आजदेखि पनौती हिले जात्रा सुरु
काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ ।
पाका कलाकारका चित्र एकसाथ प्रदर्शनी
दुई दर्जनभन्दा बढी वरिष्ठ कलाकारका चित्र ए साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स स् अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।
सङ्कटमा तानसेनका सम्पदा
सेनकालीन कला, संस्कृति र इतिहास बोकेको पाल्पाको तानसेनको ऐतिहासिक र सांस्कृतिक सम्पदा खस्कँदो अवस्थामा रहेको छ । यसको संरक्षणमा सम्बद्ध पक्षको खासै चासो पुग्न सकेको छैन । तानसेनको ऐतिहासिकता, कला र सांस्कृतिक सम्पदाको दुईहप्ते अध्ययनपछिको प्रारम्भिक निष्कर्षमा यस्तो तथ्य सार्वजनिक भएको हो । काठमाडौँ इन्जिनियरिङ कलेजका विद्यार्थी तथा प्राध्यापकको टोलीले तानसेनको दुईहप्ते अध्ययन र अवलोकन गरेको छ । कलेजका ४६ जना विद्यार्थी र चार जना प्राध्यापकको टोलीले तानसेनका ऐतिहासिक तथा सांस्कृतिक अध्ययन र अवलोकन गरेका थिए । सोसम्बन्धी प्रतिवेदन तयार पारी तानसेन नगरपालिकालाई बुझाइने जनाइएको छ ।
गोसाइँकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढे
यस वर्ष गोसाइँकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गङ्गा दशहरा स्नान गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
चौध सय वर्ष पुरानो रथ जुधाउने पनौती जात्रा
ऐतिहासिक पनौती नगरमा एक हजार ४२० वर्षदेखि मनाइँदै आएको हिलेजात्रामा स्थानीयवासी सामेल हुनैपर्ने परम्परा छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि पनौतीमा खेतको काम थाल्ने गरिन्छ । स्थानीय बुढापाकाको भनाइमा हिलेजात्रामा सामेल हुनैपर्ने मान्यता यहाँ छ । ‘ज्येष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने जनविश्वास छ । त्रयोदशीको तीन दिनअघि पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वरी र ब्रह्मायणी मातालाई मन्दिरको आसनबाट केही तल सारेपछि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ । विशेष रूपमा यस वर्ष असार ६ गते अर्थात् बिहीबारदेखि शुक्रबारसम्म धुमधामसाथ जात्रा मनाइन्छ ।
नौमती बाजा बजाएर प्रशंसा बटुल्दै महिला (भिडियोसहित)
महिलाले बाजा बजायो भने जुँगा आउँछ’ पहिलो पटक बाँसुरी बजाउने प्रयास गर्दा कमला परियारका बुवाले रोक्दै भन्नुभएको थियो । महिलाले बाजा बजाउन त परै जाओस् छोए पनि पाप लाग्छ भन्ने अन्धविश्वासको कारण कमलाले बाँसुरी बजाउँदा बजाउँदै रोकिनुभयो ।
बाँकेमा धुमधामका साथ मनाइयो बकर इद
इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ सोमबार मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।
हनुमानढोका दरबार क्षेत्रको मर्मत हुने
काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रको मर्मतसँगै ढुङ्गा छाप्ने भएको छ । महानगरले उक्त क्षेत्रसँगै वसन्तपुर डबलीमा इँटा बिछ्याउने भएको छ ।
मनाइयो बकर इद (फोटो फिचर)
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) आज देशभर मनाइँदैछ । बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्मअनुसार यो पर्वलाई शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद ९इद उल अजहा०’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बकर इद पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायमः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर इद मनाइँदै: सरकारद्वारा सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै वाग्द्वार
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रूपमा विकास हुन थालेको छ ।
प्रधानमन्त्रीलाई किसानको ज्ञापनपत्र
नेपाल किसान महासङ्घले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ ।
ब्रह्माण्डीय महायज्ञमा १२ करोड सङ्कलन
गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख रुपियाँ सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिले गत फागुन ९ गतेदेखि २३ गतेसम्म सञ्चालित ब्रह्माण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
गङ्गा दशहरामा दशरथ तलाउमा स्नान गर्नेको घुँइचो
गंगा दशहराको अवसरमा जनकपुरधाम उपमहानगरपालिकास्थित दशरथ तलाउ (पोखरी) मा बिहानैदेखि स्नान गर्ने तिर्थालु भक्तजनहरुको घुँइचो लागेको छ ।
धिमाल पर्वमा बिदा
पश्चिम झापा र पूर्वी मोरङमा बस्दै आएका अल्पसङ्ख्यक धिमाल समुदायको जातिरी÷जात्रि पर्वको समापनका अवसरमा आज (असार २ गते) कोशी प्रदेशका पाँच पालिकाले सार्वजनिक विदा दिएका छन् ।
धिमालले मनाए दुईमहिने पर्व
झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी धिमाल जातिले दुई महिनासम्म मनाउने जातिरी तथा सिरिजात पर्व समापन हुँदै छ । धिमाल समुदायले आफ्नो बसोबास रहेको हरेक गाउँटोलमा पुगेर वर्षको एक पटक सामूहिक रूपमा सिरिजात पूजा गर्ने गर्दछन् । वैशाख २ देखि सुरु भएको यो पर्व आइतबार समापन हुँदै छ । प्रत्येक दिन भिन्नाभिन्नै ठाउँमा पूजाआजा र मेला लाग्दै आएको थियो । धिमाल जातिले गाउँपूजालाई पुर्खाहरू जङ्गलको वातावरणमा बस्दा भोग्नु परेको चुनौतीबाट बच्न सुरु गरेको परम्परा मान्ने गरेका छन् । परिवारको स्वास्थ्य र खेतीपाती राम्रो होस्, बाढीपहिरो नआओस्, गाईवस्तुलाई रोग नलागोस् र महामारी नलागोस् भनेर गाउँपूजा गरिने गरेको धिमाल अगुवाहरू बताउँछन् ।
शक्ति फुटमा नभई एकतामा छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले थारु समुदायको शक्ति नै थारु एकता भएकाले फुटेर होइन, जुटेर काम गर्न सुझाव दिनुभएको छ ।
थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताउनुभएको छ ।
मगर समुदायले मनायो भूम्या (फोटो फिचर)
काठमाडौँ, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व शनिबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले मनाउने गर्दछ । नेपाल मगर सङ्घले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरेको हो । मगर समुदायले प्राकृतिक प्रकोप नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन् ।स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ । पश्चिम नेपालको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ, बागलुङ र म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाउँछन् । पछिल्लो समय बसाइसराइको क्रम बढेपछि दाङ, काठमाडौँलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाका बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुसीयाली मनाइन्छ ।भूमे पूजामा मार (भेडा, बोका, कुखुरा, सुँगुर) मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पिर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने यो पर्व काठमाडौँमा भने असार ३ गतेसम्म मनाइन्छ ।
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
संस्कृतिलाई जोड्दै कास्कीको गुरुङ सम्पदा पदमार्ग
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ ।