच नागपञ्चमीका दिनदेखि देखाउन थालिएको छ ।
मनाइयो गुरही पर्व (फोटो फिचर)
पश्चिम नेपालको थारु समुदायले गुरही पर्व उल्लासका साथ मनाएका छन् । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ ।
ललितपुरको गोदावरी कुण्ड
ललितपुर गोदावरी नगरपालिका ३ को प्रख्यात पवित्र स्थल गोदावरी कुण्ड अर्थात् यसलाई तीर्थ स्थल पनि भनिन्छ। यो स्थल पाटनको लगनखेलदेखि करिब ११ कि मि पूर्व फुलचोकी पहाडको फेदीमा रहेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थल निकै रमणीय रहेको छ।
झुला खेल्दै ‘गुडिया’ को रमझम
बाँके, बर्दियालगायत तराई जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमीलाई ‘गुडिया’ पर्वका रूपमा धुमधामसाथ मनाएका छन् । राकेशकुमार मिश्राका अनुसार यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । ‘गुडिया’ पर्वको दिन सो समुदायले घरपरिवार, आफन्त, टोलछिमेक सबै मिलेर विशेष धुमधामसाथ मनाउने गरेका छन् ।
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो ।
चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला
नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ ।
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु
स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।
मनाइयो ३० औँ विश्व आदिवासी दिवस (फोटो फिचर)
३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ ।
नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य
पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ ।
लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै
वीरेन्द्रनगर–१ सुर्खेतका गुरुङ समुदायले ऐतिहासिक परम्परागत घाटु नाच संरक्षणमा जुटेका छन् ।गुरुङ समुदायको प्रसिद्ध घाटु नाँच लोपहुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरु जुट्न थालेका हुन् ।
थारु समुदाय आज गुरही पर्व मनाउँदै
थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।
मिथिलामा झुला चहलपहल
मिथिला क्षेत्रमा साउनका बेला झुलापर्वको चलहपहल जताततै देख्न सकिन्छ । बुधबार बेलुकादेखि सुरु भएको झुलाको रौनक विगत जस्तो यस पटक देखिन्न । धार्मिक मठमन्दिरमा यो पर्व जनै पूर्णिमासम्म सञ्चालन हुने गर्दछ । झुलापर्वलाई तराईबाहेक अन्यत्रसमेत हर्षोल्लाससाथ मनाइने गरिएको छ ।
आज नागपञ्चमी, नाग पूजा गरिँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
जनकपुरधाममा झुलाको रौनक हराउँदै
मिथिला क्षेत्रको महत्त्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ ।
झुला पर्व सुरु
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि सुरु भएको छ ।
नागलाई खुसी पार्न नागपूजा गरिने
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदै छ ।
गुरही पर्वको अवसरमा बिदा
थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीको विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् ।
मिथिलामा धुमधाम मधुश्रावणी
मिथिला संस्कृतिमा महत्वसाथ मनाइने मधुश्रावणी पर्व बुधबार सम्पन्न भएको छ । साउन शुक्ल पञ्चमीदेखि सुरु भई शुक्ल तृतीयाको अन्तिम दिन व्रतालुलाई पानको पातमा दुलो बनाएर कपासको बत्तीले घुँडामा दागेपछि मधुश्रावणी पर्व समापन भएको मानिन्छ । यसरी बत्ती दिने परम्परालाई ‘टेमी’ भनिन्छ । जनकपुरकी वन्दना चौधरीका अनुसार, “हिन्दु धर्ममा केही विशेष पर्व मात्र छन् जसमा महिला पुरोहितद्वारा नै अनुष्ठान गरी सम्पूर्ण विधि विधान गरिन्छ । मधुश्रावणीमा पनि महिलाद्वारा नै पूजा गरिन्छ । त्यसैले मधुश्रावणी पर्व महिला सशक्तीकरणको उदाहरण हो ।”
मिथिलाञ्चलमा आजदेखि झुलनाेत्सव सुरु
मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुलनाेत्सव पूर्णिमासम्म जारी रहन्छ ।
वराह जयन्ती मनाइयो
वराह भगवानको जन्म जयन्ती मनाइएको छ । वराहक्षेत्र १ स्थित कोकाह कौशीकीको सङ्गममा अघिल्लो दिन साँझ महाआरती गरी आज वराह जयन्तीको मङ्गल यात्रा र उत्सव गर्दै भगवान् वराहको जन्म उत्सव मनाइएको हो ।
आज तीज पर्व मनाउँदै रानाथारु समुदायका महिला
कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन् । आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइ रहेका हुन् ।