• २० साउन २०८१, आइतबार

राष्ट्रपतिसहित संवैधानिक अंगका प्रमुखले गर्नुभयो अवलोकन

रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो (फोटो फिचर)

blog

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाउँनुहुँदै गुठी संस्थानका पदाधिकारी । तस्बिरः मनोजरत्न शाही

ललितपुर, साउन २० गते । आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ। मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । 

अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ अधिकारीको सहभागिता थियो। 

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणि जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिले टिका, प्रसाद ग्रहण गर्नुभएको थियो । 







Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।