• १२ साउन २०८१, शनिबार

करणी गरी हत्या गर्ने खाँ पुर्पक्षका लागि जेल चलान

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १२ गते । किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस् खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

कात्तिक १७ गते जिल्लाको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने बाँकेको खजुरा घर भई विगत पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका खाँ  पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहस पश्चात् अदालतले पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

उनलाई जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको थियो ।