इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु
हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो ।
चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनलाइन मार्फत यौन व्यवसाय चलाउने गिरोहका नाइकेहरू पक्राउ
काठमाडौँका विभिन्न स्थानमा रहेर अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्दै आएका गिरोहका नाइकेहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
वडाध्यक्षलाई घरमै थुनेर आग्जनी
धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा अज्ञात पक्षले शनिबार राती आगजनी गरेको छ ।
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु भएको हो ।
कुचोको डाँठले हिर्काउँदा बुबाको मृत्यु, छोरा पक्राउ
बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् । कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।
खाद्य संस्थानको कोठाभित्र शव फेला
हेटौँडा–२, चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ ।
टिकट चोरीको घटनामा थप एक जना पक्राउ
जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
गुल्मीमा चोरीका घटना बढ्दो तर पक्राउ पर्दैनन् चोर
गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।