क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।
कस्तुरीको बिना बरामद
नेपालगन्जको सीमा क्षेत्रबाट प्रहरीले कस्तुरीको बिना बरामद गरेको छ। भारतबाट नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरीले जमुनाहा नाकाबाट पाँच थान कस्तुरीको बिना बरामद गरेको हो।
चुनढुङ्गा भ्रष्टाचार मुद्दामा पुनरावेदन
सरकारसँग कबुलियत गरेभन्दा बढी चुनढुङ्गा निकालेका उद्योगीलाई उन्मुक्ति दिने सरकारी अधिकारीलाई सफाइ दिने गरी विशेष अदालतबाट भएको फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहमति जनाएको छ । आयोगले गत २०७८ माघ १२ गते उनीहरूविरुद्ध एक अर्ब २६ करोड १९ लाख रुपियाँ राज्यकोषमा नोक्सान पारेको दाबीसहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुङ्गा निकालेका सिमेन्ट उद्योगसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएकाहरूलाई विशेष अदालतले गत चैत ३ गते सफाइ दिएको थियो । विशेष अदालतको उक्त फैसलाप्रति असहमति जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । राज्यकोषमा ठुलो रकम नोक्सानी हुँदा र उनीहरू त्यसको निर्णय प्रक्रियामा सहभागी हुँदासमेत विशेष अदालतले सफाइ दिने भनी गरेको निर्णय त्रुटिपूर्ण भएको आयोगको दाबी छ ।
६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूह संलग्न
विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनाहरुमा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूहको संलग्नता देखिएको छ ।
अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
बुढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित पसी लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महिलाको हत्या गरी फरार व्यक्ति सात वर्षपछि पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
रामेछापमा विद्यालयबाट घर फर्किदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।
घरायसी विवादमा बाबुको ज्यान गयो, छोराहरू पक्राउ
छोराहरूसँगको विवादमा धकेलाधकेल हुँदा पाँचथरको कुम्मायक गाउँपालिका १ गैरीगाँउका ८३ वर्षीय चन्द्रमान तामाङको ज्यान गएको छ ।
नाबालिका दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी दुबईबाट पक्राउ
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा साथी बनी कुराकानी गर्ने क्रममा अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिने ३३ वर्षीय सगीर अहमदलाई दुबईबाट पक्राउ गरेको छ ।
हत्या आरोपमा तीन जना पक्राउ
लुटपाटपछि वृद्धाको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–३ की ८२ वर्षीय बालामाया सुनुवारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
स्पा सेन्टरबाट सात जना पक्राउ
नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमध्ये अधिकांशमा अवैध गतिविधि हुने गरेको जनगुनासो पटक पटक आएपछि प्रहरीले ती स्पा सेन्टरमा छड्के गरेको छ।
डलर साटिदिने बहानामा लुटपाट
काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
मिटरबक्स ल्याउँछु भन्दै ठगी
बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनी ठग्ने सुमन बास्कोटाविरुद्ध स्थानीयले उजुरी दिएका छन् । सुनकोशी गाउँपालिका-१ को ढेबुवाघाट माझी बस्ती, साँधी र भिरगाउँका स्थानीयलाई मानेभञ्ज्याङ गाउँपालिका-६ थाक्लेका बास्कोटाले मिटरबक्स ल्याइदिन्छु भनेर रकम ठगी गरेका हुन् ।
बालविवाह गर्ने बेहुलासहित पाँच जना पक्राउ
नवलपुरमा जबर्जस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।
नक्कली भिजिट भिसा बनाउने वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।
स्रोत नखुलेको १६ लाख नगदसहित एक व्यक्ति पक्राउ
स्रोत नखुलेको १६ लाख १० हजार रुपियाँसहित सशस्त्र प्रहरीले मंगलबार विराटनगरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जना पक्राउ
प्रहरीले साउदी अरब पठाउने भनी रकम ठगी गर्ने म्यानपावर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक नवलपरासी स्थायी घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र काभ्रेपलाञ्चोकका ४० वर्षीय सोफि मल्ललाई पक्राउ गरिएको छ ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।
नौ हजार गाँजाको बोट नष्ट
लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।