श्रीमतीको हत्या गरी फरार लिम्बु पक्राउ
श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामुदायिक वनमा काँचा सालका रुख कटानी
कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो ।
बन्दुक देखाएर सुन व्यापारीमाथि लुटपाट
कपिलवस्तुमा हतियार देखाएर सुन व्यापारीमाथि लुटपाट भएको छ । पसल बन्द गरी घर फर्किँदै गरेको अवस्थामा बिहीबार साँझ ५ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
महोत्तरीमा लाखौंको धनमाल लुटपाट
महोत्तरीको दक्षिणवर्ती मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ ।
असफलले गरे श्रीमतीको हत्या, सासू र छिमेकी घाइते
आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाकको ज्यान गएको छ ।
बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश
बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।
भन्सार छली ल्याएका गाडीहरू बरामद
प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएका नौ गाडीहरू बरामद गरेको छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने दुई पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
भ्रष्टाचार मुद्दामा प्रहरी सहायक निरीक्षक भण्डारी पक्राउ
प्रहरी चौकी खडैया, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी पक्राउ परेका छन् ।
‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ
क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजित हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
गैँडा तस्करी अभियोगका चार जना फरार अभियुक्त पक्राउ
गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
किशोरीलाई सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ८ सिद्धिपुरस्थित हिलेखोलाको जङ्गलमा एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।
बजारमा मिसावट नुन तेल पाइएपछि परीक्षण गरिँदै
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल र नुनको गुणस्तर परीक्षणका लागि खाद्य, प्रविधि तथा गुुणस्तर विभागमा पठाएको छ । आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा आवश्यकताभन्दा बढी प्रयोग भएको र खानेतेलमा मिसावट भएको भन्ने उजुरी परेपछि विभागले सम्बन्धित कम्पनी र उद्योगबाट नमुना सङ्कलन गरेर परीक्षणका लागि खाद्य प्रविधि विभागमा पठाएको हो ।
अवैध लागू औषध गाँजा मिसाई केक तयार गर्ने दुईजना पक्राउ
अवैध लागू औषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तपस्वी बम्जनबाट तीन करोडभन्दा बढी नगद बरामद
प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई पक्राउ गरेको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ ।
सन्दीप लामिछानेको सजाय आज तोकिँदै
बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने भएको हो ।
गेउरिया पुल नौ वर्षदेखि अलपत्र : ठेकेदारलाई कारवाही भएन
मोरङको कानेपोखरी गाउँपालिका र रङ्गेली जगरको सिमानामा पर्ने गेउरिया खोलाको पुल निर्माण सातौँ पटक रोकिएको छ । गत असारमा पुल ढलान गरेर सम्पर्कविहीन भएको निर्माण कम्पनी त्यसयता काममा फर्किएको छैन ।
सर्वोच्च अदालतमा पुनरावेदन
तत्कालीन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध आफूले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
रामबहादुर बम्जन पक्राउ
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा ठगीको आरोपमा चारजना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् ।
विद्यालयको कम्प्युटर चोरी
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक विद्यालयको कम्प्युटर चोरी भएको छ । मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयमा रहेको कम्प्युटर चोरी भएको हो ।
असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका एक पक्राउ
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जन्मकैदको सजाय पाएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ।
केएमसी चिकित्सक निलम्बन: समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा.विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ ।
सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टीकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।