बृहत्तर नेपाली शब्दकोश लोकार्पण
चूडामणि गौतमद्वारा सम्पादित पुस्तक बृहत्तर नेपाली शब्दकोश लोकार्पण गरिएको छ। काठमाडौँस्थित नेपाल बार एसोसिएसनको प्राङ्गणमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले उक्त ग्रन्थ लोकार्पण गर्नुभएको हो। कार्यक्रममा पत्रकार तथा भाषाविज्ञ शरच्चन्द्र वस्ती, अधिवक्ता रामेश्वर राउत ‘मातृदास’, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती, डा. हरिराज भट्टराई, वरिष्ठ अधिवक्ता धु्रव श्रेष्ठ र कोशकार चूडामणि गौतमले पुस्तकमाथि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।
फिदिममा ‘सुश्री पारिजात’ को किताबी चर्चा
पाँचथरको फिदिममा लेखक गोविन्द गिरी प्रेरणाद्वारा लिखित पछिल्लो २७ औं कृति ‘सुश्री पारिजात’ को चर्चा गरिएको छ । नौली साहित्यिक विहान र कोर्काली अध्ययन केन्द्र पाँचथरद्वारा शुक्रबार आयोजित समीक्षा कार्यक्रममा प्रेरणाको किताबी चर्चा गरिएको हो ।
मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार
आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।
पद्मा–श्याम गोतामे स्रष्टा सम्मान प्रदान
वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान–२०७९’ वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । २१ हजार रुपियाँ राशिसहितको उक्त सम्मान पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।
सम्बन्ध सुधार्ने सङ्घर्ष ‘सेनाको चेली’
‘सेनाको चेली’ले मान्छेले नजानेर, थाहै नपाई विभिन्न गल्ती गरेको कुरालाई सुझाउँछ । मान्छे जीवनभर पश्चात्तापमा बाँच्नुपर्ने हुन्छ । वार्ता वा संवादले यस्तै समस्याको वास्तविकता उजागर गर्छ र हामीले आफ्नो सम्बन्ध र समयलाई बचाइराख्न सक्छौँ कि भन्ने कुरालाई लघु चलचित्र ‘सेनाको चेली’मार्फत प्रस्ट्याउन खोजिएको छ ।
ग्राफिक सञ्चार सार्वजनिक
कलाकार तथा कला शिक्षक अग्रज कार्टुनिष्ट अशोकमान सिंको ग्राफिक सञ्चार एक परिचय एवं संक्षिप्त इतिहास नामक पुस्तक सार्वजनिक भएको छ ।
नेपालमा उत्पादित विद्युत चीनले खरिद गर्नसक्छ: चिनियाँ कार्यवाहक राजदूत
चिनियाँ कार्यवाहक राजदूत वाङ सिङले नेपालमा उत्पादन भएका विद्युतलाई चीन सरकारले खरिद गर्न सक्ने बताउनुभएकाे छ ।
‘रङ्गपालिका’ शीर्षकमा कार्टुन प्रदर्शनी
विकेन्द्रीकरणको सन्देश बोकेको परेवा जसले उडाउँदै छ उसैले परेवालाई डोरीमा बाँधिरहेको छ । सङ्घीय सरकारको रबैयाप्रतिको कटाक्ष अविन श्रेष्ठको यस कार्टुनमा रहेको छ । स्थानीय सरकारले पुरापुर कार्यभार पाएको छ तर स्रोतको कमीले सामान जोख्ने भाँडो पूरै कार्यभारतर्फ झुकेको छ । कार्यभार र स्रोतको सन्तुलन मिल्न नसकेको अवस्थाप्रति कार्टुनिस्ट वासु क्षितिजको यो व्यङ्ग्य हो । त्यस्ता अनेकौँ कार्टुन जुन स्थानीय सरकारले गर्नुपर्ने काम र काम गर्ने दौरानमा भए गरेका विकृति विसङ्गतिमा केन्द्रित रहेका छन् ।
जाडो मौसममा कपालको हेरचाह
जाडो मौसममा छाला, अनुहार र स्वास्थ्यसँग कपालको हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ । मानिसको सुन्दरतामा कपालको महत्वपूर्ण भूमिका हुन्छ । कपाल नभएका कारण कति मान्छेमा आत्मबल हुँदैन भने कतिले लाज बेहोर्नुपरेको छ । त्यसैले कपालको हेरचाहमा पनि सबैले ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ । चिसो मौसममा सुक्खापन आउने, चाया पर्ने, कपाल टुक्रने प्रायः धेरैले झेल्दै आएको प्रमुख समस्या हो ।