• ९ मंसिर २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

blog

राष्ट्रपति रामचन्द्र पौडेल बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट भाइटीका ग्रहण गर्नुहुँदै ।

काठमाडौँ, कात्तिक १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट  ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो । 

उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गर्नुभयो । राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो  । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।  यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । रासस