बालयौन दुराचारको आरोपमा शिक्षक प्रकाउ
गुल्मीमा विद्यार्थीलाई बालयौन दुराचारको आरोपमा एकजना शिक्षक प्रकाउ परेका छन् ।
रातको समयमा चोरी गर्ने ६ जना पक्राउ
प्रहरीले विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरेको छ ।
ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु
पूर्व पश्चिम राजमार्गको मकवानपुर मनहरी गाउँपालिकाको रमनाटारस्थित सडक खण्डमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ ।
दुई नाल भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
मकवानपुरको बकैया गाउँपालिका-११ स्थित सिमलट्वाकबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पाँच हजार मिटरब्याजपीडितका समस्या समाधान
सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ ।
भिजिट भिसाको नक्कली कागजपत्र बनाउने गिरोहका ३२ जना पक्राउ
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
मुद्दा मिलाइदिने भनी ९९ लाख बढी ठगी गर्ने पक्राउ
मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरुद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !
प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पु¥याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
बैङ्किङ कसुर मुद्दाका फरार दुई जना पक्राउ
बैङ्किङ कसुर मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानीनोक्सानी तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अनलाइनमार्फत दश लाख बढी ठगी गर्ने दुई पक्राउ
प्रहरीले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममार्फत रकम ठगी गर्ने कार्यमा सङ्लन्न दुई जनालाई पक्राउ गरेको छ ।
दुबई पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने पक्राउ
दुबईमा वैदेशिक रोजगारीमा पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ पक्राउ परेका छन् ।
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ ।
छोराले गरे आमालाई घरनिकाला, श्रीमानको काजकिरियासमेत घरबाहिर नै गर्न बाध्य
गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउनेपानीमा छोराहरूले आमालाई घरनिकाला गरेका छन् । यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गर्नुभएको छ ।
सवारी दुर्घटनामा दुई युवतीको मृत्यु
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल हुनुहुन्छ ।
दुई केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकपोष्ट रसुवाबाट काठमाडौं तर्फ आउँदै बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीमा यसअघि फेला परेको दुई किलोग्राम सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अनुसन्धान विभागका अधिकृतविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।
एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ
मकवानपुरमा रु. एक करोड फिरौती मागेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो ।
पेस्तोल र गोलीसहित पक्राउ परेका तीन जना सार्वजनिक
मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ परेको तीन जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कार्यालय परिसरमा शनिबार हतियारसहित पक्राउ परेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वर्ष ३३ का निश्चल पौडेल, वर्ष ३५ को गणेश घले र वर्ष ३० को प्रितम क्षेत्रीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने खाँ पक्राउ
बाँके प्रहरीले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा फहद खाँलाई पक्राउ गरेको छ ।
नवलपुरमा मिटरब्याज पीडित र पीडकको जुहारी
गोरखापत्रले गत भदौ १४ गते जिल्लामा मिटरब्याजीको पोल खोलिदिएपछि अहिले यो व्यापक चर्चाको विषय हुन पुगेको छ ।