सिद्धरत्ननाथ-देवीपाटन महायात्रा सुरु
नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० आजदेखि सुरु भएको छ ।
चतराधाममा ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला
सुनसरीको चतराधाममा एकमहिने ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला लाग्ने भएको छ । सो मेला चैत २७ देखि वैशाख २८ सम्म वराहक्षेत्र नगरपालिकामा लाग्ने छ । तिथि अनुसार चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म सो मेला लाग्ने छ । ‘मेरो देशको तीर्थ, मेरो देशको सान : सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने मूल नाराका साथ उक्त मेलाको आयोजना गर्न लागिएको हो ।
पोखरामा आगामी सातादेखि महोत्सव
‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ ।
चैत २७ देखि चतराधाममा महाकुम्भ हुने
वराहक्षेत्र नगरपालिका-१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।
बाह्रबर्से सिकाली जात्रा काठमाडौँमा ल्याइने
सम्पूर्ण मानव जगत्को कल्याण, समृद्धिको कामना गर्दै सिकाली जात्रा १२ बर्से नाच आयोजना गरिने भएको छ । सिकाली जात्रा व्यवस्थापन तथा समन्वय समितिद्वारा मङ्गलबार आयोजित कार्यक्रममा खोकनाको सिकालीमा हरेक वर्ष नाचिने देवगण नाच १२ वर्षको अन्तरालमा ललितपुर, काठमाडौँ, कीर्तिपुरलगायतका क्षेत्रमा देखाउने परम्परा अनुसार यही बिहीबार राजधानीमा सिकाली अजिमा नृत्यको आयोजना गरिने जानकारी दिइयो ।
दुः दुः च्याँ च्याँ जात्रा सुरु
पशुपतिनाथमा मनाइने धार्मिक महत्वको दुः दुः च्याँ च्याँ जात्रा मङ्गलबारदेखि सुरु भएको छ । यस जात्रामा घोडेजात्राका दिन हुने पशुपतिनाथ र वत्सलेश्वरी देवीको जात्रा हेर्न आउनु भनी देवीदेवता र भक्तजनलाई निम्ता गर्ने प्रचलन छ । हरेक वर्ष चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्ने गर्दछ । दुः दुः च्याँ च्याँ जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने भाषा वंशावलीमा राजा भूपलेन्द्र मल्लको पालादेखि परम्परा रहेको पशुपति विकास कोषले जनाएको छ ।
‘आठ दिन, नौ रातसम्म चल्ने बिस्काः’
ऐतिहासिक महत्व बोकेको भक्तपुरमा बिस्काः जात्राको रथ निर्माण गर्ने काम द्रुत गतिमा भइरहेको छ । तान्त्रिक विधि अनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो भैरव र भद्रकालीको रथ निर्माण कार्यमा स्थानीय बासिन्दाको सहभागिता जुटेको छ । भक्तपुरको टौमढीस्थित ङातापोल्हँ अर्थात् पाँचतल्ले मन्दिरअगाडि बिस्काः जात्राका लागि भैरवनाथको रथ निर्माणमा जुटिरहेका छन् । तीनतले प्यागोडा शैलीमा रथ निर्माण गरिने नाइके प्रेमलाल शिल्पकारले जानकारी दिनुभयो । उहाँले करिब १० फिट अग्लो रथमा चार वटा पाङ्ग्रा निर्माण गरिने बताउनुभयो । आठ दिन, नौ रातसम्म चल्ने बिस्काः जात्राको महìवपूर्ण अङ्गका रूपमा भैरवनाथको रथलाई लिने गरिन्छ । नाइके शिल्पकारका अनुसार भैरवको बाहिरी ढाँचा तयार भइसकेको छ । जात्रा यही चैत २८ गते आयोजना हुने छ ।
नेपाल-भारत धार्मिक महायात्राको तयारी तीव्र
नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ-देवीपाटन महायात्रा-२०८० को तयारी तीव्र छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थित पाटेश्वरी मन्दिरसम्म हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक महायात्रालाई भव्य बनाउन दुवै देशमा तयारीलाई तीव्र बनाइएको हो ।
कौरा नाचको जर्गेना गर्न खुला कौरा प्रतियोगिता
कौरा नाच्न तथा गीत गाउन युवा पुस्तालाई सिकाउने र पुरानो संस्कृति जर्गेना गर्न तनहुँमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ ।