२९१ किलो अवैध ब्रोइलर कुखुराको मासु बरामद
मुख्य नाकालगायत विभिन्न साइड नाकाहरुमा सुरक्षाकर्मीले कडाइ गरे पनि अवैध रुपमा प्रतिवन्धित कुखुराको मासु ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ ।
घूससहित दुई प्रहरी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ ।
स्रोत नखुलेको ३९ लाख सहित तीन जना पक्राउ
प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
गाउँपालिका उपाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
चार राउण्ड गोलीसहित दुई युवक पक्राउ
प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीबाट चार राउण्ड गोलीसहित दुई युवक पक्राउ परेका छन् ।
श्रीमतीकाे हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
आठ लाख नगदसहित चार जना पक्राउ
मकवानपुर प्रहरीले करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना बढे
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन्।
गोलबजारमा होटल सञ्चालकको हत्या, चार जना पक्राउ
सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
अपहरित बालकको उद्धार, एक जना पक्राउ
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकाबाट अपहरणमा परेका एक बालकलाई सकुशल उद्धार गरिएको छ ।
चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
फरार प्रतिवादीलाई पक्राउ गर्दै प्रहरी
कैलाली प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । अदालतले कैद सजाय र जरिवाना सुनाएपछि फरार भएका विभिन्न मुद्दाका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।
चिर्पट प्रहार गरी हत्या
बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका-५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।
बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ ।
कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ
प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।
नक्कली मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ
काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने रामेछाप उमाकुण्ड नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्ने २६ वर्षीय गोविन्द थापा पक्राउ परेका छन् ।
कारागारमा पाँच गुणाभन्दा बढी कैदी
रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी एक सय ५० जना कैदीबन्दी राखिएको छ ।
कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता
नेपालगञ्ज उपमहानगरपालिका-१० स्थित नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरूको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ ।
बालिका हत्यामा संलग्न चौधरी पक्राउ
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलमा सोमबार राति भएको बालिका हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
ब्राउन सुगरसहित दुईजना भारतीय नागरिक पक्राउ
ठुलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
गाउँपालिका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित आठ जनाविरुद्ध दश लाख २९ हजार ३२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।