• ११ मंसिर २०८१, मङ्गलबार

कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का

blog

उपप्रधानमन्त्री खड्का कलाकारहरुलाई सम्मान गर्नुहुँदै ।

काठमाडौँ, असोज १६ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रको गौरव भएको बताउनुभएको छ । आज काठमाडौँको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रतिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताउनुभएको हो । 

कलाकारको गीत सङ्गीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठुलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कालाकारको कलाकारिताले देशमा सामाजिक न्यायको क्षेत्रमा समेत ठुलो परिवर्तनमा योगदान भइरहेकोसमेत बताउनुभयो ।

कतिपय खराब परम्परा बदल्न गीत सङ्गीत र कालाकारिताको नेपाली समाजमा ठुलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ । रक्षामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री खड्काले महिलाको हक अधिकारको पक्षमा बोल्ने र सामाजिक कुरीति तोड्नसमेत कलाकारिताको ठुलो योगदान भएको बताउनुभयो । 


समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबै खाले कुरीति हटाउन र समाज रुपान्तरण र पारिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।