रियल गोर्खा बचत ठगी प्रकरण : पीडितलाई सम्पर्कमा आउन अनुरोध
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
बाबुले गरे छोराको हत्या
इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
दिनको समयमा चोरी गर्ने चार जना पक्राउ
प्रहरीले ललितपुर महानगरपालिका वडा नं. १२ मंगलबजारस्थित रामबहादुर नेपालीको घरमा चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा पाँच जना विरुद्ध पत्र दायर
नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ तथा हानी एवम् सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको छ ।
वन अधिकृतविरुद्ध एक करोड २५ लाख भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
फरार अभियुक्त तीस वर्षपछि पक्राउ
कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । वि.सं.२०५० मा कसुर गरेर फरार रहेका उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो ।
मारेर बोरामा फालेका दुई शवको पहिचान खुल्यो
मारेर बोराभित्र फालेको शवको पहिचान खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको चितवन प्रहरीले जानकारी दिएको छ ।
प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ
चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
रानीबासमा प्रहरी चौकी स्थापना
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर–४, रानीबासमा प्रहरी चौकी स्थापना भएको छ । यहाँ रहेको बलेचौर प्राथमिक विद्यालय भवनमा प्रहरी चौकी रुरु स्थापना भएको हो ।
सप्तरीलाई गाँजा तस्करको ट्रान्जिट बन्न नदिने
गाँजा तस्करीको लागि सप्तरीको बाटो प्रयोग गर्न नदिन नेपाल प्रहरी संवेदनशील छ। गत वर्ष १२ महिना लगाएर पक्राऊ गरेको गाँजा यो वर्ष हामीले ६ महिनाभित्रै पक्राउ गर्न सकेकोले गाँजा तस्करी गर्न सप्तरीको बाटो प्रयोग गर्ने गिरोहहरूलाई निरुत्साहित गरी गाँजा तस्करी नियन्त्रण गर्ने लक्ष्य लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।
आफन्तले शव बुझेपछि सर्लाहीकाे अवस्था सामान्य
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् ।
काठमाडौँमा गाँजा मिसाएर केकको व्यापार
अवैध लागूऔषध गाँजा मिसाइ केक व्यापार हुने गरेको खुलासा भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले इन्स्ट्राग्राममार्फत एक अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिम लगायतको केक बनाउँदै बिक्री गरेको पाइएको जनाएको छ ।
असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विमानस्थलबाट एक किलो तीन सय ग्राम सुन बरामद, महिला पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही घटना: मृतकको शव अझै घटनास्थलमा, प्रशासन र पीडित परिवारबिच वार्ता जारी
सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका शिवशङ्कर साहको शव तीन दिनदेखि घटनास्थलमै छ ।
नाबालिग छोरीलाई यातना दिने बाबु पक्राउ
नाबालिग छोरीलाई यातना दिने बाबुलाई मकवानपुर प्रहरीले शनिवार पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरागरि बस्ने महोत्तरी एक डाँडा–३ का २७ वर्षीय रामजी मण्डललाई आफ्नी साढे ४ वर्षकी नाबालिग छोरीमाथि निर्मम यातना दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
हजार केजी गाँजासहित पक्राउ
बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चौकबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
बालिका र महिलालाई यौनधन्दामा लगाउने तीन जना पक्राउ
प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौंको शंखमुल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई पक्राउ गरेको हो ।
सर्लाही घटना: भोली बिहान ८ बजेसम्म निषेधाज्ञा
सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बरहथवा घटना: मृतक युवकको शव अझै घटनास्थलमा
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।
मोबाइल फोनबाट धम्की दिई ५० लाख माग गर्ने पक्राउ
मोबाइल फोनबाट धम्की दिई लाखौँ रकम माग गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्त कसुरमा रौतहटको फतुवाविजयपुर नगरपालिका–८ निवासी ३४ वर्षीय भगवान् साह पक्राउ परेका हुन् ।
विमान चालक सम्राटविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उहाँविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
बर्दियाको बढैयाताल गाउँपालिका-६ मैनापोखरीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ
प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो ।