प्रेमको प्रतीक यार्तुङ मेला सुरु
मनाङमा यार्तुङ मेला सुरु भएको छ ।
मनाङमा यार्तुङ मेलाको रौनक सुरु
मनाङमा मङ्गलवारदेखि यार्तुङ मेला सुरु भएको छ । जम्मा सात टिमले भाग लिएको तारा हान्ने खेललाई ग्राण्ड यार्तुङ २०८१ नाम दिइएको छ । यसलाई यार्तुङ मेलाको नामले पनि चिनिन्छ ।
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ
राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको छ । आइतबार काठमाडौँको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको हो ।
साँखुको ज्योतिर्लिङ्ग.गेश्वर महादेव (फोटो फिचर)
काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ७, सक्व टोलमा अवस्थित प्राचीन एवं प्रख्यात ज्योतिर्लिङ्ग.गेश्वर महादेवको मन्दिर। यस महादेवलाई साँखुको उत्तर(पूर्वी कुनामा लिँड.गपुराणमा वर्णन गरेको ज्योतिर्लिङ्ग.गेश्वर महादेव हो। यो महादेवको मूर्ति करिब १८ इन्च लामो र यसको गोलाई करिब १२ इन्च गोलाकार भई वायव्य कोणतिर ढल्किएर रहेको छ।
प्राचीन मठेश्वरनाथ मन्दिर उत्खनन : लिच्छविकालीन अवशेष फेला
धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । पुरातत्व विभागले प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन् गर्दा आठौँ नवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु भेटिएको हो ।
गुन्जियो नौमतीको नौ सुर
नौमती बाजामा सहनाई, दमाहा, ढोलकी, नरसिङ्गा, छ्याली, टेम्का, गुरुदमाहालाई सुर, ताल र रागमा एकरूपता दिन सकिए निकै मीठो सुनिन्छ । सही सुर र तालमा बजाउन नसकिए नौमतीको धुन मधुर हुनुको सट्टा बेसुरा भएर सुन्नै नसकिने हुन्छ । विशेष गरी शुभविवाहमा बजाइने रागहरू मङ्गल धुन, बटुवा ताल, डाँडै राग, पात्ले ताल, दुलही अन्माउने र दुलहाको घरमा दुलही भित्र्याउने बेलापछि मनोरञ्जन गर्ने विभिन्न धुन नौमती बाजामा बजाइन्छ । लोकबाजाका रूपमा सबै क्षेत्रमा लोकप्रिय नौमती बाजा परम्परागत रूपमा अभ्यास हुँदै आएको छ । यस बाजाको प्रशिक्षण सञ्चालन गर्दा सुर, ताल र रागमा आधारित गरिएमा लोकबाजा संरक्षणमा सहयोग पुग्ने धारणा सरोकार संस्था र बाजाविज्ञको रहेको छ । नौमतीको धुनको मिठासलाई सधैँ सुमधुर बनाउन सुर, ताल र रागलाई लिपिबद्ध गरेर अभिलेखीकरण गर्नुपर्ने सुझावसमेत विज्ञको छ ।
बेलायतमा मनाइयो धुमधाम साकेला
किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४) यले सम्बत ५०८४ भव्य रूपमा किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी मनाएको छ।
रोपाइँमा गाइन छाडे असारे भाका
राष्ट्रिय दिवसका रूपमा असार १५ मा धान दिवस मनाउन थालिए पनि धानफाँटबाट असारे भाका लोप भइसकेको अवस्था छ । असारे भाकालाई श्रम र पसिनाको गीतका रूपमा किसानबिच चिनिन्छ ।
‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
भक्तपुर नगरपालिका-४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेसा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् ।
थाली नाच संरक्षणमा महिला
लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदै छ ।
असारे गीतले थकाइको महसुस हुँदैन
असार १५ मा गीत गाउँदै धान रोप्ने र दही चिउरा खाने परम्परागत चलन छ । सरकारले २०६२ साल असार १५ गतेदेखि यही दिनलाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।
नागार्जुनको पचली भैरव मन्दिर
काठमाडौँको नागार्जुन नगरपालिका-१ रानीवनमा अवस्थित छ पचली भैरव मन्दिर । यो मन्दिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुनको फूलबारी अर्थात् ककनी जाने बाटोको बायाँतर्फ राष्ट्रिय निकुञ्जको प्रवेशवरबाट आफ्नो निजी सवारी साधनबाट जाँदा केही दुरीको घना जङ्गलमा अवस्थित रहेको छ।
दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
लोप हुँदै धान नाच
धान नाच (याःलाङ) पूर्वी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदाय अन्तर्गत लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृति हो । नयाँ पुस्ताले मौलिक संस्कार र संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुँदै गएको छ । नयाँ पुस्ता आधुनिकतामा रमाउन थाल्नाले लिम्बू जाति तथा पुर्बेली समुदायमै लोकप्रिय रहेको धान नाच दिनदिनै लोप हुँदै गएको हो ।
मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गर्नुभएको छ ।
पहिचानका लागि मातृभाषा संरक्षण गर्न आग्रह
आदिवासी जनजातिको पहिचान बचाउन मातृभाषाको संरक्षणमा अगुवाहरूले सुझाव दिनुभएको छ । मातृभाषा पत्रकारिता मार्फत मातृभाषा संरक्षणमा योगदान दिन अगुवाहरूको माग छ ।
भेडाको ऊनबाट बनेको सामग्रीको माग पूरा गर्न मिनाकुमारीलाई हम्मे हम्मे
याङवरक गाउँपालिका-३ ओयामको देवीस्थानकी मिनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष भयो ।
मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह
जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन् ।
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ पुनर्निर्माण
वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका-२७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनर्निर्माण सुरु भएको छ ।
कपिलवस्तुको समयमाई मन्दिर (फोटो फिचर)
प्राचीनस्थल जुन कपिलवस्तुको दक्षिण पूर्व वडा न २ मा पर्ने ऐतिहासिक एवं प्राचीनस्थल लमतिया। यही ऐतिहासिक स्थलको एक किनारमा रहेको छ समयमाईको मन्दिर। माटोको ५ वटा थुम्कालाई नै समयमाई मानेर भक्तजनहरू पूजा अर्चना गर्दछन्। यहाँ सयौँको सङ्ख्यामा भक्तजनहरूले चढाएको माटो र सिमेन्टले बनेका साना तथा ठुला हात्तीहरू रहेका छन्।
पनौती जात्रा
पनौती नगरपालिका बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा पर्दछ । पहिले नेपालको सबभन्दा सानो गाविस पनौती २०५३ साल माघदेखि खोपासी, मल्पी, सुन्थान, टौखाल र सुब्बागाउँ समेटेर नगरपालिकामा परिणत भएको छ । मुलुक सङ्घीय गणतन्त्रमा परिणत भएपछि २०७३ साल फागुनमा अगलबगलका तत्कालीन शारदा बतासे र शङ्खुपाटीचौर गाविसका केही वडाका साथै बल्थली, ¥याले, कुशादेवी र भूमिडाँडा गाभेर पनौती नगरपालिकाले अझ बृहत्तर रूप पायो । समुद्री
महिना दिन नाचगान, भुमे पर्व समापन
एक महिना हर्षोल्लाससाथ मनाइएको मगर समुदायको भुमे पर्व अर्थात् बलपूजा समापन भएको छ । जेठ १ बाट भुमे पर्व सुरु भएको थियो । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ की सावित्रा मगरका अनुसार हरेक वर्ष विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने भुमे नाच कतै हरेक दिन त कतै शनिबारको दिन नाचिन्छ । स्थान अनुसार जेठ मसान्त र असार १ का दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।