‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ।
‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ।
‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु
कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ। पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका कलाकृति राखिएको छ। एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगत्का शाश्वत पक्षलाई कलात्मक ढङ्गले उन्नुभएको छ। उहाँले आफ्नी दिवङ्गत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा कला प्रदर्शनी गरिएको बताउनुभयो।
‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु
कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ। पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका कलाकृति राखिएको छ। एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगत्का शाश्वत पक्षलाई कलात्मक ढङ्गले उन्नुभएको छ। उहाँले आफ्नी दिवङ्गत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा कला प्रदर्शनी गरिएको बताउनुभयो।
‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु
कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ। पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका कलाकृति राखिएको छ। एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगत्का शाश्वत पक्षलाई कलात्मक ढङ्गले उन्नुभएको छ। उहाँले आफ्नी दिवङ्गत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा कला प्रदर्शनी गरिएको बताउनुभयो।
‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु
कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ। पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका कलाकृति राखिएको छ। एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगत्का शाश्वत पक्षलाई कलात्मक ढङ्गले उन्नुभएको छ। उहाँले आफ्नी दिवङ्गत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा कला प्रदर्शनी गरिएको बताउनुभयो।
भूकम्प गएको साढे सात वर्षपछि पुनः निर्माण सुरु
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनः निर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ । राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो । भूकम्पले क्षति गरेको मन्दिर साढे सात वर्षपछि पुनः निर्माण गर्न लागिएकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
जातीय र लैङ्गिक विभेदविरुद्धको नाटक ‘२४ मा १२’
नाटक ‘२४ मा १२’ हामी सबैले देख्दै र भोग्दै आएको समयको कथा हो। नाटकमा दुईवटा पात्रको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गर्न खोजिएको छ। हाम्रो समाजमा रहेका जातीय विभेद, लैङ्गिक विभेदजस्ता कुराको सम्मिश्रण हो, नाटक। यी दुवै कुरालाई जरैदेखि निर्मूल पार्नुपर्छ भन्ने नाटकको मुख्य उद्देश्य हो। नाटकमा समयको मारमा परेका पात्रलाई चित्रण गर्न खोजिएको छ। समयको मारबाट ती पात्रले बाहिर निस्कन र समान अधिकारमा बाच्न के कस्ता सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा नाटकमा प्रस्ट्याउन खोजिएको छ।
कवि कैलाशकुमार पाण्डेयको ‘आकाश छुने रहर’ बजारमा
कवि कैलासकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ । गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाचौँ कृति हो ।
कृति ‘ऋतंभरा महाकाव्य’ लोकार्पण
राष्ट्रकवि माधवप्रसाद घिमिरेको बहुप्रतीक्षित कृति ‘ऋतंभरा महाकाव्य’ लोकार्पण भएको छ। साझा प्रकाशन, नेपाली शिक्षा परिषद्द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लेखककी धर्मपत्नी महाकाली घिमिरे र परिषद्का अध्यक्ष रमा शर्माले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो।
बङ्गलादेशी कलाकारको प्रदर्शनी
मिथिला यें आर्ट ग्यालरीमा बङ्गलादेशका ५० कलाकारको कला प्रदर्शनी सुरु भएको छ। बङ्गलादेशस्थित आर्टशाला केन्द्रमा आबद्ध कलाकारको समूहले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र कला तथा संस्कृति विभागको सहकार्यमा ठमेलस्थित आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो। प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारका साथै कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा ती कलाकारका साथै बेलायती कलाकार नौसिन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनिमीको कलासमेत राखिएको छ। बङ्गलादेशको होविगन्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिनुभयो। उहाँले कला प्रदर्शनीले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन टेवा पुग्ने बताउनुभयो।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु
काठमाडौं, असोज ६ गते । 'नेपाल मिथिला येँ आर्ट ग्यालरी'मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको सहकार्यमा तीन दिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो ।प्रदर्शनीमा नेपाल, बेलायत, बङ्गलादेश र डेनमार्कका गरी ५४ जना कलाकारले कोर्नुभएका कला प्रदर्शनीमा राखिएका छन् । तीमध्ये २ जना नेपाली कलाकार, १ जना बेलायतका कलाकार, ५० जना बंग्लादेश र डेनर्माकका १ जना कलाकार हुनुहुन्छ । प्रदर्शनीमा विभिन्न शैलीका 'वाटर कलर', 'एब्स्ट्रयाक्ट फम', 'कोलाज पेन्टिङ' लगायत फरक देशका कलाहरू राखिएका छन्। बंग्लादेशको ‘आर्टशाला’ ग्यालरीको नेपालमा यो पहिलो कला प्रदर्शनी हो । ‘आर्टशाला’ ग्यालरीसँग मिलेर कलालाई विश्वभरि चिनाउने नै यस कला प्रदर्शनीको उद्देश्य रहेको जिपी कोइराला फाउन्डेशन, आर्ट एन्ड कल्चरका संयोजक तथा मिथिला येँ ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जसरी नेपालमा विभिन्न देशका कलाकारहरूको कला प्रदर्शनमा राखिन्छ, त्यसरी नै बंग्लादेशमा पनि नेपाली कला प्रदर्शन गरिने तयारी हुँदै छ । “कला प्रदर्शनी भनेको आर्ट टु आर्ट एक्सचेन्ज गर्नको लागि हो र हामी कलामार्फत विभिन्न देशलाई जोड्छौँ,” यादव भन्नुहुन्छ, “कलाकारलाई कलामार्फत जोड्नका लागि यो प्रदर्शन गरिएको हो, कलाकारको कला प्रदर्शनीमार्फत विश्वसामु पुग्नु नै कलाकारको ठूलो उपलब्धि हो जसले कलाकारको कलामा थप ऊर्जा थप्ने काम गर्दछ ।”बंग्लादेशका कलाकार आशिष् अचारजी भन्नुहुन्छ, “नेपाल साँच्चिकै कलाकारका लागि घुम्नै पर्ने देश रहेछ । कला र कलाकारको देश हो नेपाल । नेपालका मन्दिरमा बनाइएका बुट्टाहरू लोभ लाग्दा छन् ।” विगत १७ वर्षदेखि सञ्चालनमा रहेको ’मिथिला येँ आर्ट ग्यालरी’मा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको उहाँको भनाइ छ ।प्रदर्शनीमा डेनमार्कका कलाकार सुसान हिर्नीसिनिमी, बङ्गलादेशका कलाकार सुभ्र तक्लुदेर, उत्तम कुमार शा चौधरी, सायद मोहम्मद सहादत हुसेन, रोमाना अख्तर, लिटोन सीर, एमडी.नाहु खानदाका, प्लोबोन चन्द्राशील, मिया होसेन हनाफी जिसु, रिजौल करिम लीउल, आशिष् अचारजी, प्रोसेनजीत अधिकारी, अजिजुल आक्यु, टेस्मिन जुइ, मोमिता दास, कनिका विद्या, मोहम्मद साहिन, सोजिव खन्दाकेर, आवाल,योउसा हुसेन, फरजाना हसन, कपिल रोवे, डा.सुजन सेन, ताहमिदा जहान, फातिमा टुई जन्नत, टोउहिद सिमुल लगायत कलाकारुहको कला राखिएका छन् ।
रङ्गकर्मी पोखरेललाई नाट्य सङ्गीत सम्मान
हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा २०७७ र २०७८ साल गरी दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा २०७७ सालको हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नूपुर भट्टाचार्य, हरिप्रसाद रिमाल नाट्य सङ्गीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य सङ्गीत सम्मानबाट रङ्गकर्मी सुनील पोखरेल र हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चार सेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँ सम्मानित हुनुभयो।
चारकोलद्वारा चित्र कोर्ने कलाकार बाबुराजा
नेपाली कला क्षेत्रमा चारकोलले चित्र कोरेर पहिचान बनाउनुभएका बाबुराजा द्यःला कलाकारबीच एकता एवं सद्भाव हुनुपर्नेमा जोड दिनुहुन्छ। चित्रकला सिक्न उचित वातावरण नपाए पनि आफ्नै रहर र मेहनतका भरमा यस क्षेत्रमा आउनुभएका कलाकार बाबुराजाले चित्र कोर्ने प्रयास गरेदेखि नै हालसम्म चारकोलको सहायताले मात्र चित्र बनाउँदै आउनुभएको छ। ललितपुर, लगनखेलको ततिटोलस्थित आफ्नै घरलाई हाल उहाँले कलामय बनाउनुभएको छ। त्यहाँ सञ्चालनमा छ, ‘बारा आर्ट ग्यालरी’ ।
फुर्का नाच संरक्षणमा महिला
सर्केगार्ड गाउँपालिका–६ को बराईगाउँमा महिलाले मात्र नाच्ने फुर्का नाचको संरक्षणमा महिलाहरू लागेका छन्। पछिल्लो पुस्ता सबै पढ्न लेख्न थालेपछि लोप हुने चिन्ता देखिएपछि महिला आफैँ यसको संरक्षणमा लागेका हुन्। स्थानीय जानकी ऐडीले जिल्लाका अन्यत्र गाउँमा महिलाले नाच्ने फुर्का नाचको संरक्षणमा गाउँका महिला जुटेका बताउनुभयो। उहाँले गाउँभरि पछिल्लो पुस्ताकी छोरीचेली सबै विद्यालय जान थालेपछि महिलाले नाच्ने फुर्का नाच हराउला भन्ने चिन्ताले यसको संरक्षणमा महिला आफैँ जुटेको बताउनुभयो।
सौन्दर्यको राज
दशैँसँग हामी सबै नेपालीको एकप्रकारको भावनात्मक सम्बन्ध छ। यसले हामीमा रौनक भर्ने काम गर्छ। दशैँमा कामकाजीको पनि लामो बिदा हुने भएकाले सबैलाई विशेष योजना बनाउने अवसर मिल्छ। महिलाहरू यो अवसरलाई लक्षित गर्दै विविध प्रकारका मेकअप गर्न रुचाउँछन्। कोही घरमै मेकअप गर्छन् भने कोही पार्लर धाउँछन्। सधैँभरि गरिने मेकअपबाहेक कन्सिलर, मेकअप करेक्टर, प्राइमर जस्ता सामग्री अहिलेका लागि नयाँ मानिन्छन्। यस्ता सामग्रीले जस्तोसुकै अनुहारलाई पनि चिटिक्क बनाउँछ। अहिले चलनमा आएका मेकअपमा मिनरल मेकअप, एअर ब्रस मेकअप, ब्राइडल मेकअप, करेक्टिभ मेकअप मुख्य छन्।
श्रेष्ठ र आचार्य सम्मानित
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित सम्मान गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहले सञ्चालन गरेको दक्षिण एसियाकै पहिलो रेडियो स्टेसन मेट्रो एफएमले नागरिकको सूसुचित हुन पाउने अधिकारको प्रत्याभूति दिलाएको बताउनुभयो । उहाँले विगत लामो समयदेखि अभिनय तथा लेखनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक मुद्दालाई नै सकारात्मक प्रभाव पार्न सफल नेपालीले अत्यन्त रुचाएका व्यक्तित्वहरू श्रेष्ठ र आचार्यलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।
सभ्य समाजका कुरूप चित्रण
वि.सं. २०५७ मा पहिलो कथासङ्ग्रह ‘आस्था’ पछि दोस्रो कथाकृति ‘ग्याब्रियले’ लिएर आउनु भएको छ हरिश कल्पित । कल्पित कथासँगै कविता र नियात्रामा पनि कलम चलाउनु हुन्छ । उहाँको मूल लेखन भने कथा नै हो । साहित्यसँगै कला र मोडलिङमा पनि उहाँको रुचि देखिन्छ । कर्मथलो परदेश बनाएर नेपाली साहित्यमा निरन्तर लागि रहनुभएका कल्पित समाजका सूक्ष्म पात्र परिवेशलाई कथामा बुन्न खप्पिस हुनुहुन्छ । उहाँलाई लाग्छ, हरेक मान्छे कथाको पात्र हो । जीवनका हरेक उहापोहका साक्षी कथाकारलाई सूक्ष्मतम विषयले पनि छुन्छ । कोमल हृदय भएका कथाकार कल्पित, मान्छेसँगै कथाका पात्रलाई पनि कुनै अन्याय पर्न दिनु हुन्न भन्ने धारणा स्पष्ट रहेको देखिन्छ । कर्मभूमि जापानमा सँगै काम गर्ने साथीको पीडालाई कथामा दुरुस्तै उतार्नु ग्याब्रियलेको विषेशता हो । त्यो जापानी समाजको सपाट चित्र यो कथाले बोकेको छ ।
विश्वकर्मा बाबाका मूर्तिको व्यापार
काठमाडौं, भदौ ३० गते । सिरहाका पुरन पण्डित करिब ३० वर्ष अगाडि रोजगारीको खोजीमा काठमाडौं आइपुग्नुभयो । ज्यामी काम गरेर दैनिकी चलाउन काठमाडौं पस्नुभएका पण्डितले पुर्खादेखिको मूर्ति बनाउने कलालाई व्यापारमा रूपान्तरण गर्नुभयो ।ज्यामी काम गर्दागर्दै एक दिन उहाँको साथीले विश्वकर्माको पूजाका लागि मूर्ति बनाइदिन अनुरोध गरे । उहाँले पुर्खाको पेसालाई सम्झँदै खुसी हुँदै मूर्ति बनाउनुभयो । गाउँमा जस्तो सहरमा मूर्ति बनाउने माटो र परालको जोहो गर्न उहाँलाई समस्या भयो । जब सबै कुरा जोहो गरेर मूर्ति बनाउनुभयो । त्यो सबैले मन पराए । भक्तपुरबाट आवश्यक माटो, परालजस्ता मूर्ति बनाउन आवश्यक कच्चा पदार्थ ल्याएर तीन वटा मूर्ति बनाउनुभयो । त्यो वर्ष उहाँका तीन वटै मूर्ति बिक्री भए । उहाँले बनाउनुभएका मूर्ति देखेर त्यसपछि मूर्तिको माग बढ्न हुन थाल्यो । उहाँले अर्को वर्ष विश्वकर्माका सात वटा मूर्ति बनाउनुभयो । तर, सोचे जस्तो ग्राहक भने आएनन् । बनाएका सबै मूर्ति बिक्री हुन अन्तिम समयसम्म कुर्नु पर्यो । तेस्रो वर्षमा आएर भने उहाँले बनाउनुभएका धेरै मूर्ति बिक्री भए । त्यो वर्ष ३७ मूर्ति बिक्री गरेर उहाँले राम्रो आम्दानी गर्नुभयो । बिस्तारै सहरको विस्तार हुनु र रोजगारका लागि तराईबाट उपत्यकामा आउनेको सङ्ख्या बढ्दै जाँदा मूर्तिको व्यापार बढेको उहाँको अनुभव छ । अहिले उहाँले ललितपुरको कुपण्डाेललगायत विभिन्न ठाउँमा मूर्तिको व्यापार गर्नुहुन्छ ।त्यसपछि उहाँले हरेक वर्ष २५/३० वटा मूर्ति थप बनाउँदै जानुभयो । अहिले उहाँसँग २२५ वटा मूर्ति छन् । एक सय बढी मूर्तिको अडर आइसकेको छ । मूर्तिका अतिरिक्त उहाँ पाला र माटाका भाडा बनाउनुहुन्छ । विश्वकर्माको पूजाका लागि एक सिजन मात्र विश्वकर्माको मूर्ति बिक्री हुने भएकाले उहाँले अन्य देवी देवतासँगै अडर अनुसारका मूर्ति बनाउनै आउनुभएको छ । पण्डितसँग गोरखापत्र अनलाइनका लागि केशब गुरुङ मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :
सय बाँचेकाको जीवनशैलीसम्बन्धी पुस्तक सार्वजनिक
युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ् हन्डरेड’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
गुलजार ए अदबद्वारा कवि सम्मेलन
बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ। उर्दु भाषा सँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उर्दु साहित्यकारद्वारा गठन गरिएको संस्थाले गत केही समययता निरन्तर उर्दु कवि सम्मेलन र बहुभाषिक कविगोष्ठीको आयोजना गर्दै आएको छ।
राजनीतिक घोचपेच नाटक ‘तन्त्र’
गाउँघरमा हुने राजनीतिको कथा हो नाटक ‘तन्त्र’ । शान्तिराम गाउँमा गाउँलेहरू बाटो खन्न व्यस्त छन् तर बाटोको काम कहिले सकिने हो, कसैलाई थाहा छैन। यसमा पनि राजनीति मिसिएको छ। मनबहादुर (रोमर्श राय ठकुरी) र धनबहादुर (लक्ष्मण केसी) मिल्ने साथी हुन्। दुवै एकअर्काका लागि ज्यानसमेत दिन तयार छन् तर उनीहरूले गर्ने राजनीतिको बाटो भने अलग छ। त्यही राजनीतिले गर्दा पछि दुवैबीच बोलचाल नै बन्द हुनेसम्मको अवस्था आउँछ। यी दुवैबीचको मित्रताको उतारचढावको कथा हो नाटक ‘तन्त्र’ ।
लेखक रामप्रकाश समथिङको निधन
राधा लुइटेलफिदिम, भदौ ३० गते । पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) को निधन भएको छ। उहाँको ५४ वर्षको उमेरमा झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा बिहीबार साँझ निधन भएको समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी दिनुभयो । बेघाका अनुसार सामान्य ज्वरो आएर फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका समथिङको स्वास्थ्यमा सुधार नआएपछि दुई दिन अघि झापाका लागि रेफर गरिएको थियो।उहाँको शरीरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। समथिङद्वारा लिखित राजनीति, साहित्य र उपन्याससँगै विभिन्न विधाका ५४ वटा पुस्तक प्रकाशित छन्। पछिल्लो पटक उहाँका स्थानीय तह निर्वाचन २०७९ र ओयामका जनप्रतिनिधि नामक पुस्तक प्रकाशन भएका छन्। यसअघि उहाँले २२ वटा पुस्तक एकैसाथ सार्वजनिक गर्नुभएको थियो।सामाजिक कार्यमा सक्रिय समथिङ ९ हजार ३ सय ९२ दिन निरन्तर दैनिकी लेख्दै आउनु भएको थियो। उहाँको संरक्षकत्वमा समथिङ फाउण्डेसन नामक संस्था दर्ता भएर सामाजिक र साहित्यिक गतिविधिमा सक्रिय छ।नेपाल पत्रकार महासङ्घका सदस्यसमेत रहनुभएका समथिङ मानव अधिकारको क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो।
डा. कोइरालाको पुस्तक ‘हृदय’ विमोचित
डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. भगवान कोइरालाले ‘ओपन हार्ट सर्जरी’ गर्नुभएका १३ वर्षीया एलिजा सन्त र एक वर्षीय सौरभजङ्ग केसीले पुस्तक विमोचन गरेका हुन्। डा. कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले कोइरालाको पुस्तकको विशेष संस्करण ल्याएको हो।