छ सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने पक्राउ
युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित थापा पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ ।
लेकसाइडमा पर्यटकलाई दुःख दिने ६ जना पक्राउ
पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
माल्टा पठाउने भनी छ लाखभन्दा बढी ठगी गर्ने पक्राउ
प्रहरीले माल्टा पठाउने भनी छ लाख १८ हजार रुपियाँ ठगी गर्ने ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
जबरजस्तीकरणी गरेको आरोपमा खोटाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।
कर छलीमा भाटभटेनी दोषी
सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको फैसला पूर्ण इजलासले पनि सदर गरेको हो । राजस्वसम्बन्धी पुनरवलोकनको उक्त विवाद मङ्गलबार सर्वोच्चको पूर्ण इजलासले टुङ्गो लगाएको हो । नक्कली बिल बिजकसँग सम्बन्धित ठुला व्यावसायिक घरानाका सयभन्दा बढी विचाराधीन मुद्दालाई समेत मार्गदर्शन गर्ने गरी पूर्ण इजलासले फैसला गरेको हो ।
गाडीको ठक्करबाट एकको मृत्यु
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ । बा १८ च ५८२९ नम्बरको नवीन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो ।
अनलाइन गेम खेलाउने सात जना पक्राउ
प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ ।
एक अर्ब ४९ करोडभन्दा बढी ठगी गर्ने पक्राउ
प्रहरीले अनलाइन ठगी गरी रकमान्तर भएका खाताको व्यवस्थापन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
मालपोत अधिकृतविरुद्ध चार करोड ४० लाखको भ्रष्टाचार मुद्दा
भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोड ४० लाख १५ हजार ९२५ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लीला डाँगी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
कतार पठाउने भनी दुई लाख ९० हजार ठगी गर्ने पक्राउ
प्रहरीले कतार पठाउने भनी दुई लाख ९० हजार रुपियाँ रकम ठगी गर्ने २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।
भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ ।
ककनी गौरीवन सहकारीमा ८६ लाख बढी रकम ठगी
ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेड ओखलढुङ्गाले हाल सम्म ८६ लाख भन्दा बढी रकम ठगी भएको पाइएको छ । सहकारीले बचतकर्ताको ४६ लाख ८७ हजार ५८६ र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ३९ लाख ८५ हजार १३९ गरी ८६ लाख ४५ हजार ७०७ रुपैयाँ रकम ठगी भएको पाइएको हो ।
एटिएम फोड्न खोज्ने एक पक्राउ
कास्की प्रहरीले बैङ्कको एटिएम फोड्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध २८ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा
मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित २८ लाख ६२ हजार ४५९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
रुकुमपश्चिम ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काम नगर्ने बाइस वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।
भिजिट भिसा प्रकरण : अनुसन्धान प्रतिवेदन बुझाइयो
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो ।
मकाउ पठाउने भनी साढे दुई लाख बढी ठगी गर्ने पक्राउ
प्रहरीले मकाउ पठाउने भनी दुई लाख ७० हजार रुपियाँ ठगी गर्ने काठमाडौँका पृथ्वी राज सिग्देललाई पक्राउ गरेको छ ।
प्रहरी सहायक निरीक्षक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा
प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राहदानी विभागका तत्कालीन इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा
राहदानी विभाग, त्रिपुरेश्वरको परिचयपत्र शाखामा कार्यरत तत्कालीन कम्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।