भैरवनाथ मन्दिरमा चढाइन्छ हजारौं रोटी
पाल्पा–पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै ९ किलोमिटरको दूरीमा अवस्थित छ, भैरवनाथको मन्दिर । यस मन्दिर रिब्दिकोट गाउँपालिकाको पर्यटकिय र धार्मिक दृष्टिकोणले समेत प्रख्यात छ । रिब्दीकोट गाउँपालिका–१ मा रहेको भैरव मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् । जसले गर्दा रिब्दिकोट गाउँपालिका धेरैले चिन्ने गरेका छन् ।
थारू महिलाको जितिया आजदेखि
तराईका आदिवासी थारू समुदायका महिलाको प्रमुख पर्व जितिया आजदेखि सुरु भएको छ । सन्तानको दीर्घायु, सुख समृद्धिको मनोकामना गर्दै मनाइने यस पर्वमा थारु महिलालगायत अन्य समुदायले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजागरी जितिया सुरु गरेका हुन्।
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ ।
जीविका चलाउने माध्यम ‘सारङ्गी’
जमिनको नाममा ४–५ कट्ठा ऐलानी भए पनि राम्रो उब्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै सीप छ । त्यसैले गन्धर्वहरुको जीविका चलाउने माध्यम सारङ्गी बन्ने गरेको छ ।
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा [नुहाएर खानु] गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
काठमाडौं उपत्यकामा जितिया महोत्सवको तयारी
थारू महिलाको प्रमु्ख पर्व जितियाको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने महिलाले ‘जितिया महोत्सव २०८१’ आयोजना गर्ने तयारी गरेका छन् । महोत्सवको उदघाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने आयोजकको भनाइ छ ।
पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण सुरु
तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो ।
महिलाले रथ तानेर मनाइँदै नानीचाः या (फोटो फिचर)
काठमाडौं, असोज ५ गते । येँया (इन्द्रजात्रा) को अन्तिम दिन महिलाबाट जीवित देव देवी गणेश भैरब तथा कुमारीको रथ तानेर मनाइरहेका छन् । पुरुष सहभागी जात्रालुहरुले मात्र तानिने रथजात्रा पछिल्लो केही वर्षदेखि येँया (इन्द्रजात्रा) को पछिल्लो दिन नानीचा याःको दिनमा महिलाले रथ तानिने दिन छुटयाएर जात्राको अन्तिम दिनमा रथ तान्ने चलन सुरु गरिएको हो । अन्तिम दिन वसन्तपुरदेखि प्याफल, यटखा, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका बाट रथ पुनः वसन्तपुर ल्याइन्छ । गत द्वादशीको दिन इन्द्रजोत्थान गरे पश्चात विधिवत रुपमा सुरु भएको यो जात्रा आज राति १०ः३१ को शुभसाइतमा इन्द्रध्वजोपात पछि बागमतीमा लगि सेलाएपछि सप्ताहव्यापी येँया (इन्द्रजात्रा) को समापन हुन्छ ।
यस्तो छ बडादशैंको शुभसाइत
वि.सं. २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ ।
कठरिया थारु समुदायको पितृपाख सुरु
कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ ।
सिद्वपोखरी प्राचीन इन्द्रदह
भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल सिद्वपोखरी (प्राचीन इन्द्रदह) । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ ।
श्वेत भैरवको प्रसाद ग्रहणमा महिला
काठमाडौँ, असोज ४ गते । बिहीबार साँझ श्वेत भैरवको अगाडि महिलाहरूको भीड बाक्लै थियो । विशेष गरी श्वेत भैरव (हाथुद्यः) को मुखबाट निस्कने प्रसाद (छयाँङ) ग्रहणका लागि ठुलो सङ्ख्यामा महिला उपस्थित भएका थिए । जसलाई स्थानीय भाषाबाट हाथु हायेकेगु भनिन्छ । पहिला झन्डै एक दशक अगाडि सम्म इन्द्रजात्राको अवसरमा खुवाइने यो प्रसाद ग्रहणमा महिलाहरू सहभागी गराइँदैन थियो । तर अहिले विशेष गरेर इन्द्रजात्राको पाँचौँ दिन महिलाहरुलागि भनेर छुट्टाइ प्रसाद खुवाउँदै गरिँदै आएको छ ।
वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा
साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो ।
माथिल्लो टोल थःने या सम्पन्न (फोटो फिचर)
काठमाडौँमा जारी रहेको इन्द्रजात्रा येँया को चौथो दिन पूर्णिमाको दिन पनि रथजात्रा हर्षोल्लासका साथ मनाइयो । यो दिनमा नेवार समुदायले विशेष गरेर समयबजि खाने दिनको रूपमा लिने गरेको छ ।
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको छ ।
भाषा, संस्कृतिको संरक्षणमा जुटौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो भाषा, संस्कृति, रहनसहन र भेषभुषा संरक्षण गर्न आफैँ एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।
दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्त्व बोकेको दहचोकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।
तल्लो टोल क्वनेया सम्पन्न (फोटो फिचर)
येँया (इन्द्रजात्रा) को रथजात्राको पहिलो दिन हिजो (मङ्गलबार) राति तल्लो टोल क्वने याः सम्पन्न भयो ।
आजदेखि सोह्र श्राद्ध सुरु (फोटो फिचर)
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
महिलालाई मन्दिर प्रवेशमा रोक
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ ।
इन्द्रजात्राको रौनक (फोटो फिचर)
भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा (येँया) को आज मुख्य दिन हो ।
राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक इन्द्रजात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको हो ।
यसरी पुजियो सवारी साधन (फाेटो फिचर)
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गर्ने र कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ।
मिथिलामा आज एकैदिन दुई पर्व मनाइँँदै
महोत्तरी, असोज १ गते । मधेस प्रदेशका मिथिला क्षेत्रमा आज एकसाथ दुई पर्व मनाइँदैछ । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजा र चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन मनाइने अनन्त चतुर्दशी पर्व आज एकैदिन परेको हो ।हिन्दू परम्परामा विश्वकर्मा ज्यावलका देवता मानिन्छन् । पर्वका अवसरमा ससाना मेसिनरी सामानदेखि ठुल्ठूला यान्त्रिक उपकरणका धनीले विश्वकर्मा देवताको पूजाआराधना गर्ने परम्परा छ । यस अवसरमा कैयन् ठाउँमा मेला आयोजना गरी नाचगानसहित सांस्कृतिक उत्सव गरिन्छ । आज मेसिनरी पार्टपुर्जाका व्यापारिक प्रतिष्ठानमा कामदारलाई मिष्ठान्न भोजन गराउने, लाभांश दिने र तलब वृद्धि गरिदिने चलन छ ।आजको दिन मेसिनरी पार्टस्, यान्त्रिक उपकरण र कृषि ज्यावल धोइपखाली तिनको पूजा गर्ने चलन छ । आज विश्वकर्मा देवताको पूजाआराधना गर्दा ज्यावल बढी टिकाउ हुने, राम्रो कमाइ दिने र कारोबारमा सफलता मिल्ने विश्वास गरिन्छ ।त्यसैगरी भदौ शुक्लपक्षको चतुर्दशीका दिन मनाइने मैथिल परम्पराको अनन्त चतुर्दशी पर्व पनि आजै परेको छ । यस दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल समुदायले अनन्त चतुर्दशी पर्व मनाउँदैछन् । गुरु, पुरोहितले शास्त्रोक्त विधिले अभिमन्त्रित गरेका डोरा (धागो) बाँध्दै मिथिलामा अनन्त चतुर्दशी पर्व मनाइरहेका छन् ।भगवान् विष्णुको रूप मानिने अनन्त भगवानकाे पूजाआराधना गरी प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ । पर्वविशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सूत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ । अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ ।यस पर्वमा एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्ष चतुर्दशीका दिन बिहान अनन्त भगवानकाे पूजाआराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्तडोरा’ बाँधेपछि यो पर्व सम्पन्न गरिने मिथिला परम्परा छ । पुरोहितको हातबाट बाँधिएको ‘अनन्तडोरा’ले आपत् विपत्तिबाट रक्षा गर्ने, आरोग्य र सुख, समृद्धि प्राप्त हुने मैथिल जनविश्वास रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।आजै चतुर्दशी तिथि सकिएर पूर्णिमा सुरु हुने भए पनि तिथिको भोगले भदौ पूर्णिमाका दिन मनाइने इन्द्र पूजनोत्सव भने भोलि बुधबार मनाइनेछ । हिन्दू परम्परामा इन्द्रलाई सहकालका देवता मानिन्छ । इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ । इन्द्र पूजनोत्सवका लागि महोत्तरीका बस्तीपिच्छे मूर्ति स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजना गरिएकाे छ । भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा पनि भन्ने गरिएको छ । रासस