उपत्यकामा लुटपाट चोरी र ठगी गर्ने पक्राउ
काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
नापतौल यन्त्र ठगी गर्नेलाई जरिबाना
नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो ।
प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नापी कार्यालयका सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामविर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट अवैध हातहतियार बरामद
चोरी सिकारीमा प्रयोग भएको दुई थान अवैध बन्दुकसहितको हातहतियार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेको छ।
श्रीमानको कुटाइले एक महिला घाइते
ताप्लेजुङमा श्रीमानको कुटपिटबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका दिलबहादुर बस्नेतको कुटपिटबाट २६ वर्षीया मनमाया शेर्पा (बस्नेत) घाइते हुनुभएको हो ।
नाबालिका करणी गरेको आरोपमा २ जना पक्राउ
नाबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ र ईश्वर चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सन्दीपले बाहिरै बसेर मुद्दा लड्न पाउने
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन्।
फिल्ड निर्माण योजनामा अनियमितता : प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हुम्ला चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नागार्जुन घटना : तीन जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का
काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ ।
डर, त्रास तथा धम्की दिई ५० लाख माग्ने दुई जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सीतापाइलामा एकै परिवारका तीनको हत्या
काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले सीतापाइलमा एकै परिवारका तीन जनाको हत्या भएको जानकारी दिनुभयो ।
सिमकोटमा बढ्दै चोरीका घटना
पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोट बजारमा चोरीका घटनामा वृद्धि भएको पाइएको छ । दिउँसो र राति घरमा कोही नभएको समयमा चोरी हुने क्रम बढेको हो ।
किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग
पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ ।
जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
छोराको कुटाइबाट आमाको मृत्यु
छोराको कुटाइबाट घाइते हुनुभएकी धरान उपमहानगरपालिका-११ कुविर्ता चोककी रमनसरी राईको मृत्यु भएको छ ।
आठ सय ५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् ।
पूर्वी चितवनमा छुरा प्रहार गरी युवकको हत्या
पूर्वी चितवनको खैरहनी नगरपालिकामा एक युवाको हत्या भएको छ । मङ्गलबार बिहान ३ बजे घरबाट निस्किएका खैरहानी नगरपालिका–२ निवासी २४ वर्षीय कृष्णप्रसाद खनाल घर नजिकै हर्वल कारखाना अगाडि मृत भेटिनुभएको हो ।
मानव अधिकार उल्लङ्घनको घटनामा नौ हजार ३८८ जना पीडित
सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
ठक्करबाट घाइते भएका राजवंशीको मृत्यु
झापाको हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते हुनु भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
ट्याम्पोको ठक्करबाट बालिकाको मृत्यु
झापामा आइतबार राति भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा बेलुकी ७ बजे ट्याम्पोको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेलम्ची आयोजनामा भ्रष्टाचार : तीन पूर्वसचिवसहित १४ विरुद्ध मुद्दा
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १४ जना तथा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोजनामा अनुचित तवरले भुक्तानी दिएको र उक्त प्रक्रियामा संलग्न रहेको दाबीसहित आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बलात्कार आरोपमा वृद्ध पक्राउ
गोरखामा बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।