अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी
मिथिला येँ आर्ट ग्यालरी ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी चलिरहेको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसन, कला तथा संस्कृति विभागद्वारा आयोजित यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनीमा नेपाल भारत, फ्रान्स र बङ्गलादेशका १९ जना कलाकारका सिर्जना राखिएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले प्रदर्शनीमार्फत नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्मै जोड्न विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मेहनतले मात्र सफल भइन्छ
कलाकारिता तथा अभिनय यस्तो क्षेत्र हो जहाँ मेहनतले मात्र सफल हुन सकिन्छ भन्ने विश्वास राख्नुहुन्छ कलाकार तथा नृत्याङ्गना रन्जु श्रेष्ठ। चर्यादेखि कथक नृत्यमा उत्कृष्ट बन्नुभएका श्रेष्ठले विभिन्न चलचित्रदेखि टेलिशृङ्खलामा आफ्नो अभिनयको जादू प्रस्तुत गरिसक्नुभएको छ। यतिमा मात्र श्रेष्ठको परिचय सीमित छैन। लोकप्रिय ‘मुमिन कार्नुन’मा प्रमुख पात्र मुमिनमा स्वर (भ्वाइस ओभर) दिने पनि उहाँ नै हुनुहुन्छ।
'नेपाल मिथिला येँ ग्यालरी'मा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
काठमाडौं, भदौ २७ गते । 'नेपाल मिथिला येँ आर्ट ग्यालरी'मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको संयुक्त आयोजनामा चार दिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो ।प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र फ्रान्सका १९ कलाकारले कोरेका २४ कला प्रदर्शनीमा राखिएका छन् । तीमध्ये ७ जना महिला र १२ जना पुरुष कलाकार हुनुहुन्छ । प्रदर्शनीमा विभिन्न शैलीका कलाहरू राखिएका छन् । जसमा 'वाटर कलर', 'पेन्सिल वर्क' लगायत फरक देशका 'एब्स्ट्रक्ट' कलाहरू छन् । जिपी कोइराला फाउन्डेशन, आर्ट एन्ड कल्चरका संयोजक तथा मिथिला येँ ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियता कलालाई जोड्ने गरेको र नेपाली कलाकारबाट कोरिएका कला बिक्री वितरण नहुँदा कलाकारको मिहेनत खेर गएको कलाकारहरूको गुनासोको अन्त्य गर्ने बताउनुभयो ।"कलाकारलाई कलामार्फत जोड्नका लागि यो प्रदर्शन गरिएको हो," सञ्चालक यादव भन्नुहुन्छ, "प्रदर्शनीमा विभिन्न तहका कलाकारको कला प्रदर्शनका लागि राखिएको छ, कलाकारको कला प्रदर्शनीमार्फत दर्शकसामु पुग्नु नै कलाकारको परीक्षा हो र यसले दर्शकको विचारबाट कलाकारको काममा ऊर्जा थप्ने काम गर्दछ ।" विगत १७ वर्षदेखि सञ्चालनमा रहेको 'मिथिला येँ आर्ट ग्यालरी'मा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको उहाँको भनाइ छ ।प्रदर्शनीमा फ्रान्सका कलाकार ग्रेभी अभिसेन्ट, बङ्गलादेशका कलाकार मामुदा अफ्रा मीम, कनिका वैद्य, नेपाली कलाकार जया शर्मा, विक्रम प्रजापति, रविना बज्राचार्य, विभूषण ताम्राकार, प्रितम थापा, शैली बज्राचार्य, रत्न शाक्य, जीवन चौधरी, उमेश चौधरी, विष्णु चौधरी, निप्सुन राई, रेनुका महर्जन, रञ्जु दर्नाल, साब्रत आचार्य र श्यामसुन्दर यादवको कला राखिएका छन् । यो प्रदर्शनी भदौ ३० गतेसम्म चल्ने यादवले जानकारी दिनुभयो ।
नेपाल बङ्गलादेश स्रष्टा सम्मिलन सम्पन्न
‘अभिव्यक्ति’ द्वैमासिक साहित्यिक पत्रिकाको निमन्त्रणामा छ दिने नेपाल भ्रमणमा आएका सातजना बङ्गलादेशी साहित्यकारको टोली आज स्वदेश फर्किएका छन् ।
गुलजार ए अदबद्वारा उर्दु मुशायरा आयोजना
बाँकेका उर्दु साहित्यकारहरुको साझा संगठन गुलजार ए अदबले निरन्तर उर्दु मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ ।
मोफसलकी बालिकाको कथा
विद्या (कञ्चन चिमोरिया)को इच्छा अनेक छन्, उनी पुतलीझैँ उड्न चाहन्छिन् तर घरको आर्थिक अवस्थाले उनी धेरै कुरा पु¥याउन असमर्थ छिन् अर्थात् उड्न सक्दिनन्। उनलाई पनि उनका अन्य साथीझैँ काठमाडौँ गएर पढ्न रहर छ तर उनको त्यो सपना पूरा हुँदैन। सधैँ स्कुलमा पहिलो हुने विद्या दोस्रो हुन्छिन् र उनको स्कुलबाट छात्रवृत्ति पाउने सपना चकनाचुर हुन्छ। चलचित्र ‘ऐना झ्यालको पुतली’ विद्या र उनको भाइ वसन्त (दिनेश खत्री)को कथा हो। वसन्त पहिला आफ्नो दिदीसँग एकदमै झगडालु हुन्छन् तर पछि दिदीकै मायाले गर्दा दिदीभाइको सम्बन्धमा एकाएक परिवर्तन आउँछन्।
दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार सुब्बालाई
दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ।
असल मान्छेको सार्थक जीवन वृत्तान्त
विश्वका कतिपय राष्ट्रले राम्ररी चिनेको तर नेपालले भने अझै पनि योगदानको राम्ररी मूल्याङ्कन र समुचित रूपमा कदर गर्न नसकेको एउटा अत्यन्त महान् र असल मान्छे हुनुहुन्थ्यो जयपृथ्वीबहादुर सिंह । खासगरी विश्वशान्ति र मानवअधिकारको सुनिश्चितताका दिशामा उहाँले जीवनभर परिचालित गर्नुभएका सत्प्रयास आजपर्यन्त संस्मरणीय र प्रेरणादायी रहेका छन् । अन्धकार हटाएर प्रकाश छर्ने कार्यमा उहाँका मानवतावादी दर्शन र विचार कालजयी छन् । प्रत्येक मानिसमा मानवतावादी विवेकले अन्तर्हृदयलाई राम्ररी स्पर्श गर्न नसकेमा कुनै पनि समाजमा शान्ति, समझदारी, सद्भाव, सामाजिक मैत्री, विश्ववन्धुत्व, सदाचार, सहिष्णु प्रवृत्ति आदि सद्गुणहरू विकसित हुन सत्तैmनन् । यसको अभावमा कुनै पनि देशमा प्रजातन्त्र वा लोकतन्त्रको मूल्य, मान्यता र आदर्शले सही गन्तव्य पहिल्याउन पनि सत्तैmन ।
पाका मान्छेका भोगाइ
मानव प्रजातिको उत्पत्तिसँगै प्राकृत बासस्थानमा समूह समूहमा सिकारी जीवनमा समूह बढ्दै गयो। खाना र सुरक्षाका लागि त्यस युगमा अनुभवी पाका मान्छेको अगुवाइ र बलिया वयस्कका सक्रियतामा जिउने क्रममा महिला र पुरुष दुवै पाका मान्छेको मानमनितो हुनु समूहका हरेक सदस्यको चरित्र बन्यो। आगो र सिकारी हतियारको जुगाडले मान्छे प्रजातिले वर्षभरि सुनिश्चित खान र सुरक्षित बस्न उपाय खोज्यो। जानेर नजानेर नै बीउबाट इच्छित फल दिने बिरुवा उमार्न, फलाउन र बढी भएको सञ्चित गर्न प्रयास ग-यो। सुखका दिनहरू उदाउँदै जानमा समूहका पाका मान्छेको ज्ञान, सीप र अनुभवको सहयोग आधारभूत कुरा भएकाले परिवार र समूह सदस्यहरूले पाका मान्छेको सल्लाह नै समूहको हित र विकासको द्योतक हो भन्ने मान्यताले जरो गाड्यो।
वरिष्ठ पत्रकार दाहालसहित पाँच पत्रकार सम्मानित
पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सम्मानित हुनुभएको छ।
धनगढीमा भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबारदेखि भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनी सुरु भएको छ।
विद्यालय नाटक महोत्सव सुरु
विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ। बुधबारबाट पहिलो दिन आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो। नाटक ‘साँढे’ राजनीतिक प्रवृत्तिमाथिको झटारो हो। देशमा चलिरहेको राजनीतिक हस्तक्षेपको उजागर हो नाटक ‘साँढे’ । ‘साँढे’ राजनीतिक दललाई गरिने एउटा व्यङ्ग्यात्मक शैलीको नाटक हो। हिजो शासकीय प्रवृत्ति र आजको शासकीय प्रवृत्ति उही छ, स्वरूप मात्र बदलिएको हो। हामीकहाँ साँढे प्रवृत्तिका मान्छेहरू छन्। हाम्रो समाजमा घाँसमा छरिएको नुन खाने ‘साँढे’हरू दिनप्रतिदिन बढ्दै छन्। त्यसको विरुद्धमा मान्छेले कतै न कतैबाट रचनात्मक विद्रोह गरिरहेका छन्। नाटक यही कथावरपर घुमेको छ।
चित्र कोरेर वार्षिक चार लाख रुपियाँ कमाइ (फोटो फिचर)
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको म्याग्दी उद्योग वाणिज्य संघको भवनको भुइँतलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभरी एक युवाको समय बित्ने गर्छ । मानिसहरु बाहिरी दुनियाँसँग रमाइरहेकाबेला ग्राउण्ड फ्लोरको भित्तामा पेन्सिलले आकृति कोर्ने र रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुनुहुन्छ अशोक किसान ।
कला कुँद्ने कालिगड पाउनै कठिन
बौद्ध धर्मावलम्बीमध्येका लामा तथा तामाङ समुदायले धार्मिक रूपमा ढोग्ने र मान्ने गरिएको ओम मानेपेमे लेखिएका ढुङ्गा कुँद्ने कालिगड पाउनै कठिन हुने गरेको छ। पछिल्लो पुस्ताले धार्मिक पक्षलाई ध्यान नदिँदा यस्ता कालिगड पाउन समस्या हुने गरेको हो। नाम्खा गाउँपालिका–६ को लिमीको हल्जी गाउँका कुन्जोक तामाङले ओम मानेपेमे कुँद्ने कालिगड पछिल्लो समय पाउन छोडेपछि धार्मिक संस्कृति जोगाउन कठिन भएको बताउनुभयो। उहाँले जति पहिले उक्त भाषा कुँदिएका ढुङ्गा रहेका छन्, तीबाहेक नयाँ निर्माण गर्न नसकिएको बताउनुभयो। उहाँले हाल लिमीको बाटो र गुम्बामा लेखिएका यस्ता ओम मानेपेमे ढुङ्गा रहेका छन्, ती सबै इस्वीको ९५८ देखि १०५५ मा वरिष्ठ तिब्बेतियन अनुवादक रिन्छेन जाङ्पो रहेको बताउनुभयो। उहाँले अनुदान गरेपछि केही तत्कालीन समयमा लिमीका केही युवाले त्यसरी ढुङ्गामा कुँद्ने कला सिक्नु भएको थियो। त्यसयता भने नयाँ पुस्ताका युवाले त्यसतर्फ ध्यान नदिँदा महत्वपूर्ण धार्मिक कला हराउने सम्भावना बढेको उहाँले बताउनुभयो।
‘माधवी’ हिन्दी संस्करणमा
मदनमणि दीक्षितले लेख्नुभएको पुस्तक ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ। रत्नसागर प्रकाशन प्रालिले पुस्तकको हिन्दी संस्करण प्रकाशन गरेको हो। उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त पुस्तकको अनुवाद किरण मिश्राले गर्नुभएको छ।
ढकाल र चाम्लिङ पुरस्कृत
साहित्यकार तथा अनुसन्धानकर्ता विप्लव ढकाल र भोगिराज चाम्लिङलाई किराँत एकेडेमी पुरस्कार २०७९ प्रदान गरिएको छ। किराँत एकेडेमीले प्रदान गरेको पुरस्कार ढकाललाई भोजपुरको वाङ्मय कृतिका लागि दिइएको हो। प्रा. डा. अभि सुवेदीले दुवै व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभयो।
घनेन्द्रलाई ‘गजल सारथि’ सम्मान
साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो।
जीवन यथार्थ र कल्पनाको सुन्दर संश्लेषण
मेरो हातमा ‘सात जुनी’ उपन्यास छ । स्मृतिविम्बमा मणि नेपाली पनेरू हुनुहुन्छ । मस्तिष्कमा विश्वास र अविश्वासको भुमरी चलिरहेछ । मनमा कुरा खेलिरहेका छन्– यो उपन्यास उहाँले नै लेख्नुभएको हो त ? पैसा कमाउन र नेपालमा भन्दा धेरै भौतिक सुख भोग गर्न अमेरिका पुगेका भनिने मणि नेपाली पनेरू त्यो बाटोभन्दा भिन्न बाटोमा हिँड्दै यस्तो भावपूर्ण सिर्जनामा साधनारत पो हुनुहुँदोरहेछ ! मैले चिनेको, जानेको र व्यवहार गरेको मणि नेपाली पनेरू अचानक उपन्यासकार बन्नु र उहाँबाट ‘सात जुनी’ शीर्षकको यति राम्रो उपन्यास लेखिनु मेरा लागि आश्चर्यजनक घटना हो । नढाँटी भन्छु– उहाँले कुनै दिन यति मिठासपूर्ण उपन्यास लेख्नुहोला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ ।
कलात्मक अभिव्यक्तिको सँगालो
आत्मपरक निबन्धभित्र पर्ने नियात्रा साहित्य नेपाली साहित्यमा लोकप्रिय सिर्जनाका रूपमा विकसित हुँदै आएको छ । नेपाली साहित्यका नियात्रा विधामा सयौँ कृति सिर्जना भइसकेका छन् र सिर्जना हुने क्रम निरन्तर रूपमा जारी नै रहेको छ । विभिन्न स्रष्टाले यस विधामा कलम चलाइरहेका छन् । ती विभिन्न स्रष्टामध्ये पवन आलोक पनि एक हुनुहुन्छ । साझा प्रकाशनद्वारा प्रकाशित उहाँको ‘पहाड र लमतन्न समुद्र’ नियात्रासङ्ग्रह देशदेखि विदेशसम्मका यात्राका हृदय संवेद्य दृश्य र भोगाइहरूको चिन्तनप्रधान अभिव्यक्ति हो । स्वदेश तथा विदेशका विभिन्न रमणीय प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि स्थलहरूको भ्रमणका क्रममा नियात्राकार आलोकले आफूले देखेका, सुनेका र अनुभूति गरेका विषयका कलात्मक वर्णन गर्नुभएको छ । आफ्नै देश, स्थान, समाज, संस्कृतिबारे पनि धेरै कुरा देख्न सुन्न नभ्याएका जिज्ञासु पाठकका लागि देशभित्रकै भिन्न भूगोल, संस्कृति तथा रहनसहनबारे वा आफूले नदेखेका, नसुनेका र अनुभूति नगरेका विषयप्रतिको अनेक जिज्ञासा पू
‘बाआमा’ लोकार्पण
स्रष्टा रामलाल जोशीको कृति ‘बाआमा’ले सामाजिक दायित्वबोधलाई कथामार्फत उजागर गरेको छ। बुकहिलद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नायक राजेश हमाल, सर्जक नयनराज पाण्डेलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको पुस्तक ‘बाआमा’ले आफ्ना अग्रज, संस्कारका धरोहरप्रतिको कर्तव्य पुनः सम्झाएको छ।
‘धूमधामको घुमघाम’ मञ्चन सुरु
कौसी थिएटरमा नाटक ‘धूमधामको घुमघाम’को मञ्चन सुरु भएको छ। कनकमणि दीक्षितद्वारा लिखित बाल कथा शृङ्खलामा आधारित नाटकलाई आकाङ्क्षा कार्कीको निर्देशन गर्नुभएको हो। २५ वर्षअघि प्रकाशित पुस्तकमा एउटा भक्तप्रसाद नाम गरेको भ्यागुताको नेपाल भ्रमणको कथा रहेको छ। काठमाडौँको भ्यागुताले चितवन, पोखरा, मुस्ताङ हुँदै डोल्पासम्मको यात्रा गर्दा देखेका र भोगेका रोचक घटना कथामा समेटिएको छ। पुस्तक नेपाली र अङ्ग्रेजीसहित विभिन्न भाषा र ब्रेललिपिमा पनि प्रकाशित छ। आफूले बाल्यकालमा पढेको र मनमा गढेर बसेको पुस्तकलाई नाटकको स्वरूप दिने यात्रा उत्साहजनक रहेको निर्देशक कार्की बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “भक्तप्रसाद भ्यागुतो बाल्यकालमा यो किताब पढ्ने अवसर पाएका सबैको मनमा गढेर बसेको छ। मेरा लागि पनि यो यस्तै गढेर बसेको सम्झना हो। यो प्रख्यात बालकथा शृङ्खलालाई नाटकमा ढाल्नु मेरा लागि साह्रै उत्साहजनक अवसर रह्यो।”
पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ : महानायक हमाल
महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताउनुभएको छ।
मौलिकता झल्कने देउडामा आकर्षण
दुई दिनदेखि चलेको मौलिकता झल्कने देउडा प्रतियोगिता सम्पन्न भएको छ। स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि सो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा खाद्यक मष्टो महिला समूह पहिलो भएको छ। देउडा संस्कृति जोगाउन स्थानीय वेशभूषा र पहिरनमा आयोजना गरिएको प्रतियोगितामा प्रतिस्पर्धीलाई पछि पार्दै उक्त समूह पहिलो भएको हो। दोस्रो तीनधारे पामवाडा समूह भएको थियो भने तृतीयमा महिला सांस्कृतिक जागरण समूह भएको थियो। त्यसैगरी ठेहे महिला समूह भएको थियो। प्रतियोगितामा महिला तथा आमाछोरी समूह गरी २३ वटा समूहको सहभागिता रहेको थियो। विजेता समूहलाई स्थानीय वेशभूषाका पहिरन प्रदान गरिएको थियो। केही समय अगाडिसम्म तीनै कपडा लगाएर देउडा गाउने गरिन्थ्यो। अब त्यसको
बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गरिने
यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।