पछिल्लो दुई हप्तामा चोरी अपराधका ५० मुद्दा दर्ता
नेपाल प्रहरीको पछिल्लो एक तथ्याङ्क अनुसार दसैँ अवधिमा मात्रै चोरी अपराधमा ५० वटा मुद्दा दर्ता भएको छ ।पछिल्लो दुई हप्ताको अवधिमा डाका चोरीका जम्मा ६ मुद्दा, नकबजनी चोरीका सात र साधारण चोरीका जम्मा ३७ गरी जम्मा ५० मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
श्रीमतीको हत्या गर्ने युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता गंगाबहादुर थापाका अनुसार २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा वर्ष २६ का श्रीमान् विनयकुमार चमारलाई प्रहरीले पक्राउ गरेको हो ।
मुगु सामूहिक हत्या भएको हप्ता दिन पुग्दा पनि अनुसन्धानको टुङ्गो लागेन
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ ।
एक थान पेस्तोल र तीन थान गोलीसहित दुई जना पक्राउ
एक थान पेस्तोल, तीन थान गोली, ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई सय ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्चले रिगलविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा निर्णय सुनाउने भएको छ ।
नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ
काठमाडौँ, कात्तिक १५ गते । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रुपेश सर्राफको हत्यामा संलग्न पाँच जना सार्वजनिक
कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
गोठाटारमा एक राउण्ड गोली चल्यो, भारतीय नागरिक घाइते
काठमाडौँको गोठाटारमा एक राउण्ड गोली चलेको छ । गोलीबाट एक जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँ-३ गोठाटारमा लागू औषधको कारोबार भईरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीमाथि करिब साढे एक बजे लागू औषध कारोबारीले आक्रमण गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो ।
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ
काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सर्वोच्चमा रिगलविरुद्धको मुद्दामा सुनुवाइ जारी
सर्वोच्च अदालतमा योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।
बन्चरोले हानेर श्रीमतीको हत्या
स्याङ्जाको चापाकोट ७ मा श्रीमानले बन्चरो प्रयोग गरेर श्रीमतीको हत्या गरेका छन् । यहाँको खासा बस्ने ५० वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई हत्या गरेको घाँटीमा बन्चरो प्रहार गरेर हत्या गरेका हुन ।
रिगलकाे कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज हुँदै
काठमाडौँ, कात्तिक १५ गते । सर्वोच्च अदालतले योगराज ढकाल [रिगल] कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि आज [बुधबार] हुने भएको छ ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । मगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गर्नुभएको थियो ।आज बाँकी सुनुवाइ हुनेछ ।संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मगलबारका लागि सुनुवाइ तय गरिएको थियो ।गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।
मदनचोकबाट पाँच जुवाडे पक्राउ
प्रहरीले बाँकेको कोहलपुर नगरपालिका –३ मदनचोकबाट दिउँसो नगद रकमसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या, एक युवतीसहित छ जना पक्राउ
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलबार हिन्दु परम्पराअनुसार दाह संस्कार गरिएको छ ।
इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान
दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।
मानव बेचबिखनको आरोपमा प्रहरी नै पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबारनै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ : प्रदेश प्रहरी
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।
प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी
आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो
गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो । गाँजाको लत लागेका व्यक्तिहरुले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे ।
शौचालयबाट भाग्ने अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न लगेको समयमा शौचालयबाट भागेका अभियुक्त पक्राउ परेका छन् ।
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २३ जना पक्राउ
हरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ ।
मोटरसाइकलसहित डेढ लाख बराबरको सामग्री बरामद
यहाँस्थित नेपाल–भारत नाकाबाट तस्करी निरन्तर जारी रहेको पाइएको छ । सशस्त्र प्रहरीले पटक–पटक नाकाबाट अवैध सामान बरामद गर्दै आए पनि तस्करले अवैध आयातलाई बन्द गरेका छैनन् ।
फरार अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।