• १२ असार २०८१, बुधबार

बालविकासका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर  १५ गते । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार मल्लले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली (झुट्टा) शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ । 

उनले सो प्रमाणपत्र पेस गरी बर्दगोरीया गाउँपालिका ४ स्थित सो विद्यालयमा सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेकाले कैद र जरिवाना हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।