एकमहिने गुँला सुरु
बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने एकमहिने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्व मनाइन्छ । सो पर्वको समयमा परम्परागत बाजागाजासाथ बौद्ध चैत्यस्थलको परिक्रमा र दर्शन गरिन्छ ।
३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले पत्रकार सम्मेलन गरी अगस्ट ९ तारिख (साउन २५ गते) ३० औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिएको हो ।
त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन
त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ ।
एक महिने गुँला पर्व सुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व सोमवारदेखि सुरु भएको छ ।
साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी
रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो (फोटो फिचर)
मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
राष्ट्रपति पौडेलद्वारा भोटो जात्राको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ। ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा उपस्थित भएर राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएको हो।
लाखेनाचको रौनक
दोलखाको सदरमुकाम चरीकोट बजारको चोक र सडकमा यतिखेर लाखेनाच प्रदर्शन सुरु भएको छ । प्रत्येक दिनको साँझपख प्रदर्शन गरिने लाखेनाच हेर्न बालबालिका, ज्येष्ठजन, युवालगायत भेला हुँदा चरीकोट बजारमा रौनक देखिने गरेको छ । नेवार समुदायका युवाले २०१५/१६ सालबाट चरीकोटमा सुरु गरेको लाखेनाच प्रदर्शनलाई अहिले लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो । कृष्ण जन्माष्टमिको भोलिपल्टसम्म लगातार प्रदर्शन गरिने लाखेनाचले सांस्कृतिक किंवदन्तीलाई जीवन्त राख्न र सांस्कृतिक परम्परासहित बजारमा रौनक ल्याउन क्लबले लाखेनाच प्रदर्शनलाई निरन्तरता दिएको उहाँको कथन रहेको छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिन्धुलीको दुम्जा शक्ति पीठ
सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा अवस्थित प्राचीन मन्दिर आदिलिंगेश्वर महादेवको मन्दिर प्रवेश गर्नुभन्दा अगाडी बायाँतर्फ निकै नै आकर्षक शिखर शैलीको सौर्य मण्डलीय शक्तिपिठ मन्दिर रहेको छ।
हरियो साउन (निबन्ध)
निरन्तर चलायमान भइरहने जीवन, त्यसैप्रतिको अगाध आस्थाको चौतारी हो, हरियो साउन । जस्तै हुरीबतास र झञ्झावातमा पनि अविचलित अभेद्य आत्मविश्वासको प्रतिविम्ब हो हरियो साउन । वर्षभरि घुम्दैफिर्दै आउनेमध्ये सबैभन्दा गर्विलो रसिलो, बहारिलो महिना हुनु साउनको साख । हरियालीको लाली भरेर मैलो मनभित्रका कुण्ठा, क्लेश कल्मष एकैसाथ पखालौँ भन्ने अभ्यर्थनाको अभिधेय हो साउन । पृथ्वीलाई बचाउने सञ्जीवनी लिएर पाखाभित्ता र खोलाकिनारका जरुवामा मूल फुटिरहूँ, बीज बनेर खेत बारीमा सधैँ उम्रिरहूँ, पोथ्रा बुटाहरूमा पालुवा पलाएर आकाश छुन माथिमाथि बढौँ, बढीरहूँ भन्ने सङ्कल्प साधनाको तथास्तु अभिषेक पनि हो साउन । सधैँ दूरदूर फैलिरहूँ सधैँ क्षीतिजभरि मौलाइरहूँ सधैँ अजरअमर बनेर तीन लोक चौध भुवनमा हाँगा, पालुवा लर्किरहूँ भन्छ यसले । खोला खोल्सादेखि कालीगण्डकी र कोशीमा उर्लिएर प्रवाहित हुँदै भरिलो बैँसमा पोखिने साउन अनि फोहोरका डङ्गुरलाई गाउँसहरबाट लफन्ड्या
जलेश्वर महादेवको महात्म्य
पौराणिककालको मिथिला अथवा विदेह राज्यको राजधानी भनेर जनकपुरधामको परिचय दिने गरिन्छ । यस राज्यका जनकवंशी राजाहरूमध्ये शिरध्वज जनक महाराज सबैभन्दा चर्चित रहेकाले अहिलेसम्म उहाँको गुणगान हुने गर्छ । जानकी वा सीताका पालनहार राजा जनकको मन्दिर जनकपुरधाममा छ । हुन त यो मन्दिरभन्दा बढी चर्चा र पर्यटकको रोजाइमा जानकी र राममन्दिर पर्छन् । जनकपुरधाम पुग्ने प्रायः पर्यटक तथा धार्मिक भ्रमणमा रहेका व्यक्ति जलेश्वर, मटिहानी र रतवारा भ्रमण गर्न चुक्छन् । यो ठाउँ जनकपुरबाट १५ किलोमिटर मात्र टाढा छ । आरामदायी चारचक्के साना सवारीसाधनदेखि टुकटुके, ट्याम्पोबाट मात्र नभई सार्वजनिक यातायातबाट समेत यी ठाउँको भ्रमण गर्न सकिन्छ । यस क्षेत्रभित्र साउन महिनामा घुम्दा शिवमय अर्थात् हरेक ठाउँका शिवालय सोमबारका दिन श्रद्धालुले भरिभराउ भेटिन्छन् ।
रातो मत्स्येन्द्रनाथ केही रोचक प्रसङ्ग
रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक वन्धुदत्तले कामरुकामाक्षबाट ल्याएका थिए । प्रथम पटक मत्स्येन्द्रनाथको हंसलाई कलशमा राखी ल्याउँदा कामरुकामाक्षका तान्त्रिकले त्यहाँका जनतालाई साथमा लिई आएर बिच बाटोमै हमला गरी कलश लुटेर लगे । त्यसपछि दोस्रो पटक तान्त्रिक वन्धुदत्तले कटुवाल दहको छेउमा बसी अष्टमातृकाको साधना गरी पाँच भैरव ह्यग्रिव भैरव, श्वेत भैरव, संहार भैरव, क्रोध भैरव र चन्द्र भैरवलाई आह्वान गरी साथमा लिई यक्ष राजा र यक्ष रानीलाई वशमा पारेर राक्षसहरूसँग युद्ध गरी दलबलसहित भैरवहरूले बोकेर ल्याएका थिए ।
टोलटोलमा घुमाएर मारियो राक्षसको प्रतीक घण्टाकर्ण
प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व शुक्रबार भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।
लिम्बू सभ्यतामा चोलुङ पार्क
प्रकृति पूजकका रूपमा चिनिएका लिम्बू समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुङ्गाको विशेषता र प्रयोग हुन्छ । जन्म, विवाह र मृत्यु जस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ ।
घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार राजधानीमा मनाइँदै छ ।
पाटन दरबारक्षेत्र
सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचिमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबारक्षेत्रको सुन्दर दृश्य ।
हुम्लाका परम्परागत घर लोप हुँदै
जिल्लाका अधिकांश गाउँका घरहरू परम्परागत रूपमै माटोले छापेका थिए तर हिजोआज यी घरहरू लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलमा
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुराइएकाे छ । हरेक वर्ष रातो मच्छिन्द्रको रथलाई जावलाखेलको ललितमण्डपमा पु¥याएको चार दिनपछि भोटो देखाइन्छ ।
मिथिलामा मधुश्रावणी पर्वको रौनक
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन् ।
मिथिला संस्कार र संस्कृतिलाई जीवन्त राख्ने पर्व ‘मधुश्रावनी’
मिथिला क्षेत्रको अन्य पर्वझै ‘मधुश्रावनी’ पर्व पनि एक महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ । यस पर्वले मिथिला क्षेत्रको संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ । विवाहित महिलालाई जिउने तरिका सिकाउँछ यस पर्वले ।
२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच
मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।
आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा
नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।