मैथिली रङ्गमञ्च
नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, नाटकको लिखित परम्परामा पनि निकै अगाडि देखिन्छ ।
दोलखाको भजन संस्कृति
दसैँ मनाउने क्रममा करिब ४० वर्षअघि हामी परिवारै पुख्र्यौली थलो दोलखा सहरतिर लाग्यौँ । पुगेकै रात खाना खाएपछि मैले “म एकछिन डवाकुलुङाको मत्स्येन्द्रनाथ मन्दिरमा गएर आउँछु है”
मावोको ‘डोलीभर्ना’मा लिम्बू संस्कृतिको चित्रण
पूर्वी नेपालको मुन्धुमी संस्कृति संस्कार, जीवन पद्धतिका १५ वटा कथा समेटिएको कथासङ्ग्रह ‘डोलीभर्ना’ शुक्रबार सार्वजनिक गरिएको छ ।
दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए ।
धनुषाको कपिलेश्वरनाथमा सोमबारदेखि साउने मेला
प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिमा धनुषाको कपिलेश्वरनाथ महादेव मन्दिरमा मेलाको आयोजना हुने भएको छ।
पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु
धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो ।
मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली
मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उहाँले बताउनुभयो ।
रोगव्याधिको नाममा राँको फाल्ने
प्राचीन संस्कृति अनुरूप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । असार महिनाभर खेतीपातीले थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तसँग रमाइलो गरी साउने सङ्क्रान्ति मिठोमसिनो तुल्याएर भोज खाने गर्छन् । साउने सङ्क्रान्तिमा ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै, चिच्याउँदै आगोको राँको फालेको’ ९० वर्षीय हरिबहादुर खड्का सम्झिनुहुन्छ । यो बिस्तारै हराउँदै तथा नयाँ पुस्ताले संस्कृति भुल्दै गएकोप्रति उहाँको चिन्ता छ ।
हरियो चुरा, पोते खरिदका क्रममा ग्राहक
काठमाडौँको इन्द्रचोकमा मङ्गलबार चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक ।
बत्ती बाल्ने महिना सुरु
सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताउनुभयो ।
मुस्लिम बस्तीमा मोहर्रम मनाइँदै
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम
पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो
आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।
साउने सङक्रान्तिको प्रभाव
साउने सङक्रान्तिलाई एउटा उत्सवकै रूपमा मनाइन्छ । परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । साउन महिनाले चाडपर्वलाई भित्र्याउँछ भने स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात साउने सङक्रान्तिदेखि हुन्छ ।
मुस्लिम बस्तीमा मोहर्रम मनाइँदै
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यव्रmम गरी मनाइँदै छ ।
धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो
धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।
धार्मिक पर्यटनका आधार
नेपालमा धार्मिक पर्यटनको सम्भावना निकै छ । यो देश प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको क्षेत्र मात्रै नभई विविध जाति, भाषा, वेशभूषा र परम्पराको अनुपम सङ्गमस्थल हो ।
साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुने
आराध्यदेव भगवान् पशुपतिनाथ विराजमान रहेको पाशुपत क्षेत्र । पशुपतिनाथ मन्दिर परिसरनजिकै वनकालीमा आउँदो साउन १ गतेदेखि एक महिनासम्म बृहत् कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ ।
लिच्छविकालीन ढुङ्गेधारा
काठमाडौँको शंखरापुर नगरपालिका– ८ मा अवस्थित बज्रयोगिनी मन्दिरको पछाडि र दरबारको मध्य भागमा कलात्मक शैलीको ढुङ्गेधारा रहेको छ ।
महानगरले पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ ।
आदिकविको कुलपूजा स्थल
आदिकवि भानुभक्त आचार्यलाई सम्झने मौसम प्रत्येक वर्ष मनसुनसँगै आउने गरेको छ । भानुलाई यो मौसममा मात्रै सम्झने भनेको यो एकप्रकारको कर्मकाण्डी व्यवहार नै हो । तै तै यत्ति भए पनि धर्म निर्वाह भएकै छ
दुई सय ११औँ भानु जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबिच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन !
यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् ।
भद्रकाली मन्दिरका सत्तल पुनः निर्माण गरिँदै
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनः निर्माण गरिने भएको छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनः निर्माण गर्न लागिएको हो ।