• ११ मंसिर २०८१, मङ्गलबार

स्रष्टा सम्मानित

blog

काठमाडौँ, असोज २२ गते । प्रेमध्वज प्रधान फाउन्डेसनले प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

प्राज्ञ उन्नति बोहरा ‘शीला’, प्राज्ञ प्रदीप बम्जन, गायक आनन्द कार्की, कलाकार रमेशनाथ खनाल, नायकहरू कृष्ण मल्ल र रवीन्द्र खड्का, आध्यात्मिक अभियन्ता शोभिता सिम्खडा, विश्व कीर्तिमानी डा. डी आर उपाध्याय, कवि विसन थापा, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, साहित्यकारहरू जलेश्वरी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, देवीभक्त श्रेष्ठ, फूलमान बल, युवराज अधिकारी, र लाक्पा फुटी शेर्पालाई सम्मान गरिएको थियो । 

यसैगरी बुद्द शान्त पार्क निर्माणमा सहयोगी हातहरु समाजसेवी शंकरराज पाण्डे, विनन्द बैद्य, सुन्दर श्रेष्ठ, सुर्जुदेवी बज्राचार्य, रुकशाना महर्जन, गणेशमाया महर्जन, राम श्रेष्ठ, मंगलदास श्रेष्ठ, कल्याण दवाडी रजनी मल्ललाई पनि कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष शान्तबहादुर शाक्य, सर्जकहरू प्राज्ञ उन्नति बोहरा, प्राज्ञ प्रदीप बम्जन, रमेशनाथ खनाल, कृष्ण मल्ल, शोभिता सिम्खडा, अशोक प्यासी राई र देवीभक्त श्रेष्ठले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो भने साहित्यिक पत्रकार सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उद्देश्य र महìवमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र साहित्यिक पत्रकार सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीलाई मायाको चिनो प्रदान गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो ।