रातो मत्स्येन्द्रनाथ केही रोचक प्रसङ्ग
रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक वन्धुदत्तले कामरुकामाक्षबाट ल्याएका थिए । प्रथम पटक मत्स्येन्द्रनाथको हंसलाई कलशमा राखी ल्याउँदा कामरुकामाक्षका तान्त्रिकले त्यहाँका जनतालाई साथमा लिई आएर बिच बाटोमै हमला गरी कलश लुटेर लगे । त्यसपछि दोस्रो पटक तान्त्रिक वन्धुदत्तले कटुवाल दहको छेउमा बसी अष्टमातृकाको साधना गरी पाँच भैरव ह्यग्रिव भैरव, श्वेत भैरव, संहार भैरव, क्रोध भैरव र चन्द्र भैरवलाई आह्वान गरी साथमा लिई यक्ष राजा र यक्ष रानीलाई वशमा पारेर राक्षसहरूसँग युद्ध गरी दलबलसहित भैरवहरूले बोकेर ल्याएका थिए ।
टोलटोलमा घुमाएर मारियो राक्षसको प्रतीक घण्टाकर्ण
प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व शुक्रबार भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।
लिम्बू सभ्यतामा चोलुङ पार्क
प्रकृति पूजकका रूपमा चिनिएका लिम्बू समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुङ्गाको विशेषता र प्रयोग हुन्छ । जन्म, विवाह र मृत्यु जस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ ।
घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार राजधानीमा मनाइँदै छ ।
पाटन दरबारक्षेत्र
सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचिमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबारक्षेत्रको सुन्दर दृश्य ।
हुम्लाका परम्परागत घर लोप हुँदै
जिल्लाका अधिकांश गाउँका घरहरू परम्परागत रूपमै माटोले छापेका थिए तर हिजोआज यी घरहरू लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलमा
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुराइएकाे छ । हरेक वर्ष रातो मच्छिन्द्रको रथलाई जावलाखेलको ललितमण्डपमा पु¥याएको चार दिनपछि भोटो देखाइन्छ ।
मिथिलामा मधुश्रावणी पर्वको रौनक
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन् ।
मिथिला संस्कार र संस्कृतिलाई जीवन्त राख्ने पर्व ‘मधुश्रावनी’
मिथिला क्षेत्रको अन्य पर्वझै ‘मधुश्रावनी’ पर्व पनि एक महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ । यस पर्वले मिथिला क्षेत्रको संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ । विवाहित महिलालाई जिउने तरिका सिकाउँछ यस पर्वले ।
२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच
मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।
आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा
नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।
मत्स्येन्द्रनाथकी प्रेमिकालाई फूलप्रसाद
रातो मत्स्येन्द्रनाथ (करुणामय) को पानेजु (पुजारी) ले सोमबार कीर्तिपुरकी याकः मिसालाई फूलप्रसाद चढाउनुभएको छ । कीर्तिपुरका ७३ वर्षीय लक्ष्मीकुमारी महर्जन (याकः मिसा) लाई मत्स्येन्द्रनाथको फूलप्रसाद चढाउनुभएको हो । अविवाहित महर्जनलाई याकः मिसा एवं कन्या कुमारी मानेर उक्त प्रसाद चढाइएको हो ।
आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन
कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।
३० औँ विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थासँग छलफल
३० औँ विश्व आदिवासी दिवस मनाइने भएको छ ।
काभ्रेको श्वेत भैरव मन्दिर
काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत भैरवको मन्दिर। बनेपा बजारदेखि पनौती जाँदा करिब २ किलाेमिटरको दुरीमा, सडकको बायाँतर्फ अर्थात् खोलाको पारी उच्च स्थानमा अवस्थित रहेको छ प्रख्यात एवं प्राचीन श्वेत भैरवको मन्दिर।
कुुलुङ संस्कार र अल्लो
एक हजार दुई सय मिटरदेखि तीन हजार मिटरको उचाइमा पाइने अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ लाई अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ भनिन्छ भने कुलुङ जातिले चाहिँ आफ्नो मातृभाषामा ‘जा–खिल्ल/जाखिल्मा’ भन्ने गर्छ
राना समुदायमा ‘सावनको डोला’को रौनक
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाहरूको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ ।
नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताउनुभएको छ ।
विपतकाे जोखिम रोक्ने मौलिक संस्कृति ओझेलमा
सुदूरपश्चिममा वर्षा ऋतुका बेला अपनाइने कतिपय चालचलन र मौलिक संस्कृतिले प्राकृतिक विपत् रोक्न सहयोग पु-याउँदै आएको छ । साउनमा घर लिपपोत गर्न माटो
पोतेले रङ्गिएको बजार (फोटो फिचर)
साउन महिनामा विशेषगरी हिन्दु धर्मावलम्बी महिलाले हरियो चुरा, पोतेलगायतका शृङ्गारका सामग्री लगाउने परम्परा छ । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी, चुरा र पोते हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल
साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।
गलेश्वरमा तीन लाख ७२ हजार भेटी सङ्कलन
गलेश्वरधाममा तीन लाख ७२ हजार रुपियाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ ।