पोर्चुगल पठाउने भन्दै आठ लाख ठगी गर्ने पक्राउ
प्रहरीले पोर्चुगल पठाउने भन्दै आठ लाख ३० हजार रुपियाँ रकम ठगी गर्ने २६ वर्षीय समीरकुमार कर्णलाई पक्राउ गरेको छ।
मेलम्ची खानेपानीका पूर्व बोर्ड अध्यक्षसहित १५ जना बढीविरुद्ध करोडौँको भ्रष्टाचार मुद्दा
मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसहित १५ जनाभन्दा बढीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जाजरकोटमा भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि
जाजरकोटमा भूकम्प पछिका त्रिपालमा बस्दै आएका महिलाहरू यौन हिंसामा पर्ने क्रम बढ्दै गएको पाइएको छ । भूकम्प पछि त्रिपालमा बस्दै आएका भूकम्प जाजरकोटको नलगाड नगरपालिकाकी एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत हुनु भएको छ ।
आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु
बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।
सरकारी छाप र जरायोको सिङसहित तीन जना पक्राउ
पोखरामा सरकारी कार्यालय, सङ्घ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जङ्गली जनावरको सिंङ सहित तीन जना पक्राउ परेका छन् ।
विद्यार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना
पछिल्लो समय आत्महत्याको सङ्ख्या बढ्दो रूपमा रहेको तथ्याङ्कले देखाएको छ । यसको न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले पहल सुरु गर्नु पर्ने देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै प्रशिक्षण कक्षा सञ्चालन गरेको छ ।
गोली प्रहार गरी महिला प्रहरीको हत्या
दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उहाँका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ।
फोहोर टिप्ने बाहानामा दिउँसै चोरी : पाँच जना पक्राउ
फोहोर टिप्ने बाहानामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।
बलात्कार आरोपमा नितेश पक्राउ
प्रणय दिवस तथा सरस्वती पूजाको दिन कक्षा–९ मा पढ्ने छात्रालाई लहानस्थित साथीको डेरामा ल्याएर बलात्कार गर्ने सुखीपुर नगरपालिका–२ का मनिकलाल यादवका छोरा वर्ष १८ का नितेशकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
विभिन्न बहानामा करोडौँ ठगी गर्ने चार प्रक्राउ
विभिन्न बहानामा कराेडौँ ठगी गर्ने चार जना प्रक्राउ परेका छन् ।
भुइँमा पछारेर आठ महिनाको नाबालकको हत्या
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । नाबालकलाई भुइँमा पछारेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
विकल र सुनिललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
व्यवस्थित बन्दै कारागार अस्पताल, छ महिनामा २० हजार कैदीबन्दीको उपचार
नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् ।
टाटा सुमोमा लुकाई राखेको चार सय ६ केजी गाँजा बरामद
सुनसरीको वराहक्षेत्र ९ राजाबासस्थित कोशी किनारमा टाटा सुमो गाडीमा लुकाई राखेको ४०६ केजी ९४० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
तेल बोक्ने ट्याङ्करमा ५९४ केजी गाँजा
साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ५९४ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । डिजेल/पेट्रोल बोक्ने ट्याङकरमा गाँजा धरानतर्फ लैजाँदै गदै गर्दा तीन भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
करोड बढी रकम अपचलन गर्ने प्रभु बैङ्कका कर्मचारी विरुद्ध मुद्दा दर्ता
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले एक करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको ।
छ केजी सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ
कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो ।
डडेल्धुरामा एक बालिका पटक-पटक बलात्कृत
आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटक-पटक बलात्कृत हुनु परेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घटना खुल्न आएको हो ।
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
१३ वर्षपछि सामूहिक जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
सामूहिक जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई १३ वर्षपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।
करिब दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैङ्कको ट्याग !
सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।