पन्त पुरस्कृत
यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तलाई प्रदान गरिएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले पन्तलाई उक्त पुरस्कार अर्पण गर्नुभयो ।
‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले लेखक टंक वनेमको छैटौँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक गर्नुभएको छ ।
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा
टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभएको हो ।
समालोचक रामकृष्ण शर्मा
आफूमाथि गरिएका जस्तै आक्रमण पनि उहाँ ठन्डा मिजासले दूर गर्नु हुन्थ्यो । गुटबन्दीमा रामकृष्ण शर्माको विश्वास थिएन । सबै मानिसले मनमा लागेका
मनाइयो कथा दिवस
साहित्यिक पत्रकार सङ्घले नियमित रूपमा मनाउँदै आएको कथा दिवस यस पटक पनि विविध कार्यक्रम गरेर मनाइएको छ । ४२औँ कथा दिवसका अवसरमा ‘मैनालीका कथामा पूर्वीय आदर्श चेतना’ विषयमा विद्यावारिधि गर्नुभएका डा. घनश्याम पुडासैनीलाई ‘मैनाली कथा सम्मान’ प्रदान गरियो । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रममा कथाकार हिरण्यकुमारी पाठकले डा. पुडासैनीलाई सम्मान गर्नुभयो । यसैगरी सङ्घका आजीवन सदस्य रेखा यादवलाई सांसदजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएकोमा सम्मान प्रदान गरिएको थियो ।
पोइट आइडियलको उत्कृष्ट सातभित्र ‘मुनु’
कैलालीका मुनु अधिकारी कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो पोइट आइडियलमा उत्कृष्ट सात जनामा पर्न सफल हुनुभएको छ ।
जीवन र साहित्य
रिचर्ड डार्क नामक अङ्ग्रेज लेखकले एक ठाउँमा लेखेका छन्– “कसैले मलाई साहित्य किन अध्ययन गर्छौ भनेर सोधे, ‘खान लाउनका निमित्त सर्वथा अनुपयोगितारूपी अमोल गुणयुक्त हुनाले म साहित्यको अध्ययन गर्दछु’ भन्ने उत्तर दिन्छु । यो निकम्मा छ तसर्थ म यसलाई रुचाउँछु ।
तरुल बनेको दुःस्वप्न
एउटा बहुतै गुह्य कुरा उसले सोचेको छ । छ वा छैन त्यो बाहिरबाट हेर्दा देख्न सकिन्नथ्यो तर ऊ स्वयं मान्थ्यो एउटा छ– केही गुह्य जुन सहजै प्रकट हुन मानिरहेको छैन । प्रकट हुन नमान्ने भएपछि उसले भित्रभित्रै त्यसलाई अनुभूत गथ्र्यो ।
रहजनी (कथा)
भात खाएर बुइँगलबाट ओर्लंदा–ओर्लंदै तल दैलोमा कलवेल दबाएको उसले सुन्यो । मुखै नपुछी हत्तनपत्त ऊ झ्यालबाट नियाल्न पुग्यो । नभन्दै त्यहाँ वारिस भन्ने नजिकैको टोलको टोले झ्यालमा आउनेलाई पर्खंदै मुन्टो माथि उचालेर उभिइरहेको थियो । यो उसको वास्तविक नाम होइन, उपनाम हो । कसै–कसैको उपनामले नामलाई नै निल्छ । ऊ उपनामले चिनिँदै जान्छ र उसको नाम चाहिँ कतै हराउँछ ।