जीवनको लडाइँ (कविता)
कलियुग हो यो विश्वास थोरैलाई गर्नु । खुट्टा तान्ने धेरै हुन्छन् आफ्नो पाइला मजबुत पार्नु ।।
जीवनीमूलक श्रेष्ठ कृति
वि.सं. २०७९ मङ्सिरमा फाइन प्रिन्टद्वारा प्रकाशित ‘सुश्री पारिजात’ गोविन्द गिरी प्रेरणाद्वारा तयार पारिएको जीवनीमूलक कृति हो । तीन सय छयानब्वे पृष्ठको यो कृतिमा पारिजातका विषयमा थप जानकारी प्राप्त गर्न सकिने अनुक्रमणिकासहितका तस्बिर र अन्य स्रोत सामग्री पनि संलग्न गरिएका छन् । नेपाली साहित्यमा पारिजात सर्वाधिक विवाद र चर्चामा रहेकी स्रष्टा हुनुहुन्छ । पारिजातका बारेमा यसअघि पनि जीवनी नलेखिएका होइनन् । तथापि गिरीजीको यो कृतिमा पारिजातका लुकेका र छुटेका पाटामाथि चियाउने प्रयास गरिएको छ । पारिजात वामपन्थी विचारकी लेखिका भए पनि गैरवामपन्थीसमेत उहाँप्रति उत्तिकै आकर्षित हुन्थे । त्यसैले उहाँको लोकप्रियता सर्वत्र व्याप्त थियो ।
युजेनको त्यो गोर्खा चित्र
विश्वप्रसिद्ध कलाकार युजेन दलाक्व्रा फ्रान्सका प्रमुख स्वच्छन्दतावादी कलाकार हुनुहुन्छ । सम्पन्न परिवारमा उहाँ २६ अप्रिल, १७९८ मा फ्रान्सको सेन्ट मौरिसमा जन्मनुभएको थियो । उहाँको पिता फ्रान्सका परराष्ट्रमन्त्री हुनुभएको थियो । उहाँकी माता एक सुसंस्कृत, सुशील, पढेलेखेकी भद्र महिला हुनुहुन्थ्यो । उहाँले नै छोरा युजेन दलाक्व्रालाई साहित्य र कलाप्रति अभिरुचि जगाइदिनुभएको थियो ।
सृष्टिको फूल
महिनावारी/छाउ/रजस्वला/पर सर्ने नामले पुकारिने सङ्केत भनेको सृष्टि अर्थात् सृष्टिको फूल हो । यो फूल नफुलेसम्म सृष्टि सम्भव छैन । महिला सन्तान उत्पादन गर्न तयार हुनलाई यो फूल फुल्नै पर्छ ।प्रायः फूल भन्नाले दिमागमा रातो आकृति उत्पन्न हुन्छ । यो सृष्टिको फूलको रङ पनि रातै हुन्छ । निख्खर रातो । मायाको प्रतीक रातो गुलाबजस्तै । त्यो गुलाब चाहे ओइलियोस्, चाहे सुकोस् त्यो रातो नै रहन्छ । यो सृष्टिको फूल पनि त्यस्तै हो– मायाको प्रतीक, सृष्टिको प्रतीक, जननीको गौरव, चेलीको अस्मिता ।
छवटा बाछिटा कृति सार्वजनिक
एकै पटक छ जना साहित्यकारले लेख्नुभएको छवटा बाछिटा कृति (अस्तित्व, अखण्ड, अनन्त, अक्षुण्ण, अस्मिता र अजस्र) सार्वजनिक भएको छ। कौशिकी साहित्य प्रतिष्ठानले शुक्रबार आयोजना गरेको बाछिटा कृति विमोचन तथा प्रतिभा सम्मान कार्यक्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई तथा विभिन्न स्रष्टाले एकैसाथ सार्वजनिक गर्नुभएको हो।
‘प्रेरणादायी महिला’ पुस्तक लोकार्पण
प्रेरणादायी महिला नामक पुस्तक लोकार्पण भएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार मोतीदेवी स्मृति केन्द्रले सो पुस्तक लोकार्पण गरेको हो ।
मौलिक पहिरनप्रति युवाको आकर्षण
पछिल्लो समयमा आधुनिक पहिरनले समाजलाई छपक्कै छोपेको छ । आधुनिकतासँगै मौलिक पहिचान झल्किने जातीय पोसाक लोप हुन थालेपछि यहाँको मगर समुदायका युवा मौलिक पोसाकको संरक्षणमा जुटेका छन् । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रम, सभा–समारोह तथा उत्सवमा उनीहरू मौलिक पहिरनमा सजिन थालेका छन् ।
नइका तीन कृति लोकार्पण
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो ।
निर्जन सुध्रियो
सानो गाउँमा एउटा परिवारको बसोबास थियो । बुवा, आमा र छोरा गरी त्यस परिवारमा तीन जना सदस्य मात्रै थिए । छोराको नाम निर्जन थियो । निर्जन निकै ज्ञानी र असल स्वभावको थियो । ऊ कक्षामा सधैँ प्रथम हुन्थ्यो । टोल छिमेकका मानिसहरू निर्जनको आनीबानीकोे खुलेर प्रशंसा गर्दथे ।
‘एउटा सपनाको अवसान’ चैतमा
नाटक ‘एउटा सपनाको अवसान’ आगामी चैत १० गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रूपान्तरण रहेको नाटकलाई अनुप बरालले निर्देशन गर्दै हुनुहुन्छ । आत्महत्यामाथि बनेको नाटकको उद्देश्य कसैलाई उक्साउनु नभई, भौतिकवादी समाजको कठोर वास्तविक चित्रण गरी युवा दर्शकलाई सकारात्मक, रचनात्मक र अहिंसात्मक प्रतिक्रिया व्यक्त गर्न प्रोत्साहित गरोस् भन्ने हो ।
काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव
काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना गरिएको छ । नेसनल कलेज धुम्बाराहीले आयोजना गरेको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको थियो ।
सगुन अर्पण समारोह
तामाङ डाजाङ (मञ्च) र सेरो राग समूहले ‘तामाङ एल्बम दिवस’को सन्दर्भमा मातृभाषाका गायक/गायिका एवं संस्कृति, भाषा, कलाप्रेमीहरूबीच सगुन अर्पण समारोहको आयोजना गरेको छ । गायक चन्द्रकुमार मोक्तानले वि.स. २०४२ साल, फागुन १५ गते तामाङ भाषामा पहिलो गीति एल्बम ‘दुम्जला बजार’ तामाङ व्हाई भाग (१) बजारमा ल्याउनुभएको थियो । सोही सन्दर्भमा वि.स. २०६१ देखि तामाङ समुदायले हरेक वर्ष फागुन १५ गते साङ्गीतिक कार्यक्रम गर्दै तामाङ एल्बम दिवस मनाउँदै आएको छ ।
वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’
नेपाली भाषा साहित्यमा तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति साहित्यकार वैरागी काइँलालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।
‘दी कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन
जगदीश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित नाटक ‘दी कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन भएको छ । नाटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो । नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटक विमल सुवेदीले निर्देशन गर्नुभएको हो ।
‘चट्याङ सत्तरी’ आयोजना
सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष चट्याङ मास्टरको जन्मदिवसका अवसरमा सिस्नुपानीले ‘चट्याङ सत्तरी–२०७९’ कार्यक्रम आयोजना गरेको छ । पाठशाला नेपालको सभाकक्षमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रका व्यक्तिहरूले चट्याङ मास्टरलाई शुभकामना व्यक्त गर्नुभयो । सिस्नुपानीका जेठा संस्थापकको जन्मदिवसलाई उज्यालो पार्न माहिला संस्थापक थरेन्द्र बरालले शुभकामनास्वरूप दीप प्रज्वलन गरेपछि कार्यक्रम आरम्भ गरिएको थियो । कार्यक्रमको सुरुमै चट्याङ मास्टर र रमेश खकुरेलले संयुक्त रूपमा डा. मुकेश चालिसेद्वारा लिखित ‘मानिला मान्छेका धामा’ नामक कृति लोकार्पण गर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानका सदस्यहरुको मासिक पारिश्रमिकमा कटौती
नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिइँदैआएको मासिक पारिश्रमिक कटौती गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो ।
कलाकार जयनन्द लामाको सालिक निर्माण
स्वर्गीय गायक तथा कलाकार जयनन्द लामाको जन्मभूमि बाह्रबिसे नगरपालिका–३ धार्पाको थिङटोलमा १२ फिटको सालिक निमार्ण गरिएको छ । लामाको परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको सालिक निमार्ण गरिएको छ ।
सत्यमोहन जोशीलाई मरणोपरान्त 'नइ कीर्ति रत्न'
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त 'नइ कीर्ति रत्न' बाट विभूषित गर्ने निर्णय गरिएको छ ।
तीन स्रष्टालाई पुरस्कार
इन्द्रमोहन स्मृति–गुठी, धनकुटाले विभिन्न विधाका तीन स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला)ले गायक दीपक खरेल, साहित्यकार डा. राजेन्द्रप्रसाद अधिकारी र पत्रकार मोहन भण्डारीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने
नेपाली कविताका शिखर–साधक एवं मूर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवं मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानबापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।
मोक्ष प्राप्तिको चाहना नाटक ‘विमोक्ष’
मोक्ष प्राप्तिको चाहनालाई नाटकका रूपमा उजगार गर्ने नाटक ‘विमोक्ष’ आगामी फागुन १७ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन हुँदै छ । परिकल्पना तथा निर्देशन प्रवीण खतिवडाको रहेको ‘विमोक्ष’ नाटकमा घिमिरे युवराज नाटककार हुनुहुन्छ । श्रीमान्ले दिएको यातनाको गहिरो छाप छ मुमा हजुर (सगुना शाह)को स्मृतिमा । श्रीमान्को मृत्युपछि उनी आफूभन्दा निकै कम उमेरको युवा ‘कमल’सँग प्रेममा पर्छिन् । उनको त्यो प्रेमको दिगो हुँदैन । कमल उनीबाट टाढा भएको निकै वर्ष भइसकेको हुन्छ । उनमा अझै कमललाई भेट्ने चाहना र प्रयत्न छ ।
जय नेपाल हजुर [कथा]
प्रेरणाले सोधिन्, “दाजु, यहाँ तपाईंलाई कुर्न कोही छैनन् ?” उत्तर दिने क्रममा उनले भने, “यस्तो अवस्था त शत्रुलाई पनि आई नलागोस् । सानैदेखिको अभागी म... ।” उनले पूरा वाक्य बोल्न पनि सकेनन् । छेउमा उभिएकी मलाई पनि कौतूहल बढ्यो, कहाँ होला त यिनको घर ? के होला थर ? यस्ता गज्याङगुजुङ प्रश्नले मगज भरियो । वास्तविकता जान्नै पर्ने गरी हुटहुटी भयो ।
मेरा सोभियत सम्झनाहरू
‘रसियनमा श्रीमतीलाई ‘झेना’ भनिन्छ । हामीले ‘झेना’ भन्दा अब्दु हाँस्ने गर्थे । यसमा चाहिँ उनले मज्जा लिन्थे । अनि अरबियनहरू ‘पदगताभिचेल्नी फाकुल्चेत’ लाई ‘बदगताभितेल्नी फाकुल्तेत’ भन्थे । हामी हाँस्थ्यौँ । अरबियनमा ‘प र च’ उच्चारण हुने रहेनछ । स्पेनिशभाषी निकारागुआन र क्युबेलीहरूको ‘ज’ उच्चारण नहुने रहेछ, उनीहरू त्यसको साटो ‘स’ उच्चारण गर्थे ।’
एक गुमनाम चित्रकार
हरिप्रसाद वैद्यको नाम र कामसँग नेपाली समाज विरलै परिचित होलान् । भाइलेन वादनका एक नामुद कलाकारको परिचय चित्रकलामा पनि उत्तिकै गहकिलो रहेको छ । कलामा उहाँले उहिल्यै अनेकौँ काम गर्नुभयो तर उहाँको कामलाई अहिले हेर्नुपर्ने अवस्था आयो । चर्चा नखोज्ने काममै तल्लीन भइरहने अधिकांश नेपाली कलाकारको नियति–दोष नै यही हो ।