रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
बञ्चरो प्रहारबाट एक जनाको हत्या
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा बञ्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ वर्षीया अमृता बुढाको हत्या भएकोे प्रहरीले जनाएको छ ।
वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध आफू जिवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ ।
तीनकुने पुगेका व्यवसायी प्रसाईंका समर्थक पक्राउ
व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
दिल्ली बसेर नेपालमा अनलाइन ठगीधन्दा
अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो ।
शिक्षक र अहेवविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।
श्रीमानले गरे श्रीमतीको हत्या
झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमानले बुधवार राति श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
ठगी गिरोहका नाइके सुनारको घरबाट रकम बरामद
कैलालीस्थित धनगढीमा कार्यालय सञ्चालन गरेर अनलाइन ठगी आरोपमा पक्राउ परेका ह्याकर गिरोहका प्रमुखको घरबाट ठुलो परिमाणको रकम बरामद भएको छ ।
बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान
काठमाडौंको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ । बिहीबार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खु चोकमा दुर्गा प्रसाईंको समूहले ढुङ्गाप्रहार गरेको हो ।
फलामको रड प्रहार गरी बुबाको हत्या
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ शिखरडाँडा निवासी ३२ वर्षीय दावा घिसिङले फलामको रड प्रहार गरी बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको हत्या गरेका छन् ।
श्रीमती र छोराको हत्यापछि आत्महत्या
धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
करणीको आरोपमा तीन पक्राउ
१७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले तीन जनालाई पक्राउ गरेको छ ।
भरतपुरमा बोराभित्र महिला पुरुषको शव फेला
चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ ।
वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध नौ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध नौ लाख १४ हजार २८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मन्दिरबाट चोरिएका गहनासहित एक पक्राउ
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् ।
रसुवागढी नाका सुन तस्करी हव बन्दै
पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।
गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।
लागुऔषधसहित युवा पक्राउ
अर्जुनचौपारी गाउँपालिका–१ रैतमा लागूऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २८ वर्षीय दिलबहादुर क्षेत्रीले घरमा लुकाइछिपाई राखेको अवैध लागूऔषधलाई गोप्य सूचनाको आधारमा पहरीले पक्राउ गरेको हो ।
स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध
नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –८, जुटपानीमा मङ्गलबार अपरान्ह स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ ।
आलु र कोदोको बोरामा काठमाडौँ लगिन्थ्यो सुन
दोलखाबाट सुन तस्करीमा संलग्नहरूले सुनको भुक्तानीसहित ठुलो मात्रामा विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । चीनको रोङजिया नाका हुँदै भएको सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक सङ्गठित सञ्जाल खडा गरेर तस्करी भएको अनुसन्धानका क्रममा खुलेको छ ।
माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मङ्गलबार दुई वटा दर्ता भएको हो ।
अख्तियारद्वारा सर्वोच्चमा चार करोडको भ्रष्टाचार मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
दाङमा बस्नेत दाजुभाइ मृत फेला
दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।