• २२ वैशाख २०८१, शनिबार
blog

राति अबेर सुतेकाले रमेशलाई निन्द्रा राम्ररी परेन । छटपटी मात्र भइरहन्छ । निदाउन खोज्छ निदाउन सक्तैन । घडी हेर्दा ४ मात्र बजेको । कहिले झ्याल खोलेर हेर्छ त कहिले ओच्छ्यानमा लम्पसार भएर सुत्छ । निदाएको जस्तो पनि लाग्छ उसलाई तर अरूले भनेको कुरा सम्झेर एक्लै बरबराउँछ । फेरि सम्हाल्दै भन्छ, “कसलाई विश्वास गर्ने ? विश्वास गर्नलायकका मान्छे नै कोही रहेनछन् यहाँ । जसलाई विश्वास ग¥यो, लात हानिहाल्ने ।”

घडी हेर्छ रमेश । ५ बजिसकेको रहेछ । उठेर ऊ तल जान्छ र ढोकामा टकटक हान्छ । भित्रबाट आवाज आउँछ, “को ? यहाँ कोही पनि छैन । बाहिर गइहाल ।” 

“म रमेश ।”

“सुतिरहेको छ माथि, गैहाल । सुत्न पनि नदिने । ९ बजेपछि आउनू । अहिले यहाँ कोही पनि छैन ।”

“कृष्ण, एक पल्ट ढोका खोल त ।”

कृष्ण झस्कियो यो स्वर सुनेर । अनि मनमनै भन्यो, “तर्साउने ख्याक त आएको होइन ? रमेशदाइको जस्तै स्वर निकाल्न कसरी सकेको होला । झिसमिसे बिहानैमा ।”

कृष्णले ढोका नखोलेपछि केही नबोली मूल ढोका ढम्म लगाएर रमेश बाहिर निस्कियो ।

कृष्णले आफ्नो ढोकाको झ्यालबाट मूल ढोका खोलेर गएको रमेशलाई पछाडिबाट देख्यो । अनुहार देख्न सकेन । कुन चाहिँ भूत रहेछ, राति यहीँ सुतेको रहेछ । ११ बजेसम्म सबैलाई बिदा गरेर रमेशबाबु सुत्न गएका थिए । रमेशबाबु त होशमै थिए । सुत्न खोजेकी सुभद्रालाई एउटा साथीको जिम्मा लगाएर घरसम्म पु¥याएर फर्केको मै हुँ । कहीँ पल्लो घरकी बुढी पछाडिबाट लुसुक्क पसी कि कसो । म पु¥याउन गएको मौकाको फाइदा लिए जस्तो छ । रमेशबाबुले थाहा पायो भने मार्छ । चाहिने नचाहिने कुरा सोच्न थाल्यो कृष्णले । झ्यालको पर्दा तानेर कृष्ण पल्ट्यो । निदाउन सकेन । विभिन्न खालका अनुहार उसले सम्झिन थाल्यो । अनि भन्यो, “रात बिताउन सजिलो हुँदो रहेछ ।”

सोच्दै थियो कृष्ण विभिन्न कुरा । दुई वर्ष भयो कृष्ण रमेशको घरमा आएको । नजिकको नातासमेत पर्ने थियो रमेशसँग । पढ्ने र रमेशलाई साथी हुन्छ भनेर कृष्णलाई त्यहाँ ल्याइएको थियो सहयोगीको रूपमा । उसले कृष्णलाई दाइ जस्तो व्यवहार गथ्र्यो र भनेको पनि मान्थ्यो ।

बाहिरको ढोका खोलेर एउटी स्वस्नीमान्छे भित्र पसी । ढोकाको आवाज सुनेर झ्यालको पर्दा तानेर कृष्णले हे¥यो । देख्यो र चिनिहाल्यो । अनि भन्यो, “लौ” ।

भित्र पसेर एक चक्कर लगाई त्यस केटीले, चारैतिर फूल फुलिरहेका थिए । अलि पर कुनामा गएर पर्खालको आडमा फुलिरहेको क्याक्टस फूल फुलेको हेरिरही र आफ्नोसमेत त्यो फूल आउने गरेर तस्बिर पनि खिची । त्यसपछि झ्यालनिर आएर कराई, “कृष्ण भाइ यसबेलासम्म पनि सुतिरहेको । म त कफी पिउन आएको । तिमीले बनाएको कालो कडा कफी ।”

“रमेशबाबु त डुल्न निस्किसक्नुभयो ।”

“छोडिदेऊ त्यसको कुरा । आइहाल्ला नि । कहाँ जाने हो र ?”

कृष्ण ढोका खोलेर बाहिर निस्कियो ।

“राम्रोसँग निन्द्रा पर्नै पाएन,” कृष्णले भन्यो । “दिउँसो सुते भइहाल्छ नि । आफ्नै घर हो नि । लाज लाग्छ भने मेरो घरमा आए हुन्छ । दिनभर आज घुम्ने योजना छ ।”

“रमेशबाबु पनि जाने हो ?,” कृष्णले सोध्यो ।

“उसको ठेक्का मैले लिएको छु र ?”

जिल्ल परेर कृष्ण त्यो केटीको मुख हेरिरहन्छ । गफ दिन त कसले सक्छ हजुरलाई । जस्ताको तस्तै सधैँ ।

“तिमीले पनि त्यस्तो भन्न थालेको ?” “हजुर त कहिले पनि नथाक्ने मान्छे । बरु अरूलाई सजिलैसँग थकाइदिनु हुन्छ,” हाँस्दै कृष्णले भन्छ ।

“कफी खानै पाइएन । माथि सुतिरहेकै छ रमेश ?” हाँस्दै त्यो केटी भन्छे, “काफी बनाइहाल । पिएर म गइहाल्छु ।”

कफी बनाउन कृष्ण किचनमा गयो । त्यसबेला पल्लो घरको बुढी पछाडिबाट आई र हाँस्दै भनी, “नानीलाई त कहाँ कहाँ देखेको जस्तो लाग्यो । कति फुर्तिलो मान्छे । सबको मन जित्न सक्ने । नाचेको देख्दा म त जिल्ल परेँ,” बुढीले भनी । 

“सङ्गतको फल,” गम्भीर भएर केटीले भनी । “कसलाई राम्रो भन्ने कसलाई नराम्रो । सब उही ड्याङका मुला हुन् । लोग्नेमान्छे पनि उस्तै स्वस्नीमान्छे पनि उस्तै,” बुढीले भनी ।

“हो फकाउने तरिका मात्र फरक ।”

“झन फसाउने तरिका त दुवैको उस्तै । देखेपछि नाच्नुपर्ने । थाकेपछि पिउनुपर्ने । पिएपछि त सबै कुरा बिर्सिइहाल्ने ।” जिस्किँदै बुढीले केटीलाई धाप दिँदै भनी ।

“हजुर त बुढी जस्तै नदेखिने । हजुरको कुरा सुन्दा त थाकिसकेको मान्छे पनि ताजा भएर निस्कन्छ । कति कुरा जानेको हजुरले । खुब रमाइलो मान्छे एकछिन पनि नछोडूँ जस्तो लाग्ने ।”

“सबै यस्तै भन्छन् । मैले अँगालो मारेपछि मलाई छोड्दै छोड्दैनन् कसैले पनि । एउटै गिलासको रक्सी मात्र म पिउँछु र अरूलाई पनि पिलाउँछु । झन त्यसो गरिदिएपछि त सबैलाई रमाइलो लग्दो रहेछ ।” लामो हाँसो निकाल्दै बुढीले भनी ।

“अब एउटा राम्रो जमघट बनाउनुप¥यो । कसकहाँ जमघट गराउने ? हजुरकहाँ कि मेरोमा ।” 

“जहाँ भए पनि फरकै के पर्छ र ? रमेशबाबुले के भन्छन्,” बुढीले भनिन् ।

“के भन्ने ? हामी सबै एकै भएपछि । रमाइलो चाहिएको छ । रमाइलो कसरी गर्ने भन्ने कुरा मात्रै त हो नि । मलाई त अहिले नै च्यापिन मन लागिसक्यो हजुरसँग । जाऔँ मकहाँ मस्तसँग पिउन ।” बुढीको पाखुरा समाउँदै केटी मरिमरी हाँस्न थाली । बुढी जिल्ल परी । जिब्रो निकाल्दै निहुरिएर भनी, “भरे मकहाँ आए हुन्छ ।”

“राम्रोसँग चिनजान भएकै छैन, पहिले चिन्नुप¥यो नि ।” केटीले भनी । “राम्रोसँग चिनाइदिउँला । एक दुई जना अरूलाई पनि बोलाइहाल्छु । रमेशले थाहा नपाओस् ।” बुढीले भनी, “रमेश तिम्रो के जान्छ ?” केटीले भन्छे । “पल्किन्छौ । नयाँ स्वाद । खुब रमाइलो । आँखै लोलाउँछ । छाड्नै मन लाग्दैन,” बुढीले मन्छे ।

“के के भन्छे के के । बिहानै खाएर आए जस्तो छ नि ।” “कतिलाई खुवाइयो कति कति । खुब सद्धे मान्छे । खाने होइन त ?” बुढीले भन्छे !

“तिमी नै खाऊ । तिम्रै मान्छेलाई खुवाऊ ।” तिमी मेरो मान्छे र होइनौ र ? बनाएपछि मान्छे बनिहाल्छौ नि,” बुढीले भन्छे ।

“बनाउनुपरेको छैन । बनाउनुपर्नेलाई खोजेर बनाइदिए हुन्छ ।”

“पानी उम्लेपछि पोखिन्छ । थाहा होला नि नानीलाई,” बुढीले भन्छे ।

“उम्लेर नपोखिएको होला । सेलाएर मन तातो भएको हो कि कसो ?” केटीले भन्छे, “हात चोपाली हेर त,” बुढीले भन्छे ।

“चोपल्नुपरेको छैन । चोपल्नेले चोपल्लान् ।”

“मन तातो पानीमा तिमीलाई नै चोपल्न मन लागिसक्यो मलाई,” बुढीले भन्छे ।

“खोज्दैमा अरूलाई चोपल्न पाइन्छ र ?”

“तिमी त गजबकी मान्छे रहिछौ नानी,” बुढीले भन्छे ।

धेरैपछि कृष्ण तल आउँदा झल्यास्स सम्झिन पुग्छ, कफी बनाउन हिँडेको मान्छे उतै हराएछ । मनमनै भन्छ, “सुद्धि नै हराइसक्यो ।”

कफीको कुरै उठेन ।

“रमेश त बेपत्ता,” बुढीले भनी ।

“माथि ओच्छ्यानमा सुतिरहेको होला ।” केटीले भन्छे ।

होइन बिहान सबेरै निस्केको मान्छे, अहिलेसम्म आएकै छैन ।

“आउला नि, लाठे भइसकेको मान्छे कसैले छोपेर राखेको छैन होला,” बुढीले हाँस्दै भन्छे ।

“रक्सी भनेपछि हुरुक्कै हुन्छ । कतै कसैले पियायो कि भन्ने कुरा मात्र हो,” केटीले भन्छे ।

“चाख्न पल्केका सबै । नयाँ नयाँ स्वाद चाहिने । मेरो त आज बिहानैदेखि कुरै हुन पाएको छैन ।”

“कृष्ण दाइ म त गएँ । नुहाएर एकछिन आराम लिएर बाहिरै खाना खाने विचार गरेको छु,” केटीले भनी ।

“आएको खबर सुनाइदिन्छु ।” 

“पर्दैन ।”

केटी आफ्नो घरतिर लागी ।

फोनको आवाज आयो । कृष्णले थाहा पाइहाल्यो ।

“रमेशदाइको रहेछ । बेलुका मात्र आउने रे ? जे मन लाग्छ पकाएर खाए हुन्छ भन्नुभयो ।”

“कुन दिन फस्छ । भनेको मान्दै मान्दैन जति भने पनि लाग्दैन,” कृष्णले भन्छ ।

“हिँड् मैकहाँ गएर खाना खाऊँ । कोही न कोही त यहाँ आइहाल्छन् । सबका सबले चिनिसके रमेशलाई । राम्रादेखि नराम्रासम्म यहीँ आइपुग्छन् । उसले भनेको कुरा बुझ्नै सकिन्न । कति कुरा मिल्छ कति त पछि गएर थाहा हुन्छ,” बुढी कृष्णको हात समाएर भन्दै जान्छे । 

“कस्तो चिसो हात,” बुढीको मुख हेरेर कृष्ण भन्छ । कृष्ण अनकनाउँछ । “खाना कमलाले बनाएकी होली ?,” कृष्णले सोध्छ ।

“खै के सुर चल्छ उसको, कहिले बनाइहाल्छे कहिले वास्तै गर्दिनँ । झ्यालमा गएर बाहिर हेर्न थालेपछि सबै कुरा बिर्सिदिन्छे । खालि स्वस्नीमान्छेको कुरा मात्र गर्छे,” बुढीले भन्छे ।

“स्वस्नीमान्छे भएपछि लोग्नेमान्छेको के कुरा जानोस् त त्यसले, सिकाउनुप¥यो नि त ।”  “अरूले सिकाउने ? आफैँले सिक्नुपर्छ,” बुढी झर्किंदै भन्छे ।

“डर लाग्यो होला लोग्नेमान्छेसँग । लोग्नेमान्छे पनि त यस्तै हुन्छन् । घिसार्न मात्र जानेका छन् स्वास्नीमान्छेलाई,” कृष्ण हाँस्दै भन्छ ।

“नचिनेको हो र ? पछारेर मिल्काइदिन्छन्,” बुढी रिसाए जस्तो गरेर भन्छे । 

“जहिले पनि यस्तै कुरा । अब त सुन्नै मन नलाग्ने भइसक्यो,” केटीले भन्छे ।

“एक घुट्को भएपछि त तिम्रो संसारै कहाँ पुग्छ कहाँ, एउटा कुरा सोध्न बिर्सेको चार पाँच दिन अगाडि पार्टीमा भेटेको त्यो मान्छेले मपट्टि फर्केर तिमीसित के कुरा गरेको ?” बुढीले सोध्छे, “मैले बिर्सें ।”

“भन्न लाज लाग्यो होला । भैगो कुरा बुझँे । तिमीलाई रखौटी भन्दो रहेछ,” बुढीले हाँस्दै भनी । “तिमीलाई कुटुनी बुढी भनेर हँसाउँथ्यो,” केटीले भनी ।

“त्यसैले यसकी स्वास्नी मैसँग सुत्न आएकी नि डरले । खाएपछि पिट्नुसम्म पिट्नुपर्ने रे । खाली अर्काकी स्वास्नी मात्र ताक्ने । त्यस्ता पनि हुँदा रहेछन् ।” बुढीको कुरा सुनेपछि केटीले बुढीको गालामा विस्तारै हानेर भनी, “कस्तो मात्तिन सकेकी यो उमेरमा पनि ! कति जिस्किन सकेको । मेरो मामाको छोराले तिमीलाई विवाह गरेर स्वास्नी बनाउँछु भन्थ्यो ।”

“बुढो भए हुन्न भनिदिए हुन्छ । थर्काउन सक्छ कि सक्तैन, एक पल्ट सोधिहेर अनि मात्र कुरा गरौँला । खाएको सुरमा के के बोल्छन् के के । एक चोटि खेलाइदिएपछि, कहाँ पुग्छन् कहाँ,” बुढीले भनी । “ठिकै छ, खरखाँचोमा काम लाग्ने मान्छे, भन्यो भने जस्तो किसिमको पनि खोजेर ल्याइदिन्छ,” केटीले भन्छे ।

“ए ! चिनजान गर्दैमा के बिग्रेला त ? यसो मौका पारेर कुरा उठाए भइहाल्छ नि,” बुढीले हाँस्दै भनी । 

तीन चार जनालाई साथ लगाएर बुढी आफ्नो घरमा पुगी । साथमा कृष्णलाई देखेर कमला जिल्ल परी । नजिक आएर भनी, “आज कसरी हाम्रो घरमा आयौ तिमी ?”

“आउन हुन्न र ? म आएर के हुन्छ र ? तिमीलाई पो लाज लाग्छ हामीकहाँ आउन,” कृष्णले कमलाको मुख हेर्दै भन्छ । “तिमी पो लाज मान्छौ मुख देखाउन पनि,” कमलाले जिस्किँदै भनी ।

“समय आएपछि जे जे देखाउनुपर्ने हो राम्ररी देखाइ दिइहाल्छु नि,” कृष्ण पनि साहस देखाउँदै भन्छ, “नापियो, कतिबेरको जोश हो,” कमलाले भन्छे ।

“खै बन्दोबस्त मिलाएको कमला । के के खुवाउने हो खुवाऊ,” बुढीले हास्दै भनी ।

“कमला भएपछि ढुक्क होइन त ?,” बुढीलाई जिस्क्याउँदै कृष्ण भन्छ, “तिमी पनि यहीँ आइदिएको भए झन् पक्का हुन्थ्यो नि ।” 

“नआएको नै बेस । यहाँ आइदिएको भए बुढी आमाले च्यापेकी च्यापै आफ्नै साथमा राखिरहनु हुन्थ्यो । मलाई पो झन सास्ती,” कमला भन्छे ।

सब आफ्नै दुनियामा थिए । त्यसबेला रमेश पनि एक जना साथीलाई लिएर त्यो हुलमा मिसिन आइपुग्यो । जिल्ल परे रमेश र रमेशको साथीलाई देखेर । साथीले जुँगा पालेको थियो । स्वभाव आलि ठाडो जस्तो देखिन्थ्यो । त्यो बुढीको नजिक गएर त्यो जुँगेले भन्यो चिनेको हो ?” 

“कसरी चिन्नु मैले ? चिनाए पो चिन्नु ?” अलि बाउँठिएर बुढीले भनी ।

“राम्रैसँग चिनाइदिउँला नि । चिन्ने भए मात्र, होइन भने किन चिन्नु ! अरूसँगै चिनुला,” जुँगेले भन्यो । 

“कसले हो जुँगा काटेको कुरा सुनाउँथ्यो,” बुढीले भनी ।

“के के सुनाउँछन् के के । विस्तारै अरू कुरा पनि सुनाउँला, मौका मिलिहाल्छ नि । तेरो कुरा पनि त सुनेको छु मैले । मेरो त कुरै नगरे हुन्छ । जुन दिन तैँले धोका दिइस् त्यस दिनदेखि मैले अर्कै बाटो लिन थालेँ । देख्दै जालिस् ।” जुँगेले बुढीलाई धाप दिँदै भन्यो । 

“हुन्छ, अचेल कहाँ बसेका छौ । ठेगान नै हुँदैन । दुई चार दिन रमेशकैमा बस्छु ।”

उसले कर गरेर मात्र, नत्र आउने विचार थिएन ।

“रमाइलो छ रमेश,” जुँगेले भन्यो 

“रमाइलो मात्र ? के के छ बुझेकै होलाउ नि सब थोक,” लामो हाँसो निकाल्दै बुढी भन्छे ।

रीताले सम्झिन्थी तिमीलाई । टोकिदिएर चिथोरेको कुरा गर्थी । कति महिनासम्म थला परेकी थिई रे !” जुँगेले हाँस्दै भन्छ ।

“मैले तिम्रो जिब्रो टोकिदिएको कुरा गर्दा मरीमरी हाँसेकी थिई रीता ।” अहिले कोसित बस्छे रीता ? इन्दिरासँगै हो ?,” बुढीले सोध्छे ।

“उसको के कुरा गर्ने ? कुरै बुझिन्न उसको । जे मुखमा आयो त्यही बोलिदिन्छे । एउटी बुढीले तकिया बनाएकी । खुब खानुपर्छ । जसले ताने पनि परवाहै छैन,” जुँगे एक सुरमा भन्दै जान्छ ।

“अमेरिका जाने भन्दाभन्दै आफू पनि बिग्रिई मलाई पनि बिगारेरै छाडिदिई । त्यो काले थियो नि यसले हामीलाई लखनउमै डुबाइदियो । फाइदा त भयो तर के भन्ने ?” बुढीले पुरानो कुरा सम्झेर आँसु निकाल्दै भनी ।

त्यसै बेला रमेश यी दुईको गफ लम्बिँदै गएपछि अगाडि उभिएको थियो । टेबुलमा सबै जनाले खाना लिइसकेका थिए । कुरा गरेर बुढी र जुँगे पनि खाना खान टेबुलतिर लागे ।

दिन रमाइलोसँग बित्यो । सब आआफ्नो बाटो लागे । बुढीले रमेशको पाखुरा तान्दै भनी, “भरे बेलुका तिमीकहाँ आउँछु ।”

घर जान अलि ढिलो भयो । कृष्ण पहिले नै पुगिसकेको रहेछ । उसका साथमा कमला पनि आएकी रहिछ । बुढीले बेलुका काम सघाउनका लागि कृष्णको साथमा पठाएकी रहिछ ।

घर पुगेपछि रमेश जिल्ल प¥यो । कमला र कृष्ण मस्तसँग गफ गरिरहेका रहेछन् किचनमा । कमला टेबुल पुछ्दै गफमा भुलिरहेकी थिई ।

त्यसै बेला कमलाले भनी, “तिमीसँगै यहाँ बस्न पाए कस्तो हुने थियो । 

बुढीले सुनी भने काट्न आउँछे । सबैसँग भन्छे मेरी कान्छी स्वास्नी । उसलाई नच्यापी निन्द्रै लाग्दैन ।

“कस्ती बदमास्नी छ भने गालै च्यापेर सुत्नुपर्ने । समाएपछि थिलथिलो पार्छे । बिहान उठ्दा त जिउ नै दुखिरहेको हुन्छ,” कमलाले रुँला जस्तो गरेर भन्छे ।

“पापीहरूको फन्दामा कसरी परियो कुन्नि । कति चोटि भाग्न खोजेँ सकिनँ । आँटै आएन । यिनीहरूको कुरा सुन्दा डर पो लाग्छ मलाई । भाग्यौँ भने उल्टो हामीलाई नै फसाउँछौ,” अँध्यारो मुख लाएर कृष्णले भन्छ ।

एकछिन पनि बस्न नहुने ठाउँ । एक एक दिनमै भेष बदलेर चिन्नै नसकिने भएर देखा पर्छन् ।

“भागेर जाने कहाँ ? ठेगान त लगाउनुप¥यो पहिले । फेरि झमेला नआउला भन्न सकिन्न । यिनीहरू सबैतिर पुगेका छन् । धेरै वर्ष भयो म पहाडको घर नगएको । आमा मरेको धेरै वर्ष भइसक्यो । बुढेसकालमा बाबुले कान्छी ल्याएका छन् रे । यस्तै हो कमला नहडबडाऊ,” कमलाको हात समाएर कृष्णले भन्यो । 

“तिमीले भन्छ्यौ त्यही । मेरो त कोही छैन । तिमीलाई एक दिन पनि छाड्न सक्दिनँ कृष्णदाइ । यी पापीहरूले जिउँदै मार्छन् । सब कुरा मलाई थाहा छ, सबै म तिमीलाई बताउन सक्छु । कुनै दिन पुलिस आउन सक्छ यहाँ,” रुँदै कमलाले भन्छे ।

“नरोऊ कमला । व्यवस्था म मिलाउँछु । यहाँ एक छिन बस्न हुँदैन मलाई थाहा छ । तिमी कसरी बस्छौ भनेर सोचिरहेको हुन्छु म । अहिले हो मैले तिमीलाई सम्झेको भने पनि पत्याउने छैनौ भनेर भन्न सकेको थिइनँ, हरेस खान हुँदैन,” भावुक भएर कृष्णले भन्छ ।

“लोग्नेमान्छे हो कि स्वस्नीमान्छे हो पत्तै लाग्दैन । सबै त्यसलाई स्वस्नीमान्छे भन्छन् । पेट बोकेर बच्चासमेत फालेको रे । त्यसले मलाई तान्दा हात घुसारेर छामेको थिएँ, केही पनि फेला पारिनँ । लोग्नेमान्छेको जस्तो छाती । स्वर भने स्वास्नीमान्छेको । भट्टीवालाकी छोरीलाई मैले जन्माएको भनेर धाक लगाउँदै धेरै पटक मलाई लछारपछारसमेत गरेको थियो ।

यस्ताको पनि कुरा गर्ने । त्यो जुँगे स्वास्नीमान्छे हो, फरक पर्दैन मैले भनेपछि । मैले त भोग्नुसम्म भोगेको छु । चुप लागेर सहेको मात्र हो मैले । कृष्ण गम्भीर भएर भन्छ । तिम्री स्वास्नी भनेर बुढीले भनेपछि खुसी भएको बेला मलाई भनेकी थिई ।

केही न केही खोट सबैमा छ । आत्तिन हुँदैन । बुढीले त जसलाई पनि आनन्द दिन्छे । त्यसैले मेरो बानी बिगारी दिएकी । नाइँ भन्नु भएन । भन्यो कि गडबड भइहाल्छ । त्यसैले बुढीले भनेकी थिई मलाई झोक्किँदै  कमलालाई झैँ तलाईं पनि कच्याककुचुक पारेर रुवाइदिन्छु बुझिस्, कमलाले भन्छे ।

“फरक फरक स्वभाव । जुँगेले तिमीलाई खुब माया गर्छ । मसँग तिम्रो सम्बन्ध छ भन्ने कुरा बुझिसकेको छ,” कृष्णे भन्छ । 

“मलाई त डर लाग्छ, त्यसको आँखा देख्ने बित्तिकै । बुढीलाई पिटेका मैले देखेको छु,” कमलाले भन्छे । 

“थाहा छ तिमीलाई बेलुका भएपछि बुढी पनि जुँगा काट्न थाल्छे । यो कुरा जुँगेलाई मन परेको थिएन । एक दिन खाएको बेलामा घिसार्दै भुइँमा बजारेको थियो ।” कृष्णले भन्यो ।  

 “कृष्ण दाइ यो घरमा म एकछिन पनि बस्न सक्तिनँ । मलाई छाडिदेऊ । म एक्लै हिँड्छु जहाँ पुगिन्छ पुगिन्छ । तिमीलाई एउटा कुरा भनिदिऊँ जुँगेलाई सबैले चिनिसके । त्यो पर भट्टी पसलसाँग सम्बन्ध राखेको रहेछ । गर्भ बसेको पत्तै भएनछ । भट्टीवाला बेपत्ता उसको स्वास्नीले जुँगेलाई स्वास्नीमान्छे भनेर चिनाउन थालिसकेको छ ।” कमलाले डराई डराई भनी ।

“त्यो त पागलनी भनेर लोग्नेले छाडेको भन्थे नि त,” कृष्णले भन्यो । 

“त्यो पागलनी पनि जुँगेसँग सल्केकी रहिछ,” कमलाले भनी ।

“ठिक छ । आज राति तिमी बुढीसँग सुत । म अर्कै कोठामा जुँगेसँग ।”  

“त्यसले मलाई टोकी टोकी मार्छे । त्यसको हात फलाम जस्तो कडा,” कमला भन्छे । 

म छँदैछु नि कृष्णले भन्छ । 

“पर्दैन अब मलाई कसैको पनि सहयोग । भोलिदेखि म त्यो भट्टी पसलमा काम गर्छु । त्यो फुच्ची केटीको पसल रैछ त्यो,” कमलाले भन्छे । 

“कसरी चिन्यौ त्यो केटीलाई ? त्यसको आमा अन्तै गइसकी । बाबु मुग्लान पसिसक्यो । बाबु नपुंसक थियो । भट्टीमा खान आउनेले हात लगाइदिएछ । सम्बन्ध भए पनि कसको छोरी भन्ने कुरा कसैले थाहा पाएका छैनन्,” कृष्णले बेलिबिस्तार लगाउँदै सोध्यो । 

त्यो जुँगे पनि तिमीहरूकै नाता पर्दो रहेछ, कमलाले भनी । “त्यो भट्टी पसलकी केटी भनेको त्यो पनि लोग्नेमान्छे हो,” कृष्णले भन्छ । 

“मलाई थाहा छ खुब माया गर्छे । एक दिन राति सुत्दा थाहा पाएको थिएँ । विवाह गर्छु एकछिन पनि छोड्दिनँ भन्छे,” कमलाले भन्छे । 

“खाडलमा पर्ने भयौँ । उसका केटी साथीहरूले तिमीलाई छाड्ने छैनन् । धोका दियौ तिमीले मलाई,” कृष्णले भन्छ । 

“बुढी भएर पनि कस्तो ? सास्ती दिन खुब जानेको । तिमीलाई पिटेको मैले देखेको छु त्यो जुँगे पनि कम छ र ?” कमला भन्छे । 

“तिमी एक्लै सुत आजको रात । आज कहीँ पनि जान पाउँदिनौँ । भोलिदेखि जे जे गर्न मन लाग्छ गर । थाहा पाउँछौ अब,” कृष्णले भन्छ । 

“तिमी कहाँ सुत्न जान्छौ त  ? आज यहीँ सुते हुन्न ?” 

“मेरो माया जति तिमीलाई सुम्पेर जान्छु,” कमलाले भन्छे । “पर्दैन, जसलाई दिए पनि के फरक पर्छ र ?” कृष्ण हाँस्दै भन्छ ।

सास्ती दिन नपरोस्, त्यति मात्र त हो, कमला मुख बिगार्दै भन्छे ।

“ल त म पनि जान्छु माथि कोठामा । कुरिरहेका होलान् । मेरो पनि अन्तिम हो तिमीसँगको,” कृष्णे भन्छ ।

“आज कहाँ सुत्ने भयौ त ?” 

बुढी र जुँगेलाई च्यापेर सुत्छु, कृष्णले भन्छ । 

“म चाहिँ नअटाउने भएँ होइन त ?”  कमलाले भनी । कृष्णले एक थप्पड हिर्काएर माथि कोठामा गयो ।