• १४ जेठ २०८१, सोमबार

कुचोको डाँठले हिर्काउँदा बुबाको मृत्यु, छोरा पक्राउ

blog

नवलपरासी पूर्व, मङ्सिर १७ गते । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् । कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।

मध्यविन्दु नगरपालिका–१० टाँडी बस्ने रुपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका हुनुभएको थियो । गम्भीर घाइते होमबहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी चौकी अरुणखालाबाट खटिएको प्रहरीले रुपेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।