हज्जारौँ शब्दहरूले पुरेका
खिया लागेका उमेरका चाङमा ।
रुखको सुकेको अन्तिम पात
फर्फराइरहन्छ–
प्रेमी परेलामा
पटकथा बिस्तारमा ।
उसको आँखाको पेपरवेटले
थिचेको
माइक्रोकोन्ड्रियामा ।
गिदीको चट्टानमा
नृत्य गरेका
खासखुस लफ्फाजीमा ।
डण्डिफोर निचोरिरहेकी केटी
झ्याल साहित्यमा
समय पनि निचोरिरहेकी छ
बेस्वादमा ।
समय र सम्बन्धले किला ठोकेर
पाइतालामा
आँखाले तान्दै तान्दै बाटोहरू
एउटा बिन्दुमा अकुपाई भएर ।
ऊ आउँछे कि खरानी खोस्रेर
फिनिक्स पंक्षीको अवतारमा
स्वादिष्ट दिनहरूको कक्टेलमा ।
भोड्का स्वादमा
एउटा युटोपिया ।