‘सेनाको चेली’ र ‘बाघको बङ्गारा’लाई अवार्ड
काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका छन् । यस पटकको किम्फमा विद्या चापागाईं र कमलकुमारको ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो ।यस्तै अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए ।
झगडापछिको मिलाप (कथा)
हामी कक्षाकोठामा बसिरहेका थियौँ । कक्षाकोठामा शिक्षक आउनुभएको थिएन । हामीहरूले पढाइका बारेमा छलफल गर्दै थियौँ । यत्तिकैमा कविताले सीता भनेर बोलाइन् । कविताले ‘ओहो ! कति राम्रो पेन रहेछ, मेरो पनि यस्तै कलम छ ।’ भन्दै आफ्नो पेन देखाइ । सीताले कहाँबाट किनेको हो भन्दै सोधिन् । कविताले बजारमा बेचिरहेको थियो । तिमीले कहाँबाट किनेको हौ र भनिन् ।
पाका पुस्तासँग पुर्ख्यौली सिक्दै युवा
पुर्ख्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरू पहिचानका रूपमा लिने गर्छन् । पुर्खाहरूले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय रहेको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् ।
आकर्षक सर्वसिद्धिधाम पञ्चकोट
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोट ।
हस्तकलामै जीवन लेख्ने मछिन्द्र
भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन् । जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ ।
मेहनतको फल (कथा)
अजय सामान्य परिवारमा जन्मिएको थियो । उसका बुवा खेतीपाती गर्थे भने आमा नजिकैको एउटा आधारभूत तहको विद्यालयमा पढाउनु हुन्थ्यो,। खेतीपाती र शिक्षण पेसाबाट आएको आम्दानीले नै घर व्यवहार चलाउन र अजयको विद्यालयको शुल्क तिर्न जेनतेन पुग्दै थियो । नभन्दै अजयको कक्षा ८ को परीक्षाको रिजल्ट पनि आयो । अजयको रिजल्ट देखेर जसरी पनि उसलाई सहर पठाउने कुराको बाबाले सङ्कल्प गरे । भोलि पल्ट बुबाले भने, “छोरा ! तिमीलाई राम्रो वातावरणमा राम्रो शिक्षा दिनलाई एउटा ठूलो विद्यालयमा राखेर पढाउने सोचमा छौँ ।”
देउडामार्फत जनचेतनाको जमर्को
विद्यालयका छात्राहरू स्थानीय वेशभूषामा जनचेतना फैलाउन देउडा गीतमार्फत लाग्नुभएको छ । उहाँहरू सार्वजनिक रूपमा आयोजना हुने हरेक कार्यक्रममा यो शैलीमा जनचेतना जगाउन लागिपर्नुभएको छ । खार्पुनाथ गाउँपालिका–४ को सीता माविका छात्रा पार्वती रोकायाले विद्यालयमा अध्ययनरत छात्राहरू मिलेर गाउँपालिकाभरि आयोजना हुने हरेक कार्यक्रममा देउडा गीतमार्फत जनचेतना फैलाउने अभियान सुरु गरेको बताउनुभयो । उहाँले यो कार्यक्रमका लागि विद्यालयका प्रधानाध्यापक जुनराज हमालको अगुवाइमा स्थानीय वेशभूषाका पोसाक (दौरा र घाग्रो)को व्यवस्था गरिएको बताउनुभयो ।
लोकप्रिय बन्दै चर्या नृत्य
बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजा कोठाभित्र अभ्यास गर्दै आएका चर्या नृत्य स–साना बालबालिकादेखि युवापुस्तामाझ लोकप्रिय भएको छ । युगौँदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको धेरैपछि हो । काठमाडौँभित्रका नेवार समुदायको पनि बौद्ध धर्म मान्ने समुदायमा प्रख्यात चर्यालाई विश्वव्यापी रूपमा प्रचार गर्नुपर्छ । हाम्रो संस्कार संस्कृतिलाई हामीभित्र मात्र राख्न हुँदैन भन्ने उद्देश्यका साथ अहिले बालबालिकादेखि युवापुस्ताले सिक्दै गरेका छन् । चर्या नृत्य गुरु तथा प्रशिक्षक सञ्जय राजोपाध्याय भन्नुहुन्छ, “नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै चर्या हो । यसका गीत संस्कृत भाषामै गाइन्छन् । मुख्यतया मुद्राका आधारमा यो नृत्य गरिन्छ ।”
मङ्सिरको धान (कविता)
कात्तिक मैना पार गरी मङ्सिर मैना लायो । किसानले खेतीपाती भिœयाउने दिन आयो ।