• १० भदौ २०८१, सोमबार

बुढानीलकण्ठमा श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)

blog

बुढानीलकण्ठस्थित श्रीश्री राधागोविन्दहरि मन्दिर श्रीकृष्ण जन्माष्टमी अवसरमा आयोजना गरिएको कार्यक्रम । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, भदौ १० गते । श्रीकृष्ण जन्माष्टमी अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले नेपाली संस्कारको महत्त्व संसारभरि आवश्यक रहेको भन्दै कृष्ण जन्मोत्सव मनाएको छ । 

सोमबार बुढानीलकण्ठस्थित श्रीश्री राधागोविन्दहरि मन्दिरमा श्रीकृष्ण जन्माष्टमी महोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा इस्कोनका अध्यक्ष सपिन रेग्मीले यसको पूर्तिका लागि श्रीकृष्ण जन्माष्टमीले एक अर्को पाइला चालेको औँल्याउनु भयो ।

श्रीकृष्ण जन्माष्टमीमा विश्व प्रख्यात गुरुद्वय श्रद्धेय स्वामी पत्रीदास एवम् श्रद्धेय रुपेश्वर गौर दासद्वारा युवा वर्गमाझ आध्यात्मिक तथा सांस्कृतिक जागरणका निमित्त विशेष प्रवचन आयोजना गरिएको थियो ।

महोत्वसमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री मानविर राई, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सिँचाइमन्त्री दिपक खड्का, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर भागवतको दर्शन, आरती र अभिषेकमा सहभागी हुनु भएको थियो ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।