टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एक इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।
हराएका ४० लाख बराबरका सामान हस्तान्तरण
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारी साधनमा छुटेका रु. ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
सात दिनपछि युवतीको शव उत्खनन
सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गा मुस्लिम बस्तीमा सात दिनअघि गाडिएको युवतीको शव आइतबार प्रहरीले उत्खनन गरेर निकालेको छ ।
खुकुरी प्रहार गर्ने तीन पक्राउ
दाङमा प्रहरीले धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१५ गोरखा हस्पिटल रोडनजिकै हिडिरहेको अवस्थामा २१ बर्षीय कृतिक बुढामगरमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
खवाङ्गमा आमाछोरा मृत फेला
नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
युवतीको शव कब्रस्थानबाट निकालेर परीक्षण गरिँदै
सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गामा छ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको छ ।
कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ
बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय वरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ
टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरूमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
गोरु काटेको आरोपमा तीन पक्राउ
कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।
कल्भर्टमुनि फेला परेको शवको पहिचान खुल्यो
बाँकेको नरैनापुरमा बिहीबार कल्भर् मुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।
प्रहरीद्वारा गोली हानी व्यक्तिलाई नियन्त्रण
बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकासजङ्ग रानालाई शुक्रबार बाँकेको जानकी गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
एक करोडभन्दा बढीको चोरी, सात जना पक्राउ
उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपियाँ बराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौँका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिनुभयो ।
जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद
तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एकसय ६५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।
तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी
नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।
श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते
महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो ।
मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु
नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
अवैध विस्फोटक पदार्थ बरामद गरी नष्ट
सीमा क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित विस्फोटक पदार्थहरु प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
११ किलो सुन प्रकरणमा थप एक महिला पक्राउ
दोलखाको बिगु गाउँपालिका–१ जामुनेबाट बरामद भएको ११ किलो अवैध सुन अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टोमार्फत कारोबार भएको खुलेको छ ।
लुटपाट गर्ने दुई जना पक्राउ
सस्तोमा मोटरसाईकल मिलाइदिन्छु भन्दै जङ्गलमा लुटपाट गर्ने व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
तिहार मान्न घर आएका सैनिक जवानमाथि कुटपिट
बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ ।
विभिन्न कसुरमा १२५ जना पक्राउ
चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हालसम्म विभिन्न कसुरमा १२५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
इन्जिनियर सत्याललाई तीन वर्ष कैद
विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।