कार्तिक कृष्ण त्रयोदशीः काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
थारु समुदायको मङ्ग्रहुवा नाच
भजनी, कात्तिक १३ गते । कैलालीको टीकापुरमा थारु समुदायको सांस्कृतिक मङ्ग्रहुवा नाच प्रस्तुत गरिँदै । पछिल्लो पुस्तामा यो नाच हस्तान्तरण हुन नसक्दा ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ ।
आज धनतेरसः सुनचाँदी किन्नेको भिड (फोटो फिचर)
आज कात्तिक द्वादशी अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलामलगायत धातुका नयाँ भाँडाकुँडा किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ ।
व्यापारभन्दा संस्कृति जोगाउन हुक्काहुक्कीको व्यापार
एक साता यतादेखि सडक पेटीमा लस्करै बसेर दर्जन बढी मानिस हुक्काहुक्की बेचिरहेको भेटिन्छ । उहाँहरूको यो व्यापार बढीमा एक साता अर्थात् दीपावलीका दिनसम्म मात्र चल्ने हो ।
छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ
छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।
दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र
दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो ।
भाइटीकाको साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग
देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरुको भिड छ ।
सिस्नुपानीको देउसी–भैलो हास्यव्यङ्ग्य कार्यक्रम
कला, संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने हेतुले सिस्नुपानी नेपाल मकवानपुरले देउसी–भैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । सामाजिक विकृति, विसङ्गति, वर्तमान समाजको वेतिथीलाई देउसी–भैलोमार्फत व्यङ्ग्य गरिएको हो ।
सँगिनी नाच ब्युताउँदै महिला
गाउँघरमा आधुनिक मनोरञ्जन साधनको पहुँच नभएको समयमा बालन र सँगिनीको हाई–हाई थियो । मान्छे टाढा टाढाबाट बालन र सङ्गीनी हेर्न कार्यक्रम स्थलसम्म पुग्थे । त्यही बालन र सङ्गीनी अहिले एकादेशको कथाजस्तो भएको छ ।
सांस्कृतिक रुझानको ‘लाखे आजु’
राजधानीको नेवाः समुदायमा लाखेलाई सांस्कृतिक नृत्यका रूपमा लिइन्छ । इन्द्रजात्राका बेला राजधानीमा लाखे नचाइन्छ ।
घडीअर्वा पोखरीमा छठको तयारी
छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जको घडीअर्वा पोखरी सजाइँदै। छठ पूजा व्यवस्थापन समितिले घडीअर्वा पोखरीमा छठको पण्डाल, झिलिमिली र झकिझकाउ सजावटको काम थालेको छ ।
सांस्कृतिक पर्व तिहार
नेपालमा वैदिक सनातन वर्णाश्रम धर्मका अनुयायीले वर्षभरि धेरै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउने गर्छन् ।
दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारण घरमा रङरोगन गर्ने काममा व्यस्त छन् ।
गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय
नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको छ । उचित संरक्षणका लागि यहाँको भीरकोट नगरपालिका –७ मा फरक शैलीको सङग्रहालय सञ्चालन गरिएको हो ।
मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।
प्युठानमा भैरव नाच प्रदर्शन
अर्घाखाँचीको चर्चित भैरव नाच प्युठानमा देखाइएको छ । जिल्ला सदरमुकाम खलङ्गा र बिजुवारमा पहिलो पटक भैरव नाच प्रदर्शन गरिएको हो ।
मुक्तिनाथमा धार्मिक पर्यटक भरिभराउ (फोटो फिचर)
दसैँ सकिए लगत्तै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु भरिएका छन् ।
ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो ।
समितिलाई दुई दिनको मात्र भेटी
फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिरको भेटी पुजारीले लिने गरेका छन् । तालवाराहीमा सङ्कलित लाखौँ रुपियाँ भेटी अझै पनि पुजारीको पोल्टामा जाने गरेको छ ।
नेपाल संवत् ११४५ लाई भव्य रुपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
हिन्दु विवाहित महिलाले मनाए करवा चौथ पर्व
कपिलवस्तु सहित तराईका विभिन्न जिल्लामा हिन्दु धर्मावलम्बी विवाहित महिलाहरूले करवा चौथ पर्व मनाएका छन् ।
दलित समुदायलाई नौमती बाजा
नौमती बाजा संरक्षण गर्नका लागि जलजला गाउँपालिकाले ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ ।